मन्त्री बिष्टको गाउँले विकास : अबको प्राथमिकतामा खानेपानी
November 24, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी मंसिर ८ ।
गुल्मी क्षेत्र नं २ को लागि चार करोड बराबरको स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम सार्वजनिक भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा क्षेत्र नं २ का सांसद गोकर्ण विष्ट अध्यक्ष रहेको समितिले चार करोडका विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको छ । जसका झण्डै तीन करोडका खानेपानी योजना समावेश गरिएको छ । बर्षौदेखि खानेपानीको अत्यन्तै समस्या रहेको मदाने गाँउपालिका ४ म्यालपोखरीमा तल्लो लुप्सी–म्यालपोखरी लिफ्टिङ्ग खानेपानी योजनाको लागी ५० लाख विनियोजन भएको छ ।

त्यस्तै मदाने गाँउपालिका ६ पुर्कोटदहमा चित्रेखोला लिफ्टिङ्ग खानेपानी योजनाको लागी १५ लाख बिनियोजन गरिएको मन्त्री बिष्टका स्वकीय सचिव गणेश श्रीपालीले बताए । त्यस्तै मालिका गाँउपालिका ६ अर्जै माविको भवन निर्माणको लागी १० लाख बिनियोजन गरिएको छ ।

जुन भवनका लागि मन्त्री बिष्ट केहि दिन अघि अर्जे पुगेको बेला बिद्यालयको अनुगमन गरि रकम छुट्याने बचन दिएका थिए । सोहि अनुसार बजेट बिनियोजन भएपछि आफुहरु अत्यन्तै खुसी भएको वडाध्यक्ष शोभाखर गिरीले बताए । मुसीकोट नगरपालीका ४ वडागाउँ दजाकोटको लागि भगलाम–दजाकोट खानेपानी योजनाको लागी ६५ लाख बिनियोजन भएको श्रीपालीले बताए ।

इस्मा गाँउपालिका १ हस्तिचौरको ठुलाखोला–गरगरे लिफ्ट खानेपानीका लागि १० लाख, धुर्काेट गाँउपालिका ६ लुङ्गखर्क–कोट लिफ्टिङ्ग खानेपानी योजनाको लागी ५० लाख, धुर्कोट गाँउपालिका २ चोरपानी–घरिथुम लिफ्टिङ्ग खानेपानि योजनाको लागी २० लाख बिनियोजन भएको नेकपाका नेता ओम कार्कीले बताए ।

रेसुङ्गा नगरपालिका ६ मुलाबारी अत्रकाडा चेक्मी थाम खोपानी योजनाको लागी ४५ लाख, रेसुङ्गा नगरपालिका ३ रोलखोला चङ्खखोला तातोपानि चिसाखोला तल्लागाँउ कमेरेपानि खानेखोला योजनाको लागी १० लाख बिनियोजन गरेको छ ।

स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम अन्तरगतनै इस्मा गाँउपालिका ४ दोहलीको ढोकामुख–खुङ्ग–कोटकोटेरी मोटरबाटो योजनाको लागी ४८ लाख, मालिका गााँउपालिका १, २ र ३ लाई समेटने गरी दर्लिङ्ग–ह्वाङ्गदि–गँगरे मोटरबाटो निर्माणका लागि ४५ लाख, मालिका गाँउपालिका ८ मरभुङ्ग मैदान–किलिवाङ्ग–तिरतिरे मोटरबाटो योजनाको लागी १५ लाख बिनियोजन भएको नेकपाका नेता बुद्धि जिसीले बताए ।

इस्मा गाँउपालिका ६ अम्मरपुरको हुलाके–कुखुरेखोला– चोरकाटे–अर्जै मोटरबाटोको लागी १५ लाख बिनियोजन भएको जिसीले बताए ।

पुर्वाधार विकासमा अहिले पहिलो प्राथमिकतामा खानेपानी परेकाले स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम अन्तरगत खानेपानीका योजना धेरै रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले बताए ।

साथै उनले सडक सञ्जा धेरै ठाउँमा पुगेकाले त्यसको स्तरबृद्धि, बिजुलीका पोल पुगेको ठाउँमा लाइन बिस्तार र काठका पोलमा बक्ति बलेको ठाउँमा स्टिल पोल बिस्तार गरिने बताए ।

त्यस्तै मन्त्री बिष्टले जनताका आधारभुत आवश्यकता तीन तहका सरकारले पुरा गर्नुपर्नेमा जोड दिए । उनले साना योजना स्थानीय तहले, मझौला प्रदेश र ठुलो दुरगामी महत्वका योजना केन्द्रिय सरकार मार्फह आफुहरुले पुरा गर्ने बताए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार