नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको अध्यक्षमा पुनः पान्डेय
December 8, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी मङ्सिर २२ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको छैठौ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन अखिलेश्वर प्रसाद पाण्डे अध्यक्ष रहेका १४ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । प्रतिष्ठान केन्द्रमा २०४५ साल र गुल्मीमा शाखाको २०६६ सालमा स्थापना गरिएको थियो । अहिले शाखा स्थापना भएको ८ वर्ष पुरा भएको छ ।

वर्तमान कार्य समितिले शाखाको स्रोत साधन नहुदा नहुँदै पनि स्थानीय तह सामाजिक संघसंस्था स्थानीय समाजसेवी र सरोकारवाला संस्थाहरुको सहयोगमा ३ वटा वृहद निःशुल्क स्वास्थ्य शिविर संचालन गरी करिब ५ हजार जनाको स्वास्थ्य परीक्षण गरी उपचार गरीएको, आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको, विशेष उपचार गर्नु पर्ने आर्थिक अभावमा रहेका विरामीहरुलाई बुटवल र काठमाण्डौं पठाई निःशुल्क उपचार व्यावस्था मिलाइएको सचिव तारा भुसालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै प्रतिष्ठानले समय समयमा मुटुरोग विशेषज्ञबाट मुटु स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तथा प्रशिक्षण, बाथ मुटुरोगीहरु लगाउनु पर्ने वेन्जाथिन पेनिसेलिन इन्जेक्सन प्रतिष्ठान केन्द्रको सहयोगमा तम्घास अस्पतालाई नियमित उपलब्ध गराउदै आएको र समय समयमा दिवस एवं समारोहमा सुचनामूलक व्रोसर, मुटु बुलेटिन, पम्पेलेट वितरण तथा रेडियो सम्बाद कार्यक्रमहरु गरी अधिक जनसमुदायलाई मुटु स्वास्थ्य सम्बन्धी जानकारी गराउने कार्य गरिएको भुसालले बताए ।

साधारण सभा तथा अबिधेशनको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका नेता विर बहादुर कार्की, नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ट लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर बिशाल पन्थीले मुटु रोगको विश्यमा प्रकाश पारेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको अध्यक्षता तथा सचिव तारा भुसालको संचालनमा सम्पन्न भएको थियो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार