प्रहरीको अगुवाइमा प्युठान अस्पतालको सरसफाई सम्पन्न
December 6, 2018 मा प्रकाशित

साझा नेटवर्क,प्यूठान,मंसिर-२०।
जिल्ला अस्पताल प्यूठानको विहिवार सरसफाई गरिएको छ । हालैमात्र देशभर संचालित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानको अगुवाईमा सरसफाई गरिएको हो । प्रहरी सहित स्वास्थ्यकर्मि सहभागी एक टोलीले अस्पताल परिसर,भवनको रङ्गरोगन,फोहर ब्यावस्थापन गरेको जनाईएको छ ।
उक्त सरसफाई कार्यक्रममा प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपती,जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रमुख देवी प्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो । यहि मंसिर १८ गते देखि खलगां प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु भएको यो अभियान मंसिर २८ गरेसम्म संचालन हुने प्रहरी निरिक्षक पौडेलले बताउनुभयो । यस अन्तर्गत जिल्ला भरका सामुदायीक बिद्यालय र सामुदायिक स्वास्थ्य चौकीमा सरसफाई गरिने छ ।

जिल्ला अस्पताल प्युठानका व्यवस्थापक राजन घिमिरेले अस्पताल क्षेत्रको सरसफाई गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–‘दैनिक बिरामीहरुको चाँप हुने अस्पतालमा सरसफाई गर्नु राम्रो काम हो । ’ उहाँका अनुसार अस्पताललाई सफाई राख्नका लागि प्रहरीको महत्पूर्ण भुमिका हुने गर्दछ ।
प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले प्रहरीले राम्रो कामको शुरुवात गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस्ता क्रियाकलापलाई प्रहरीले निरन्तरता दिनुपर्दछ । ’

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार