गुल्मेली कलाकारहरुको पञ्चेबाजा गीत “बेहुला-बेहुली” बजारमा
December 4, 2018 मा प्रकाशित

मनिकला महतारा ।
मङ्सिर महिना लागे संगै पन्चेबाजाका गीतहरु बजारमा आउने क्रम तिव्र रुपमा बढेको छ । यसै भिडमा गुल्मेली कलाकारहरुले गुल्मी कै विभिन्न रमणिय ठाउँहरुमा छायाँकन गरिएको पञ्चेबाजा गीत “बेहुला-बेहुली” नामक एल्बम बजारमा ल्याएका छन् ।
गुल्मी अर्जैका युवा पुष्कर पराजुलीको विहेलाई प्रत्यक्ष रुपमा खिचिएको दृश्यले गीतलाई निकै आकर्षक बनाएको छ । गीतमा पुष्पा पाण्डे पोखरेलको शब्द, जिबन गिरीको लय तथा देवि घर्ती, स्मृति शाही, किसान चन्द्र गौतम र जिबन गिरीको आवाज रहेको छ ।

गीतको दृश्य गुल्मी र काठमाडौका आकर्षक ठाउँहरुमा बनाइएको छ । नेपाली हास्य क्षेत्रमा लामो समयदेखि आफ्नो बेग्लै पहिचान बनाएका हास्य कलाकार यादव देवकोटा सरापे र मोडल बविता श्रेष्ठको अभिनयले पनि गीत झनै राम्रो बनेको छ ।

हमाल म्युजीकको आधिकारीक युट्युव च्यानल मार्फत बजारमा आएको कुमार केसीको निर्देशन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन तथा महेश महराले छायाँकन गरेका हुन ।


भिडियो हेनुहोस ।