गायक दिपक परियारको मौलिक पन्चेबाजा गीत “मालिका” सार्वजनिक
December 7, 2018 मा प्रकाशित

कुमार “अविरल” पन्थी, गुल्मी मङ्सिर २१ ।
गुल्मेली गायक दिपक परियारको मौलिक पन्चेबाजा “मालिका” नामक गीत सार्वजनिक भएकाे छ । गीतको भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरीएको हो ।

गुल्मीको होमस्टे मुसिकोट नगरपालिका ६ स्वारामा सुटिङ सम्पन्न भएको गितको भिडियोमा हाँस्यकलाकार सुरज बिसि बेहुलाको भुमिकामा देखिएका छन । त्यस्तै बेहुलीको भूमिकामा सोना श्री परियारलाई देख्न सकिन्छ । गितमा सृजना पन्थी र आर्यन भन्डारी लोकान्त र लोकन्तीको रुपमा अभिनय गरेका छन ।

गायक परियारको स्वर, शब्द तथा लय रहेको गीतमा सुनिता शर्माले स्वरमा साथ दिएकी छिन । आकाश पन्थको निर्देशन रहेको भिडियोलाई शोभाखर पन्थ र विरेन्द्र पाण्डेले छायांकन तथा सुमन थापामगरले सम्पादन गरेका हुन ।

आकाश दर्पण क्रियसनले तयार पारेको भिडियोलाई बिन्दबासिनी म्युजिकले बजारमा उपलब्ध गराएको हो।


हेरौ गीतको भिडियो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार