राजनीतिक चक्रव्यूहमा समाज
December 7, 2018 मा प्रकाशित

-विनोद अर्याल।
शिक्षा जस्तो अति महत्वपूर्ण क्षेत्रमा राज्यको प्रमूख उत्तरदायित्व हुने मान्यतामा उभिएर राज्यत्तोर कर्ताहरुको भूमिकालाई पूर्ण ब्यवस्थापन गर्दै सुलभ र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने राज्यको भूमिका एकदमै कमजोर छ । जसरी निजी र सरकारी भनि शिक्षामा विभेद छ ।

हुने खानेहरु निजी स्कुलमा, गरीबहरुका निम्ती सरकारी विद्यालय भनेर कित्ताकाट भएको छ । आज निजी विद्यालयमा पढाई राम्रो हुदा सरकारको ठूलो लगानी रहेको सरकारी स्कूलमा पढाई राम्रो नहुने मात्र होइन विद्यार्थी पनि निजीमा भन्दा कम हुनु हाम्रो समाज र देशकै निम्ती लाजमर्दौ कुरा हो ।

कस्तो विडम्बना आज शिक्षामा गरिएको राजनितिक विकृति यथावत रहीरहने हो भने हाम्रा कलिला यूवाहरु दुबई, कतार, साउदी, मलेशियाका लागी सिवाय कहिल्लै दक्ष जनशक्ति बन्ने अवस्था छैन नै । यस्तो हुनुको मूलकारण शिक्षामा भएको असमान वितरण र विद्यालय विश्वविद्यालयहरु राजनितिक अखडा बन्नु हो ।

अहिले मूलुक संघियतामा गईसकेको र नयाँ सविंधान पनि जारी भइसकेको अवस्थामा यसैबाट शैक्षिक क्षेत्रमा हुने चरम राजनीतिलाई वहिष्कार गर्ने परीपाटीको खाँचो छ । अव प्रत्येक नागरीकले यो देश समाज हाम्रो हो यसको सुधार गर्न मेरो पनि भूमिका हुन्छ भनेर इमान्दारीपूर्वक सोच्नुपर्ने बेला आएको छ तर हाम्रोमा त्यस्तो खालको चेतनाको स्तर वृद्धि हुन सकेको छैन ।

हाम्रो समाजमा परम्परागत राजनितीलाई प्रश्रय दिने संस्कृती जुन छ यसले यो मूलुक र समाजलाई सबैभन्दा बढि घात गरेको त । नयाँ संघिय संरचना अनुसार स्थानिय तहलाई अझ बढि अधिकार दिइएको सन्र्दभमा नेतृत्वले आफ्नो काम र क्षमता इमान्दार्रीपुर्वक देखाउने वेला आएको छ ।

जसको मूल्याङ्कन गरी जनताले सक्षमलाई समर्थन र गलतलाई वहिष्कार गरेमा मात्र हाम्रो समाज र देशको विकास प्रगतिपथमा अघि बढ्नेमा दुईमत छैन । अब पनि ब्यवहारीक शिक्षाको अभावमा शैक्षिक बेरोजगारी बढेर लाखौँ यूवाहरु विदेशमा जाने होइन स्वदेशमै केही गर्ने वातावरण बन्र्नु पर्छ ।

नत्र संघियता होस वा जुनसुकै व्यवस्था भएपनि आम नागरीक र देशको निम्ति लाभदायक हुदैन भने त्यस्तो व्यवस्था सेतो हात्ती जस्तै हुन्छ । नेपाल श्रोत साधनले सम्पन्न देश भएपनि विश्वमा हामी भन्दा अति नै प्रतिकुल अवस्थामा रहेका देशले दु्रत गतिमा प्रगती गर्दा हामी चाहिँ अत्यन्त विपन्न भ्रष्ट र अस्थिर मुलुुकको रुपमा रहिरह्यौ । प्र

जातन्त्र स्थापना भएको दशकौँ सम्म पनि राजनितिक नेतृत्वबाट सबैले भने जस्तो स्थिर, सुसंस्कृत र विकासमुखी राजनितिको अभाव रहिरह्यो, दशकौ सम्म पनि प्रगति तर्फको कुनै संकेत र छनक पनि पाइएन ।

विसंगतिपुर्ण राजनीतिक अवस्थामा सिमित व्यक्तिहरुको सरकार भित्र र बाहिर जति नै राम्रो काम गरेता पनि त्यसको असर राष्ट्रको सर्वाङ्गीण परिवर्तनमा प्रधान नभई सहायक मात्र हुँदोरहेछ ।

त्यसबाट राष्ट्रले केही पाउने भन्दा पनि व्याक्तिको सम्मान बढ्ने रहेछ , तर सिङ्गो राष्ट्रको सम्मानमा भने तात्विक अन्तर नपर्ने रहेछ । यो तथ्य धेरै जसो नेपालीले गहिरो रुपमा अनुभुत गर्न जरुरी छ । जसको निम्ति देश र समाज प्रति नैतिकवान, कर्तब्यनिष्ठ र राष्ट्रप्रेमी नागरिकको निम्ति अब विद्यालय तहबाटै नैतिक शिक्षाको खाँचो छ ।

विगतमा म आफैले महसुस गरेको कुरा हो, म रोजगारीको क्रममा द. कोरीयामा रहदाँ त्यहाँका नागरिकहरुले देशप्रति देखाएको आफ्नो कर्तब्य मायाँ र सम्मान लोभलाग्दो थियो । तर यहाँ खै त ! जसरी हाम्रो देशमा शैक्षीक स्थल (विद्यालय, कलेज) मा हुने राजनीतिक दलका भातृसंगठनले यो समाजलाइ अन्य कुराले भन्दा बढी नै घात गरेको छ ।

त्यसै गरी सरकारी कार्यालयमा हुने राजनीतिक गतिविधिहरुको पनि कूरा गरि साध्य छैन,कर्मचारी युनियनको अखडा नै जमेको हुन्छ त्यस्तै विभिन्न दलका भातृसंगठनको रुपमा कलेज, विद्यालयमा संगठन बनाउने कुरा पनि यो देशको निम्ति घातक छ ।

विद्यालय कलेल भनेको देशको निम्ती सक्षम देशभक्त जनशक्ति उत्पादन गर्ने थलो की कार्यकर्ता ? विद्यालय कलेजको प्राध्यापक को कक्षमा तालाबन्दी गर्ने र शिक्षाको पवित्र स्थललाई तालाबन्दी, हडताल गर्ने काम विगतमा पनि असाध्यै धेरै भएकै हो । यस्तो त दुनियामा कुनै पनि सुसंस्कृत राजनीति र सुशासन भएको मुलुकमा सायदै नहोला ।

शिक्षामा भएको विभाजनको बाहानामा शैक्षिक क्षेत्रमा चरम व्यापारीकरण गरी नाफामुखी व्यवसायको रुपमा अघि बढेको देख्दा दु:ख लाग्छ । खासगरी विकसित मुलुकमा शिक्षा, स्वास्थय र यातायात जस्तो क्षेत्रमा राज्यले सम्पूर्ण जिम्मेवारी लिने गर्छन ।

हाम्रोमा नागरिकलाई करको भारि बोकाएर देश बनाउने सपथ लिएकाहरु राज्यका सबै तह÷निकायमा समेत राजनीतिक भागबण्डा गरेर कार्यकर्ता पोस्ने, सत्ता र स्वार्थको लागि सांसद किनबेच गर्ने बन्द हडतालमा उत्रने, ठेक्का पट्टामा कमिसन र कार्यकर्तालाई मागी खाने भाडो बनाउने पूर्व विशिष्ट र पदाधिकारीका नाममा राज्यकोषबाट करोडौँ लाखौँ रकमको दुरुपयोग गर्ने, आजीवन सेवा सुविधा लिने काम जुन भइरेको छ ।

यसबाट राज्यकोषमा अत्यन्तै धेरै भार परेको छ । जसले समृद्धिको सपना सपना मै सिमित हुने र नागरिकमा निरासा मात्र मौलाउने छ । स्वास्थ्य क्षेत्रपनि त्यस्तै विकृत छ नेताहरु सामान्य रोगको उपचार गर्न राज्यकोषको दूरुपयोग गरी विदेशमा उपचार गर्न जाने,स्वदेशमा सिटामोलको अभावमा नागरीकको मृत्यु अझैपनि कयौ नागरिक उपचारको अभावमा दूर दराजमा मृत्यू कुरीरहकेका छन् ।

सुख नेताले पाउने दुःख जनताले पाउने यो अवस्था कहिलेसम्म ? भूकम्पले थिलो थिलो भएको अवस्थामा राहत, उद्धार र पूर्नस्थापनामा कता हो कता, राहत रकम सामग्र्री समेत हत्याउने गुण्डा र डनहरुलाई संरक्षण गर्ने, चुनावमा अनेक प्रलोभन देखाउने भोट माग्ने जितेर पनि काममा सिन्को नभाच्ने, लुटतन्त्रलाई मच्याउने काम झनै अत्यन्त हानिकारक छ ।

देशको निम्ती स्वतन्त्र नागरीकहरु एकदमै कमि भएको यो मूलुकमा कुनै दलको अन्धभक्त र अविबेकी बनेर आफ्नो र देशको निम्ती घात गरेको देख्दा दुःख लाग्छ । अव जनप्रतिनिधी, शिक्षक कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना सन्तानलाई सरकारी स्कूलमा पढाउनु पर्ने बाध्यकारी नियमको खाँचो छ ।

शिक्षक, कर्मचारी, डाक्टर वकिल आदि पेशागत र विद्यार्थी संगठनले निश्चित व्यक्तिको हित गरेता पनि तिनै व्याक्तिको पूस्ता यो समाज र राष्ट्रलाई यति धेरै घात गरेको छ कि कूरा गरी साध्य छैन । यस्ता भातृसंगठनका कारण समाजको अत्यधिक ठूलो हिस्सा दलीय राजनितीको बन्धक बनेर समाजलाई विकृत बनाएको छ ।

प्रगतिलाई अवरुद्ध पारीदिएको छ । परिवर्तनको लम्बेतान गफ तर परिवर्तन आफैलाई भाग गरेकोले राजनितीलाई लाजनिति बनाएर खूलेआम दन्डहिनलाई प्रोत्साहन भइरहेकै छ । पहिला त मलाई लाग्थ्यो राजनिती भनेको फोहोर खेल हो यो त अशिक्षित र फटाहाहरुले मात्रै गर्ने काम हो, बुझ्दै जाँदा हो नै रहेछ ।

राजनिती भनेको राज्यको नीतिको पनि नीति हो यो जति सफा हुँदै जान्छ मुलुक र देश पनि यसै अनुरुप प्रगतिपथमा अगाडी बढ्दो रहेछ भन्ने कुरा बुझ्न समय लाग्यो । जसको निम्ती आफ्नो जीवनशैली सगैं राजनितीक चेतनाको स्तर बदलिने हो भने मात्रै वैचारीक र राजनितीक रुपमा मुलुकले फड्को मार्ने रहेछ ।

विशेषगरी नेपालको कर्मचारी प्रशासन र राजनितीक वृत्तमा भएको भष्ट्राचार-कमीसनतन्त्रमा भनसुन र दण्डहीनताले पनि हाम्रो समाजलाई एकप्रकारको राजनितीक चक्रब्यूहमा धकेलेको छ । मेरै आँखा अगाडी द. कोरीयाले दिन दुईगुणा रात चौगुणा फड्को मारेको देख्दा आफ्नो देश र यहाँको नेतृत्व प्रति उदेक लागेर आउथ्यो ।

हाम्रोमा चाँही खाली नाममात्रको खुल्ला दिशामुक्त क्षेत्र घोषणाले टाउको भारी बन्न पुग्थ्यो कोरीया बसाईको क्रममा एकजना कोरीयालीले भनेको कुरा यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठानेको छु । जुन मलाई सार्है घत लाग्दो थियो । “शिक्षक, प्रहरी, न्यायधिस र मेयर श्रद्धाका मन्दिर हुन ।

यिनलाई देख्नासाथ श्रद्धाले शिर झुक्ने हुनुपर्दछ । यिनको कुनै जात, दल, आग्रह, पूर्वाग्रह वर्ग झुकाव केही हुनु हुदैन । यिनिहरु नागरीकका अन्तिम सहारा हुन । यी त उच्च आर्दशको देवदुत जस्तो हनुपर्दछ । जीवन देखी निरासा भएर आत्महत्या गर्न हिँडेका मानिस समेत यिनलाई भेट्दा फर्किने अवस्थामा पुग्नुपर्छ ।

यदि तपाई बस्ने शहर, गाँउ र समाजमा यी चार थरीका मानिस खराव आचरणका छन् भने बसाई सर्नु उत्तम हुन्छ ।” तर हाम्रो सन्र्दभमा यो कुरा गर्दा मूर्ख बनिन्छ । यहाँ त दुखका साथ भन्नुपर्छ परिस्थिती कस्तो बन्यो भने एउटा वालक डाक्टर, इन्जिनीयर, वकिल, पाइलट बन्ने सपना छाडेर १८ वर्ष पुगेपछि पासपोर्ट बनाउने र विदेस जाने पैसा कमाउने र आफ्नो गरीबी घटाएर बृद्धा बा आमा, श्रीमती छोराछोरी को इच्छा पुरा गरिदिने भन्ने रहर र वाध्यता सहितको लालासा राख्छ ।

सरकार भने हरेक वर्ष विदेसबाट भित्रिदै गएको रेम्यिान्स मा आफूलाई सम्पन्न भएको ठान्छ । वेरोजगारी समस्या समाधान गर्न, देशमा उद्योग धन्दाको विकास गरी कायापलट गर्छु भनेर हाँक्छ । देशमा रोजगारी सृजना गर्नुभन्दा यूवालाई खाडी मलेसिया धेरै कसरी पठाउने, यहाँ म्यानपावर कम्पनीको नाममा आफू र आफ्नो कार्यकर्तालाई लुटने वातावरण बनाइदिने मा नै उद्दत छ ।

यो कुरा सरकारले फ्रि भिसा फ्रि टिकटले पुष्टि गरी सकेको छ । जसरी सुन्दा राम्रो छ, फ्रि भिसा फ्रि टिकट भनेर तर गाँउ गाँउमा जन्ती मलामी आपत पर्दा उद्दार गर्ने मान्छे नपाउने अवस्था छ । यतिमात्र नभएर विदेसमा गएका अधिकांस दाजुभाई दिदी बहिनीको भनेजस्तो तलव नहुने, कामगर्दा दुर्घटनामा परेर अंगभंग हुने ज्यानै जान, जादाँखेरिको पैसा तिर्न नसकेर रित्तो हात फर्कने युवतीहरु बेचिने, पैसा कमाउन गएको युवा जसरी रातो बाकसमा फर्कदाको पिडा जसले भोगेको छ उसलाई मात्र थाहा छ ।

यहाँ भने नेतृत्व उपर्युक्त रोजगारी श्रृजना गर्न भन्दा पनि वृद्धा भत्ता को नारा लिएर आएको देख्दा लज्जाबोध हुन्छ । भएका उद्योगधन्दा बन्द गरेर यूवालाई विदेश लखेट्नु बाहेक अरु केही हुन सकेको छैन ।अव २१ औं शताव्दीको समयमा पनि वुद्धको देश, सगरमाथाको देश भनेर होइन सबैभन्दा सस्तो मजदुर उत्पादन गर्ने देश भनेर चिनिएको देख्दा दुः ख लागेर आउछ ।

यसको मुख्य कारण व्यबहारिक शिक्षाको अभावमा थपिएको शैक्षिक वेरोजगारी पनि एक हो । वैदेशिक रोजगारीमा विभिन्न समस्याहरु हुदाहुदै पनि, वैदेशिक रोजगारी सम्बन्धी फितलो ऐन, कानुन नागरीकको सुरक्षा र सुविधाको निम्ती इमान्दारीपूर्वक प्रयास हुन सकिरहेको छैन । मूलुक यसरी नराम्रोसंग भ्रष्टाचारमा रुमलिएको छ कि कुरा गरी साध्य छैन ।

खासगरी भ्रष्टाचार नेपालमा नातागत, नेतागत र नीतिगत गरी तिन प्रकारको रहेको छ । अझ देश बनाउने भनेर कसम खाएकाहरु लगायतले गर्ने नीतिगत भ्रष्टाचार सबैभन्दा खतराजनक छ । नीतिगत भ्रष्टाचार भनेको “बीउको धान लुटेजस्तो हो । बीउ लुटेपछि न असार न मंसीर आफ्नो खेत बाँझै परिवारका सबै सदस्य अरुकोमा खेताला ” मुख्य समस्या नै यहि हो ।

राजनितीक चक्रब्यूहमा हाम्रो समाज, देश फस्नुको कारणहरु मध्य ् राजनितीक आकक्षां र पदीय आकंक्षा पनि हो। पदीय आकंक्षाले राजनितीक मूल्यमान्यतालाई सिर्फ भाषण र अर्ती उपदेशको विषय बनाइदिन्छ भने मान्छेको भनाई र गराईमा अन्तर बढाउँदै जान्छ ।

पदीय आकांक्षा नै नेपालको राजनितीको गम्भीर रोग हो । तर हुनुपर्ने राजनितीक आकांक्षा बढि हो जसले पदिय आकांक्षालाई उठ्न नदिई राष्ट्रको एजेण्डालाई पछायाउँछ । भ्रष्ट र इमान भएकाहरुलाई समाजले गर्ने ब्यवहार एउटै छ । भ्रष्टाचारी जेलबाट छुट्दा वा अदालतबाट निष्कदा माला अबिरले सम्मान हुन्छ ।

यस्तो व्यबहार रहुन्जेलसम्म भ्रष्टाचार गलत हो भन्ने नजिर बस्दैन राजनितीक आडमा यहाँ जस्तो ठुलै अपराधलाई पनि गुमनाम पार्ने काम गरीन्छ । त्यो नै यो देश र समाजको निम्ती घातक सिद्द भइसकेको छ ।

असक्षम राजनितीक कार्यकर्तालाई सरकारी तलवबाट पाल्ने परीपाटीले एकातिर दोहनकारी (नागरीक र राज्यबाट सिमितले दुहुने) प्रवृत्ति अझै उलर्दौ रुपमा अघी बढेको देख्दा कसैलाई पनि ग्लानी नहुने वा निदायको अभिनय गरेको हो बुझ्न लाई गा¥हो छैन ।

हाम्रो देशमा विद्यमान यथास्थिीतिबादी सोचले गर्दा सक्षम र योग्य यूवालाई राजनितीबाट हतोत्साही गरेर नेतृत्व असक्षम-अयोग्यको हातमा जानुनै दुर्भाग्यपूर्ण हो । अहिलेसम्म राज्यसंचालनको डाडु पन्यु समालेकाहरु राष्ट्रको प्रगति, समृद्धि, सुशासन, गरिवी निवारण, समानता र सामाजिक न्याय जस्ता मुद्दालाई व्यवस्थापनको आस्वासन दिए पनि ब्यक्तिगत स्वार्थको दलदलमा फसेर राज्यकोषमा ब्रह्मलुट मच्याउने काम मात्र भयो ।

४५ वर्ष भन्दा कम उमेरको जनसंख्या ८१ प्रतिसत भएको मूलुकमा ७० वर्ष भन्दा माथिका नेताहरुले २१ औं शताब्दी अनुकूल यूवाको भावाना र राष्ट्रको आवश्यकता अनुररुप काम गर्न सक्दैनन् । देश बन्नको लागि नेतृत्व सक्षम र योग्य यूवाको हातमा जानुपर्छ । देशको विकास गर्नलाई चित्र र चरित्र दुबैमा सुधार हुन जरुरी छ । नियत सफा र अध्ययनसिल हुनै पर्छ ।

सार्वजनिक यातायातमा सास्ती छ, धारामा पानी आउँदैन, विरामी हूँदा पाल्पा भैरहवा, काठमाण्डौँ जानु पर्ने अवस्था छ । धुलो धुवाको कारण अपराधीले जस्तो गरी माक्स लगाएर हिँड्नुपर्ने अवस्था छ । स्वदेशमा केही नहुदा विदेशमा काम गर्न जादाँ म्यानपावर को नाममा रहेका विचौलियाहरुबाट ठगीने अवस्था छ ।

भेन्टीलेटरमा राख्ने विरामीलाई पनि नेताको सोर्सफोर्स विना भर्ना गर्न नसकिने अवस्था छ । जग्गाको किनवेच गर्दा पनि विचौलियाको कारण ठगिने अवस्था यथाबत छ । सवारी साधनको कर तिर्दा, नामसारी लगाएत काम गर्दा विचौलीयाहरु छाती खोलेर लुट मच्याउदा पनि राज्य नसुनेर बसेको छ ।

यसको मूल कारण भनेको हरेक क्षेत्रमा राजनितीक कुसस्कारले यति वलियोसंग जरा गाडेको छ की त्यसलाई सुधार गर्न सम्भव छैन जस्तो गरी यदि व्यबहारीक शिक्षा हुदो हो त धेरै शैक्षिक वेरोजगार यूवाहरु विदेश धाउन पर्ने नै थिएन। नेताले केही गरेर भन्दा पनि अहिले यो देश यूवाले रगत पसीना बगाएर पठाएको रेमिटान्सले चलेको छ ।

हाम्रो देशको राजनिती, यर्थाथमा विकृतिको चरमोत्कर्षमा पुगेकै छ । भन्न त सबैले भन्छन् हाम्रो पाटीले राज्य सञ्चालन गर्दा यी–यी काम गरेर विकास ग¥यौ भनेर, होइन! ति सब गलत छन् के विकास भएको छ र यहाँ यी सब नियमित काम भन्दा पनि थोरै भएको हो ।

विकास भनेको के हो अध्ययन गर्दा हुन्छ हिजोको भोकमरी, अभाव गरिबीले पिल्सिएको दक्षिण कोरीया र अहिलेको दक्षिण कोरीया । यस्ता देशहरु धेरै छन् । हिजो पथ्थरकोट नुन लिन गइन्थ्यो, आज घरमै नुन किन्न पाइन्छ हिजो बस देख्न बुटवल जानुपथ्र्यो आज गाँउमै केही महिना भए पनि आउँछ, हिजो हामी दियालो बालेर बसीन्थ्यो आज कहिलेकाही विधुत आयो ।

हिजो जराबुटा थिचेर खानेगरिन्थ्यो आज गाउमै स्वास्थ्यचौकी आयो यो नै हो विकास भनेर भन्नु ? अव धेरै ढिलो भयो यसमा मख्ख परेको समुह धेरै देखेको छु । विकास भनेको त्यो हो जुन दिन दुइगुणा रात चौगुणा छलांग मार्दै नयाँ नयाँ अविष्कार गर्नमै उद्दत छन् । आज भन्दा ४०÷५० अघि ९२ डलर जि.डि.पी. भएको देश द. कोरीया सन् २०१७ सम्म आइपुग्दा करीव ३५ हजार डलरको हाराहारीमा पुग्न नै विकास हो, परिवर्तन हो ।

जहाँ देश आर्थिक रुपले निम्छरो अवस्था छ, रोजगारीको लागि दशकौ देखि विश्वका विभिन्न मूलुकमा भौतारीन वाध्य हुनुपर्छ । व्यापार घाटा वर्षौ देखि घाटामै छ, सरकारी बजेटको धेरै भाग विदेसी दातामा निर्भर हुनुपर्छ लगानिकर्ता इमान्दारीता द्रृढविश्वास को अभाव खड्कीरहेको छ,स्पष्ट भिजन भएको नेतृत्वको अभाव रहेको छ ।

सक्षम नेतृत्व हुने हो भने एकै पुस्तामा फड्को मारेका मूलुकहरु पनि धेरै छन् । जुन निम्न प्रकार छन् ः मलेसिया द. कोरीया , सिंगापुर, जापान , हाम्रै छिमेकी पनि अहिले प्रगतिको शिखर तर्फ उन्मूख छन् ।

तर हाम्रो देशको वास्तविक अवस्था यस्तो छ।
 करिव ५० लाख नागरीक विदेशमा न्यून तलब सुविधामा आधुनिक दासत्व स्वीकार गर्न बाध्य छन् । दैनीक १०÷१२ वटा शवहरु नेपाल भित्रिने हृदयबिदारक स्थिीती छ, खराब म्यानपावर र विचौलियाले लुट्ने गरीरहेका छन् ।

 जम्बो मन्त्रीमण्डल बनाउने, विशिष्ट र पूवृविशिष्टको नाममा आजीवन सेवा सुविधा लिने काम राजनितीलाई समाजसेवा होइन अपारदर्शी र नैतिकहिन पेसा बनाइएको छ ।

विभिन्न वादहरु जप्ने दलबाट लुटतन्त्रको नमुना र संसारकै एक गरिव देश बनाएर महगीं वेरोजगार अभाव, पछौटृपनमा पिल्सिएका जनता छन ।

अपराधको राजनितीकरण राजनितीको अपराधीकरणबाट प्रभावित भ्रष्ट अपराधी र माफीयाहरुको राजनितीक संरक्षण चुनावमा मसल्स र मनि को खेल, ठेक्का पट्टामा हुने गुन्डागर्दी अनियमितताको कारण जनताले तिरेको करबाट बन्ने कमजोर र कमसल पूर्वाधार

विश्वविद्यालय, विद्यालय, अस्पताल, कर्मचारीतन्त्र, न्यायलय, संवैधानिक निकाय सबै क्षेत्रमा आफ्ना नातागोता कार्यकर्ता भर्तीकेन्द्र दलै पिच्छेका टे«ड यूनियन सबै क्षेत्रमा लथालिङग सरकारी कार्यालयमा खेप्नु परेको घुस कमिसन ढिला सुस्ती र रुखो व्यबहार

 दलीय कोटामा न्यायधिस, राजदुत, संवैधानिक अगंका प्रमुखहरुको नियूक्ति विभिन्न विवादास्पद निर्णयहरु यी सवै काममा मिलेर बाँडिचुडी गर्ने गरेको परिपाटी दलको झन्डा फरक भएपनि प्रकृृति एउटै भएको तितो यर्थाथ,

 देशभरीका शहरमा फोहरलाई मोहर सम्म बनाउन नसक्ने प्रदुषणको मात्रा अत्यधिक धेरै यातायात क्षेत्रमा आम नागरीकले बेहर्नुपरेको सास्ती, सिन्डीकेट, टा«फिक वत्ति चिन्ह जस्ता सामान्य पूर्वाधार समेत बन्न नसकेको अवस्था छ ।

 हामी जति भ्रष्ट, नालायक अयोग्य भएपनि जनता भनेका भोट बैकं हुन हामीलाई जिताएका छन् गर्वका साथ भन्ने, काममा होइन केवल पदको लागि मात्र ।

यी माथिका कुराहरु अहिले पनि दोहोरियकै छन् । अव पनि यहि पाराले चल्दै जाने हो भने तपाइ हाम्रो पूस्तामा परिवर्तन सम्भव छैन । शासन सञ्चालन जसले गरेतापनि कुकृत्यहरु झन जब्बर ढंगबाट संस्थागत हुने स्थिति आएको छ ।

जो सरकारमा गएपनि कसैले छुनै नसक्ने झै गरी कब्जा जमाएर बसेका छन् । आचरण बदलीन जसरी छ । यो राजनितीक चक्रब्यूहलाई तोड्ने एउटा मात्र विकल्प भनेको चुनाव हो। अयोग्य भ्रष्ट कामचोरलाई वहिष्कार गरी इमान भएका सक्षमलाई रोज्ने हो भने मात्रै परिवर्तन सम्भव छ ।

राजनितीक मेनुलाई परिवर्तन गर्ने पक्षमा धेरै नहुनु नै यसको प्रमुख कारण हो । यो कठिन घडीमा लोकलाई सुहाउने लोकतन्त्र बनाउन इमान, जमान र क्षमता भएका नयाँ अनुहार आउनै पर्ने बेला ढिला भइसक्यो ।

हाम्रो समाज जन्मजात रुपमा राजनितीक मायाजालमा नराम्ररी फसेको छ । पार्टीहरु स्वतन्त्र नागरीक बनाउन असाध्यै मुस्कील छ । गुण र दोषको आधारमा मत दिने स्वतन्त्र नागरीक नहुदा सम्म मुलुकको रुपान्तरण गर्न सम्भव छैन ।

नेताहरुलाई न रोग, न महगी, न छोराछोरी पढाउनेको चिन्ता अव जनताले आफ्नो चिन्ता आफै गर्नु जरुरी छ । धेरै ढिला भइसक्यो । वर्तमान राजनितीक दलहरु मूलुक भन्दा पनि व्यक्ति केन्द्रित भएकोलले यो दुरावस्ता आएको हो ।

अझ उदेक लाग्दो अवस्था के छ भने यी राजनितीक दलहरुले बृद्धाभत्ता बढाएर होइन देशको कलकारखाना उद्योग धन्दा बन्द गराएर, आयोजना वर्षौ तालाबन्दी गरेर चरम लापरबाही श्रृजना गरेर गरी खान सक्ने उमेरमा देशका यूवालाई बाहीर धकेल्ने, अझ फल्ने खेतमा प्लटिङ्ग गर्न लगाएर विचौलियाको विगविगी हुँदा पनि चुपलाग्ने, भारतको भात मगाउने, सरकारी स्कुलमा शिक्षक राजनितीमा लाग्दा चुप बसी छोराछोरी बोडिङ स्कुलमा पढ्न वाध्य पार्ने, सरकारी अस्पतालमा दादागिरी देखाएर प्राइभेटमा उपचार गर वा मर को अवस्था श्रृजना गराएर भएका जनशक्तिलाई मुग्लान धपाई बाकिं रहेका युवालाई झन्डा बोकाएर चरम हनुमान बनाएर पुच्छरमा आगो झोसीदिई स्वर्ग जस्तो देशमा, जव तपाइको सम्पूर्ण उर्जा यौवन सकिन्छ ज्यान जिर्ण बन्छ जब पूर्ण रुपमा साहाराको खाँचो पर्छ तव बल्ल जनही रुपैँयाको दरले भत्ता दिने भन्नुको तात्पर्य हामीलाई जिताउनुहोस तपाईको जीवन विदेशमा वा अभावका विताउनुहोस भने जस्तै भएको छ।

अन्त्यमा अवको बाटो सहभागितामुलक लोकतन्त्रलाई मजवुत पार्दै समन्वयात्मक बजार अर्थतन्त्र,लोककल्याणकारी र समावेसी राज्यको अवधारणालाई मुर्तरुप दिदै पद्धती, पारदर्शीता, निष्ठा, उत्कृष्ठता,समानुभुतीको बाटोमा द्रूत गतीमा अघि बढोस । कुरा ÷भषण जे जस्ता भएपनि आत्मविश्वास,अठोट र दृढताको खाचो छ । नारा र भाषणमा आकाश पातल जोडने तर व्यवहारमा सिन्को नभाच्ने भन्दा नविनतम सोच र मुलुकलाई स्पष्ट दिशावोध गर्ने नेतृत्व पाओस ।

जब हाम्रो भाग्योदय हुनेछ, स्पष्ट भिजन भएको नेतृत्व पाउनेछौ । देशको ब्यापारघाटा स्वात्तै अन्त्य हुनेछ । युवाहरु कामको खोजीमा विदेशको गल्ली गल्लीमा भौतारीने होइन हजारौ विदेशीहरु हम्रो देशमा कामको खोजीमा आउने छन ।

विश्वमा पेट्रोलियम पदार्थ भन्दा पानीको मूल्य धेरै महङगो हुदैछ । पानी र जलविद्युत निर्यात गरेर मुलुकले छिटै फड्को मारोस । आगमी दिनमा राजनितीक चक्रब्यूहमा समाज भनेर होइन, मुलूकले गरेको विकासमा फड्को भनेर लेख्ने दिन आओस ।
आखीर आरोप प्रत्यारोपको श्रृङखला अन्त्य होस ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार