केन्द्रिय नेता नआउने भएपछि काङ्ग्रेसको जिल्ला सम्मेलन स्थिगित
December 2, 2018 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी मंसिर १५ ।
नेपाली काङ्ग्रेसको यहि मंसिर २० र २१ गते हुने भनिएको प्रथम जिल्ला सम्मेलन स्थगित भएको छ । नेपाली काङ्ग्रेसले यहि मंसिर २८ देखि पुष ३ गतेसम्म काठमाडौमा गर्न थालेको केन्द्रिय महासमिति बैठकको तयारीस्वरुप केन्द्रिय नेताहरु आउन नसक्ने भएपछि जिल्ला सम्मेलन स्थगित गरेको हो ।

काङ्ग्रेस गुल्मीले वि.पि. स्मृती भवनमा शनिबार पत्रकार सम्मेलन गर्दै सम्मेलन स्थगित भएको जानकारी गराएको हो । ‘जिल्ला सम्मेलनमार्फत एकताको सन्देश दिन खोजेका थियौँ ।

पार्टी सभापति भुवन प्रसाद श्रेष्ठले भने, ‘तर केन्द्रिय नेताहरु नै नआउने भएपछि कार्यक्रम स्थागित गरेका हौँ । जिल्ला सम्मेलनको लागि पार्टी सभापति शेर बहादुर देउवा र रामचन्द्र पौडेललाई गुल्मी ल्याउने कार्यक्रम रहेको उनले जानकारी दिए ।

आफूहरुले जिल्ला सम्मेलनको लागि प्रत्येक स्थानीय तहमा अगुवा कार्यक्रता भेला गराएको, सबै वडामा जिल्ला सम्मेलन तयारी समिति गठन गरिएको लगायतका तयारीहरु गरिसकेको सचिव खिलध्वज पन्थीले जानकारी दिए । स्थगित भएको सम्मेलन पैषको २८ र २९ गते गर्ने काङ्ग्रेसले जनाएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार