logo
  • मंगलबार, चैत्र ६ २०८०

प्यूठानको गौमुखी गाउँपालिका जुट्यो खरको छानोमुक्त अभियानमा


  • साझा नेटवर्क
  • मंगलबार, चैत्र ६ २०८०

 

जोगेन्द्र मल्ल,प्यूठान,मंसिर २५ । गौमुखि गाउँपालिका प्यूठानको अभियान अन्तर्गत खरको छानोमुक्त गाउँ बनाउनका लागि जस्तापाता वितरण कार्यको सुरुवात गरिएको  छ । गरिब घरपरिवारलाई लक्षित गरी जस्तापाता वितरण कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । गाउँपालिकाका १ हजार ६ सय ३३ घरपरिवारका लागि ५ हजार ५ सय ५४ वण्डल जस्तापाता वितरण गर्न लागिएको हाे। जसका लागि गाउँपालिकाले ५ करोड २८ लाख ४४ हजार ६ सय ८० रुपैयाँ रकम विनियोजन गरेको छ ।

कार्यविधि निर्माण गरी सर्वे गरेर जस्तापाता वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्यालले जानकारी दिए । कार्यविधि अनुसार खरको छानो भएपनि स्थायी जागिर, पेन्सन र आर्थिक अवस्था मजवुत भएकाहरुलाई जस्तापाता वितरण गरिने छैन । साथै घर छाउनका लागि तयार भइसकेपछि मात्र जस्तापाता वितरण गर्नेगरी तयारी अगाडि बढाइएको प्रशासकिय अधिकृत अर्यालले बताए ।

सोमबार गौमुखि गाउँपालिकाका ३ रजवाराबाट यो अभियानको सुरुवात गरिएको छ । घर छाउन तयार पारेका तिला मल्ल र कुलबहादुर मल्ललाई जस्ता वितरण गरी अभियानको सुरुवात गरिएको छ । टिन बुझ्दै तिला मल्लले गाउँपालिकाले वितरण गरेको टिनले परिवारको जोखिम र वर्षैपिच्छे घर छाउने समस्याबाट मुक्त हुने अवसर पाएको भन्दै धन्यवाद दिइन् । ‘टिन पाउँदा म अत्यन्तै खुशी छु, सरकार घरमै आयजस्तो भएको छ ।’ मल्लले भनिन्, –‘म जस्ता अरु गरिव घरपरिवारले पनि यो अवसर पाउनुपर्छ ।’ रजवारामा मात्रै ५ सय ५ घरधुरीले टिन पाउनेछन् । जसका लागि घर छाउन तयार पारेर वडाकार्यालयमा निवेदन दिनुपर्नेछ ।

विभिन्न विकास निर्माण लगायतका कार्यहरु थाति राखेर जनताको घरलाई खरको छानोमुक्त बनाउने अभियान सुरुवात गरिएको अध्यक्ष विष्णुकुमार गिरीले बताए । उनले भने ‘गरिव जनताको आँसु पुछ्न र जनताको दैलोमा सरकार आएको महसुस गराउन हामीले अन्य काम छोडेर गरिव जनताको घर छाउने कार्यक्रमलाई अगाडि बढाएका हौं ।’

गौमुखि गाउँपालिका – ३ का वडाअध्यक्ष जंगबहादुर पुनल स्थानीय सरकारको यो कार्यक्रमले गरिव परिवारमा खुसी ल्याउने बताए ।

विभिन्न कार्यक्रममा स्थानीयले आफुहरु जस्तापाता वितरण गरेकोमा खुसी भएको भन्दै विद्युत, सडक, शिक्षा, स्वास्थ्य र खानेपानिको समस्या रहेको र ती समस्या समाधानको पहल गरिदिन स्थानीय सरकारसंग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2024 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend