स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा ४ करोड, १५ आयोजना छनाैट
November 26, 2018 मा प्रकाशित

गुल्मी, मङ्सिर १०।
गुल्मी जिल्लाकाे क्षेत्र नं १ को लागि चार करोड बराबरको स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक भएको छ । कार्यक्रम अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चालु आर्थिक वर्षका लागि १५ वटा आयोजना छनोट गरेका छन् ।

कार्यक्रम अन्तर्गत दौंघा खानेपानी आयोजनाका लागि ५० लाख, हुँगा खानेपानी आयोजनाका लागि ५० लाख तथा बलेटक्सार बजार खानेपानी आयोजनाका लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ ।

ठूलाचौर लामडाडा राजा हरियाली सडकका लागि ३० लाख, बम्घा निमाविका लागि १५ लाख, गिदुवा तुथुम सडकका लागि ४० लाख, खारपानी जोगीथान खानेपानी आयोजनाका लागि ३० लाख र धुँवाखोला, रिट्ठारुख टारी, गेग्रे खानीपानीका लागि २५ लाख रुपैयाँ छुट्टाइएको छ ।

चम्सेरा सत्यवती मोटरबाटोका लागि १० लाख, पात्ले खोला खानेपानी आयोजनाका लागि ३० लाख, दुर्गा भवन मा.वि छापचौरका लागि २५ लाख, खलुका रुख शान्तिपुर लोकमार्गका लागि १० लाख बजेट छुट्टाईएको छ ।

बरल्बा लुङ बरेङ मोटरबाटोका लागि १८ लाख र रातामाटा खानेपानीका लागि १५ लाख रुपैयाँ छुट्टाइएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधि सभाको निर्वाचित सांसदको संयोजकत्वमा प्रदेशका सांसद र स्थानीय तहका प्रमुख रहेको समितिले योजना छनोट गरी खर्च गर्ने गरी ४ करोड रुपैयाँ छुट्टाइएको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार