कतारमा एक प्रतिष्ठित कम्पनीद्वारा कामदारलाई नगद इनाम
December 8, 2018 मा प्रकाशित

शिवराज  गौतम, कतार ।
कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफना एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत् नगद रकम इनाम दिएकाछन् ।
कम्पनीका मालिक नासर अल अलीद्वारा हन्तान्तरित कतारी रियाल १५ हजार नेपाली कामदार इन्द्र बहादुर कामी प्राप्त गरे । विगत १० वर्षदेखि सोही कम्पनीको कन्स्ट्रक्सन डिभिजनमा कारपेन्टर लिडरको काम गरिरहेका रुकुम का इन्द्र बहादुर कामी आफुले नगद इनाम पाउदा अत्यन्त खुशी लागेको र अब सो रकमले आफना 2 छोरा र छोरीको उज्जवल भविष्यको लागि उनीहरुको पढाइमा अझ लगानी गर्ने र केही वचत गरेर राख्ने बताए ।सन् 2009 मा कार्पेन्टर का रुपमा सोही कम्पनीमा आएका इन्द्र बहादुर अहिले कार्पेन्टर का टिम लिडर भइसकेकाछन् सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना बालवच्चाको पढाइ साथै श्रीमतिको लागि खर्चपानी जुटाएको मात्र होइन गाउमै नया घरजग्गा समेत जोडी सकेकाछन् । नासर अलअलि इन्टरप्राइसेस जस्तो राम्रो कम्पनी र यस कम्पनीको मालिक जस्तो सहृदयी मालिक अनि आफुले इमान्दारीपुर्वक कम्पनीको लागि काम गरेको कारणले नै यो नगद रकम इनाम पाएको बताउदै कम्पनीले एक न एकदिन इमान्दारिताको उच्च मुल्यांकन गर्नेरहेछ भन्ने आफुलाई पुर्ण विश्वास लागेको बताए । सोही कम्पनीका मालिकले आफनो कम्पनीमा काम गर्ने सवै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च दिने गरेका छन् । उनले २०७२ को आमविनासकारी महाभुकम्पले भत्काएको आफना नेपाली कामदारहरुको घर बनाउन डेढ करोड रुपयाभन्दा बढी रकम सहयोग दिएका थिए ।नासर अल अली इन्टरप्राइसेसमा कार्यरत 19 जना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले 10-10 ग्रामका दरले 190 ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेकाछन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् ।
सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए । यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान गरेका थिए ।

सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अल अली इन्टरप्राइसेस आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन् ।

आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ ।

आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए ।

समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार