logo
  • मंगलबार, चैत्र ६ २०८०

सत्यवती महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल खेल स्थगित


  • साझा नेटवर्क
  • मंगलबार, चैत्र ६ २०८०

सज्जन ढकाल, गुल्मी मंसिर ६ ।
गुल्मी भुर्तुङ हिलेमा संघर्ष युवा क्लवले आयोजना गरेको यहि मङ्सिर ४ देखि ७ गतेसम्म सन्चालित सत्यवती महोत्सवमा कारणबस खुल्ला पुरुष भलिबल प्रतियोगिता स्थगित गरिएको छ । उक्त खेलमा रु १ लाखको प्रथम पुरस्कार राशी राखिएको थियो ।

खुल्ला भलिबल प्रतियोगिता भएकाले राष्ट्रिय स्तरका खेलाडि लिएर कार्यक्रम स्थलमा उपस्थित हुदा खेल आयोजकले विशेष कारण देखाउदै स्थगित गरेकाले आफुलाइ निकै गार्हो संगै आर्थिक भार भएको जिल्ला भलिबल संघ गुल्मिका टिम क्याप्टेन बादल हमालले बताए ।

नियम र कानुन सङ्गत तरिकाबाट खेलाउन पर्ने तर खेल आयोजकले सन्चालन गर्न नसक्दा आफुहरुको टिमलाई आयोजकले रु ३० हजार दिएको पनि जानकारी गराएका छन । उनले पुनः थप्दै भने कार्यक्रम स्थलमा उपस्थित सबै टिमबिच खेल सन्चालन गरेको भए आफ्नो टिमले खेलमा हार र जित त्यो स्वभाविक हुन्थ्यो । तर आयोजकले खेल सन्चालन नगरेकाले आफ्नो उपस्थित टिमलाई रकम दिएको पनि बताए ।

आजसम्म आफ्नो खेलको करियरमा यस्तो नभएको यो इतिहासमा अविस्मरणिय क्षण भएको पनि विशेष जानकारी गराएका छन । आयोजकले पुन अन्तरवडा स्तरिय भलिबल प्रतियोगिता आयोजना गरी सन्चालन गरेको छ ।

आयोजकले कारणबस स्थगित गरिएको बताएपनि जिल्ला भलिबल संघ गुल्मीका टिम क्याप्टेन बादल हमालले नियतबस स्थगित गरिएको साझा नेर्टवर्कलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2024 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend