प्युठानका सबै स्थानीय तहमा इन्टरनेटसेवा को विस्तार
November 30, 2018 मा प्रकाशित

साझा नेटवर्क,मंसिर १४ प्युठान|
प्यूठान जिल्लाका ९ वटै स्थानीय तहमा इन्टरनेट सेवा बिस्तार भएपछी स्थानीय तहले इन्टरनेटको माध्यमबाट सेवालाई सहज र प्रभावकारी बनाउन सुरु गरेका छन् । इन्टरनेटको पहुच सबै स्थानीय तहमा पुगेसंगै आफ्ना विभिन्न गतिविधि,सूचना तथा जानकारी वेबसाइट तथा मोबाइल एपमार्फत जनतालाई उपलब्ध गराउन सुरु गरेका हुन् ।

आवश्यक सूचना लिन र दिन इन्टरनेट अत्यावश्यक भएकाले सेवा विस्तार गरिएको जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।। जिल्लाका केही स्थानीय तहले अत्यावश्यक फोन नम्बर, सरकारी कार्यालयको ठेगाना, फोन नं., सामाजिक सुरक्षा भत्ता, सम्पत्ति कर,जानकारीलगायतका विवरणहरू वेबसाइटमा राख्न सुरु गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूले जनतालाई छिटो,छरितो रूपमा सेवा प्रवाह गर्न कार्यालयमा इन्टरनेट जडान गरेको बताएका छन्स्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् । नगरपालिकामा हुने विविध गतिविधि जानकारी दिन इन्टरनेट जडान गरिएको ऐरावती गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताएस्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।। गाउँपालिकाले प्रदान गर्ने हरेक सेवा जनतासामु पु-याउन वेबसाइट सञ्चालनमा ल्याएको उनको भनाइ छस्थानीय तहले इन्टरनेटको प्रयोग गरी सेवालाई सहज र प्रभावकारी बनाउन लागेका हुन् ।।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार