नेपाली सेनाद्धारा गुल्मीका २५ बिद्यालयलाई खेलकुद सामग्री प्रदान
November 29, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी मंसिर १३।
बिरभद्र जंग गुल्म, गुल्मीले जिल्लाका विभिन्न बिद्यालयहरुलाई खेलकुद् सामग्री वितरण गरेको छ । समुदाय र नेपाली सेनाबिचको सम्बन्ध स्थापित गर्दै खेलकुद क्षेत्रको विकासमा उत्प्रेरणा प्रदान गर्न खेलकुद सामग्री वितरण गरिएको गुल्मपति सेनानी जनमत कार्कीले बताए । आफ्नो वुवा डम्बर बहादुर कार्कीको स्मृतिमा आफु र गुल्मको संयुक्त लगानीमा सामग्री प्रदान गरिएको कार्कीले जानकारी दिए । उनले बिद्यालयहरुमा खेलकुद संचालन गर्न प्रशिक्षक, रेफ्रि र अन्य कुनै सामजिक काममा सहयोग मागे २४ घण्टानै नेपाली सेना तयार रहेको समेत बताए । पृथ्वी माविका प्रध्यानाध्यापक धनिश्वर अर्यालले नेपाली सेनाको यो सहयोगले आफुहरुलाई थप उत्साहित बनाएको बताए । खेलकुद सामग्री बुझ्दै अर्यालले यो सामाजिक कार्यले जनता र समुदायमा नेपाली सेना व्यारेकमा मात्रै बस्छ भन्ने दृष्टीकोण परिवर्तन गराउने बताए । त्यस्तै शिक्षा विकास तथा समन्य इकाईका लोकनाथ मरासिनीले आफ्नो सेवाको अतिरित्त सेनानी कार्कीले देखाएको सहयोग र सद्भाव भोलीका कैयन खेलाडीको लागि एउटा इटा हुने बताए ।

१२ स्थानीय तहमा २५ बिद्यालयलाई सामग्री प्रदान

गुल्मले ११ स्थानीय तहमा एक स्थानीय तह दुई बिद्यालय र रेसुंगा नगरपालिकामा तीन बिद्यालय गरि २५ बिद्यालयलाई खेलकुल सामग्री (भलिवल) उपलब्ध गराइएको छ ।

कालीगण्डकी गाउँपालिकाको जीवनोद्धार मावि र दुर्गा भवन मावि, सत्यवति गाउँपालिकाको धर्मपुर मावि र सत्यवति मावि, चन्द्रकोट गाउँपालिकाका उदय मावि र ज्ञानोदय माविलाई खेलकुद सामग्री प्रदान गरेको क्याप्टेन उमेश खड्काले बताए ।

त्यस्तै रुरु गाउँपालिकाको ज्ञवाबलेटक्सार मावि र रिडी मावि, छत्रकोट गाउँपालिकाको सरस्वति मावि र आर्दश मावि तथा गुल्मी दरवार गाउँपालिकाको म्यालपोखरी मावि र थाक्सीपोखरा माविलाई सामग्री दिइएको खड्काले बताए ।

साथै रेसुंगा नगरपालिकाका त्रिभुवन मावि पराल्मी, भगवति मावि सिमिचौर र बुद्ध मावि, धुर्कोट गाउँपालिकाको पाञ्चायन मावि र निन्यूखर्क मावि, मदाने गाउँपालिकाका पृथ्थी मावि र अग्लुङ्ग माविलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।

त्यस्तै मालिका गाउँपालिकाका मालिका मावि र अम्मर मावि, मुसिकोट नगरपालिकाका शिवशंकर मावि र जनज्योति मावि साथै इश्मा गाउँपालिकाका पालुखा मावि र आनन्दपुर माविका प्रध्यानाध्यापक तथा प्रतिनिधीहरुलाई खेलकुद सामग्री प्रदान गरिएको हो ।

सामजिक कार्यमा मनकारी राष्ट्रसेवक

राष्ट्रिय फुटवल खेलाडी समेत रहेका सेनानी कार्कीको यो पहिलो कार्य मात्रै होइन् । आफ्नै लगानीका केहि समय अघि जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेका थिए ।

जिल्ला तथा जिल्ला बाहिर विभिन्न प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुलाई खेल सामग्री र प्रोत्साहन भत्ता समेत उपलब्ध गर्छन् । उनकै पहलमा रेसुङ्गा नगरपालिका वडा नम्वर–४ सेउवा निमाविमा अपाङ्ग मैत्री शौचालय निर्माण गरेका छन् ।

रुरु गाउँपालिका वडा नम्वर ४ को वम्घामा सेनानी कार्कीले पुरै विद्यार्थीहरुलाई कपी कलम, खेल सामग्री आफै पुगेर बितरण गरे । भने एक दिने शिविर राखेर त्यहाँ विद्यार्थी र उनका अभिभावकहरुको निशुल्क उपचारको व्यावस्था मिलाएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण पौड्यालले बताए ।

मेजर कार्की खेलकुद प्रतियोगीतामा उपस्थित भए खेलाडी नै उत्साहित हुन्छन,’ ब्याडमिन्टन संघका अध्यक्ष महेश काउछाले भने,‘ उहाँ जस्तो मनकारी राष्ट्रसेवक बिरलै भेटिन्छन् ।’

कुनै पनि खेलकुद प्रतियोगीतामा मेजर कार्कीले खेलाडीलाई उत्साह प्रदान गर्न पुरस्कार राखेका छन् । भने व्यारेकमै पनि साना बालबालिका, कर्मचारी र संचारकर्मी तथा आफ्नै सुरक्षाकर्मीबिचमा पनि थुप्रै खेल गरिसकेका छन् ।

त्यस्तै कार्कीले विभिन्न जन्मदिन र उत्सवमा समेत आशा अपाङ्ग केन्द्र र उपल्लो तम्घासमा बहिरा बिद्यार्थीहरुलाई आवश्यक सामग्रीहरु प्रदान गरेका छन् । काकीले आफु मात्रै नभएर सामाजिक उत्तरदायित्वमा नेपाली सेनाको मन र नाम देखाउन इच्छा रहेको बताए ।

उनले नेपालीहरु मध्ये कोही भोकै मर्न, उपचार गर्न नसकेर बिस्तारामा र शिक्षा नपाएर अँध्यारोमा बस्ने नेपालीको लागि दिल खोलेर सहयोग गर्दै आएको बताए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार