प्युठान उद्योग वाणीज्य संघमा संयुक्त व्यवसायीक प्यानल विजयी
December 16, 2018 मा प्रकाशित

राधिका भुसाल,प्युठान,पुस १ । प्यूठान उद्योग वाणिज्य संघको ११ औँ अध्यक्षमा प्रतिष्ठीत व्यवसायी केदारमान कक्षपति सहितको संयुक्त व्यवसायीक प्यानल भारी मतले विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार कक्षपतिले १ हजार ४३ मत ल्याइ आफ्नो जित सुनिश्चित गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी प्रमोद पोख्रेलको २ सय २४ मत खसेको थियो । संयुक्त व्यवसायीक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यज्ञ बहादुर केसी (प्रभात) ले ९ सय ३१ मत प्राप्त गरे भने प्रतिद्धन्द्धी रामचन्द्र पौडेलले ३ सय २६ मत प्राप्त गरेका थिए ।

प्रथम उपाध्यक्ष वाणिज्य तर्फ दुर्गा प्रसाद भुसालले ९ सय ५६ मत प्राप्त गरे भने प्रतिद्धन्द्धी केशवराज पण्डितलाई २ सय ९९ मत परेको थियो । द्धितिय उपाध्यक्ष उद्योग तर्फ मुक्ति पोख्रेल र उपमहासचिव पदमा पदम बहादुर खड्का निर्वाचन अघि नै निर्विरोध चयन भईसकेका थिए । महासचिव तथा कोषाध्यक्ष पदमा संयुक्त प्यानलकै कृष्णभक्त गिरी र सुरेन्द्र जि.सी विजयी भएका छन् । गिरीले ९ सय ४९ मत प्राप्त गरे भने प्रतिद्धन्द्धी भण्डारीले ३०६ मत मात्रै प्राप्त गरे । जि.सि.ले ९ सय २६ मत ल्याए भने प्रतिद्धन्द्धी सनत कुमार श्रेष्ठलाई ३ सय २१ मत परेको थियो । कुल २ हजार ४३ मतसंख्यामा १ हजार २ सय ९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत डा.शिव पण्डितले बताए ।

यसै अघिनै ९ वटा बजार क्षेत्रमा सम्पन्न अधिवेशनले बजार क्षेत्रका अध्यक्ष र जिल्ला प्रतिनिधिको चयन गरिसकेको छ । ९ वटै बजार क्षेत्रमा संयुक्त व्यवसायिक प्यानलका अधिकांश उम्मेदवारहरु यस अघिनै विजयी भैसकेका छन् ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार