व्यबसायिक कृषि र पर्यटनले प्रदेश समृद्ध हुन्छ- मन्त्री चौधरी
December 6, 2018 मा प्रकाशित

साझा नेटवर्क,प्युठान,मंसिर-२०।
प्रदेश नं.५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले व्यवसायिक कृषि र पर्यटनले मात्र  प्रदेश समृद्ध हुने बताएका छन् । प्यूठानको जुम्री स्थित होटल आयुष्मामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश नं. ५ ले आयोजना गरेको आवधिक योजना (२०७६ र ०७७ देखि ०८० र ०८१) तर्जुमा सम्बन्धी जिल्ला स्तरिय सुझाव संकलन गोष्ठीमा मन्तव्य राख्दै मन्त्री चौधरीले प्रदेश नं. ५ को आगामी प्राथमिकता व्यवसायिक कृषि र प्रर्यटन भएको बताएका हुन ।
प्रदेशले तयार गर्ने ५ वर्षे आवधिक योजना तयार गर्न लक्ष्य,रणनीति र कार्यनीति वारे  सुझाव संकलन गरेको छ । गोष्ठिका प्रमुख अतिथि चौधरीले  प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निमार्णको प्रक्रियामै रहेको जानकारी दिदै ,–‘कृषि र पर्यटन पाँच नम्बर प्रदेशको विकासका मुख्य आधार भएको बताए साथै ’ कृषिको आधुनिकिकरण गर्न, कृषि क्षेत्रबाट रोजगारीको सिर्जना गर्न प्रदेश सरकारले अनुदानका कार्यक्रम अगाडी वढाएको समेत उनले जानकारी दिए । मन्त्रि चौधरीलले भने,–‘प्रदेशका १० वटा सहकारी मार्फत कोल्डस्टोर ५ वर्ष भित्रमा  बनाउने योजनामा छौँ । ’ किसानलाई कृषि क्षेत्रबाट जीविका चलाउनका लागि प्रदेश सरकारले लिजमा जग्गा लिएर व्यवसायिक कृषि उत्पादनमा आकर्षीत गराउने योजनामा जोड दिईरहेको छ ।

पाँच नम्बर प्रदेशको मुख्य पर्यटकीय क्षेत्र लुम्बिनी हो । लुम्बिनी  आएका पर्यटकहरुलाई पाल्पाको रानीमहल,प्युठानको स्वर्गद्धारी ,बाग्लुङको ढोरपाटन लगाएतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दै छौँ ।’ प्रदेश सरकारले कृषि र पर्यटकिय क्षेत्र मार्फत प्रदेशलाई समृद्ध बनाउनका लागि आवश्यक नीति निमार्ण बनाउने चरणमा रहेको  समेत मन्त्री चौधरीले जानकारी दिएका छन्। सरकारको गौरवको आयोजनामा प्युठानको नौमुरे जलविद्युत आयोजना र स्वर्गद्धारी केबलकार परेका छन् । विजुली र सिंचाईलाई मुख्य प्राथमिकता दिई गौरवको योजनामा परेको भौतिक पुर्वाधार मन्त्री चौधरीको भनाई छ । त्यस्तै स्वर्गद्धारीमा केबलकार निमार्णका लागि प्रदेश सरकारले नीति नियमका कार्य अगाडी वढाएको उनले जानकारी दिए ।

हाल ५ नं. प्रदेश को प्रति व्यक्ति औषत आय ९ सय ५० अमेरिकी डलरमा रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्ममा २ हजार बनाउने लक्ष्य लिएको मन्त्री चौधरीको भनाई छ । होटल आयुष्मा जुम्री प्युठानमा भएको सुझाव संकलन गोष्ठीमा ४ समुह बनाइ सुझावहरू संकलन गरिएको छ । पहिलो समुहले समष्टिगत नीति र आर्थिक क्षेत्र, दोस्रोले सामाजिक क्षेत्र, तेस्रोले पूर्वाधार क्षेत्र र चौथो समुहले सुशासन संग सम्बन्धित क्षेत्रहरुको सुझावहरू संकलन गरिएको थियो ।
प्रदेश योजना आयोगका सदस्य पुष्पा भुसाल लुइँटेलको  अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णध्वज खड्का र हरि प्रसाद रिजाल, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सरकारी तथा गैर सरकारी कार्यालय तथा संघ संस्थाका कार्यालय प्रमुख तथा प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत कलगायताको सहभागी रहेको थियो । भुसालले प्रदेश नम्बर ५ को आवधिक योजनाको क्षेत्रगत लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीतिहरू बारे संक्षिप्त बस्तुस्थिती बारे प्रस्तुति दिएका थिए भने छलफलको सहजिकरण मुख्य मन्त्री कार्यालयका अधिकृत कृष्ण खनालले गरेका थिए।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार