विदेशबाट फर्किएका गौमम गाईपालनबाट मासिक ५० हजार कमाउदै
December 4, 2018 मा प्रकाशित

सुवास गौतम, अर्घाखाँची मङ्सिर १८ ।
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका २ पोखराथोक रयाले निवासी राजेन्द्र
गौतमले मिहिनेत गरे पैसा कमाउन विदेश जानु पदैन भन्ने बिषयलाई प्रमाणित गरेका छन ।
सामान्य परिवारमा जन्मेका राजेन्द आर्थिक स्थीती कमजोर भएपछि एलसी पास रोजगारीको लागी भारतको पजाबमा पुगेका थिए । गौतमले भारतको पंजावमा रही निरन्तर रुपमा करिव १ दशक सम्म इलेक्टिक मेकानिको रुममा काम गरेपनि उनले सोचे अनुसारको आर्थिक प्रगती हुन सकेको थिएन ।

राजेन्द जागिरको शिलशिलामा एक्कासी क्षयरोगवाट विरामी भएपछि डाक्टरको सल्लाहमा केही समय नेपालमा आराम गर्ने भन्दै घर फएिका थिए । बिरामी भई घर फर्किएका गौतमले छिमेकी र आफन्तको सल्लाहमा गाई पाल्ने निर्णय गरे ।

सुरुमा रु पाँच लाख जम्मा गरि गाई पालन सुरु गरेका गौतमले आफुले रोजगारी क्षृजना गर्ने बिचारले आफै फम नै स्थापना गरेर ब्यवसाय सञ्चाल गरेका हुन । उनले अहिले आएर मासिक रुपमामा ५० हजार भन्दा धेरै आम्दानी गरेका छन दैनिक ४० लिटर भन्दा माथी निरन्तर दुग्ध विक्री गर्दे आएका छन ।

उनले आफुले भारतमा रहदा मेहनत अनुसारको पैसा कमाउन नसकेको भन्दै उनले भने हाल आएर मात्र मेहनत अनुसारको गाईपालनवाट मनग्य आम्दीनी गरेको बताउछन । गौतमले भने ।

नेपालमै ब्यवसायिक रुपमा आधुनिक तरवले पशुपालनलाई गर्न सके यहि जति पनि कमाई गर्ने सकिने कहि युवा पनि रोजगारीको लागी विदेश जानु नपर्ने बताउछन । गौतमले गाईपालन सगै कृर्षिलाई पनि अगाडी बढाएका छन ।

करिव ५ रोपनी जग्गामा आलु गोपी मुला सिमी टमाटर जस्ता तरकारीहरु गर्दे आएका गौतमले कृर्षि पेशालाई पनि ब्यवसायिक रुममा गर्ने सोच बनाएको वताउछन ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार