देशभित्रै रोजगारिको सिर्जना कहिले हुन्छ सरकार
November 15, 2018 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी कार्तिक २९।
दसैँको टिका लगाईसकेपछि तिहार आउन केहि दिन मात्र बाँकि छ । मैले यहि समयलाई घुम्नलाई उत्तम ठाँने । मेरो बुबा भारतमा हुनुहुन्थ्यो । बुबा भएकोले म घुम्नको लागि भारत जाने निर्णय गरे ।दसैँको पूर्णिमाको दोस्रो दिन कार्तिक ९ गते म गाउँकै एकजनासँग भारतको बाटो तताँए । बसमा भारत जाने हामि मात्र थिएनौँ, धेरै थिए । फरक यत्ति हो, म घुम्नको लागि जादैँ थिए, धेरै रोजगारीको लागि जादैँ थिए त कोहि श्रीमानसँग जादैँ थिए ।

म गाउँकै एकजना ब्यक्तिसँग बुबा भएको ठाउँमा जादैँ छु । मलाई लैजाने ब्यक्ति नाताले छोरा पर्छन । उनी विगत २० बर्षदेखि घरखर्च चलाउनकै लागि भारतमा छन् । अहिले ३५ बर्षका भए । १५ बर्षदेखि बाध्यताले भारत जान थालेका । मेरो अनुहार खुसि थियो भने उनको त्यत्ति खुसि थिएन् । किनकि उनी आफ्नो देशमा रोजगार नपाएको कारण बाध्यताले भारत जादैँ थिए ।

बसले हामिलाई पाल्पामा पु¥र्यायो । हामि खाना खानातर्फ लाग्यो । होटलको सर्विस त्यत्ति राम्रो थिएन् । म त केहि भनिन । उनले भारतमा होटलमै काम गर्दा रहेछन् । उनी होटलकी साहुनीसँग भने, ‘सर्विसिङ्ग राम्रो भएन नि तपाइको होटलको ।’ ‘मान्छे छैनन् ।’ साहुनीले भनिन् । ‘राख्नुप¥यो’ उनले भने ।

फेरी साहुनीले भनिन्, ‘मान्छे राखेको हो, बिहानैदेखि रक्सि पिएर कता गयो, थाहा छैन ।’
‘बाटोको ठाउँमा अलि राम्रो मान्छे राख्नुपर्छ । मैले पनि इन्डियामा आठ बर्षदेखि होटलमा काम गर्दै आएको छु ।’ मलाई भारत लैजाने ब्यक्तिले भने ।

त्यसो भए बस्नु न त यहि ।’‘मैले इन्डियामा १५ हजार आइसि कमाउछु । नेपाली २४ हजार हुन्छ । तर यहाँ २० हजार दिए पुग्छ ।’ एकछिन रोकिएर उनले फेरी भने, ‘दिनुहुन्छ त ?’उनी केहि बोलिनन् । उनको घर रिडि रे । बहिनी–ज्वाईलाई सघाउन आएकी । उनले केहि भन्ने कुरा नि भएन् । तर मलाई भारतसम्म लैजाने ब्यक्ति त्यहि भएपनि काम गर्न तयार थिए ।

मनिलो अनुहार त्यहाँबाट हिडेपछि पनि उनको अनुहार मनिलो छ । धेरै बोल्दैनन् । हामि बुटबल पुगियो । गाउँकै शेरजङ्ग दाईको होटलमा बस्ने कुरा भयो । उनलाई निकै थाकान लागेजस्तो महसुस भएको थियो । म सगँ ‘एकछिन घुमौ न अंकल’ भने । मैले हुन्छ भने । हामि केहि परतिर बजारमा गयौँ । घरबाट उनकी श्रीमतीको फोन मेरो मोबाइलमा आयो । मैले उनैलाई उठाउन दिए । सबै कुरा त सुन्ने कुरा भएन् । एउटा वाक्य सुने, ‘राम्ररी पढ्नु है, राम्रो नम्बर ल्याएर पास गरे पैसा पठाइदिम्ला ।

 त्यो सुन्दा मलाई लाग्यो, उनी आफ्नोभन्दा पनि छोराछोरीको भविष्यको लागि बाध्यताले परदेशिदैँ छन् । यसैगरि प्रत्येक बुबाहरु आफ्नो छोरोछोरीकै लागि बाध्यताले मात्र परदेश जाँदा रहेछन् भन्ने अझ गहिरिएर बुँझे । बाटोमा पनि उनकी श्रीमतीको फोन धेरैपटक आएको थियो । जिवनसाथिको चिन्ताले गर्दा होला । उनको त्यो फोनले पनि श्रीमतीलाई पनि श्रीमान परदेश पठाउन मन छैन । तर परिस्थितिले त्यो मान्दैन । एकछिनपछि मैले सोधे, ‘तपाईको जिवन बिमा छ ?’ ‘बिहान–बेलुकाको गुजारा चलाउन त धौ हुन्छ, बिमा त परैको कुरा हो ।’ उनले जवाफ दिए ।

बुटबलमा चिसो हावा चलिरहेको थियो । उनले त्यहाँ बनेको एक घरको मूल्य अनुमान गर्दै थिए, यो घर बनाउन कम्तिमा पाचँ करोड लाग्यो होला । उनले त्यो ठूलो घरसँग गाउँमा भएको आफ्नो घरको तुलना गर्दै थिए । फेरी एकछिन रोकिएर उनले भने, ‘साला यो इन्डिया त पटक्कै आउने मन थिएन, क्यार्नु नआई नहुने ।’ उनको यो कुराले मैले अझ धेरै बुँझे । प्रत्येक नेपाली युवाहरु बाध्यताले नै विदेशिएका छन् । बाहिर कसैले नसुन्ने गरी मनमनै कसैलाई भने, ‘तिमिहरुले निर्वाचनका बेला तिनै युवाहरुलाई प्रयोग गर्दै अहिले राज्यका उच्च पदमा पुग्यौ, तर अहिले तिनै युवाहरुलाई लात हान्दै विदेशिन बाध्य बनाउदैँ छौ । तिमिहरुलाई अलिगति पनि लाज लाग्दैन ?’

नेपाली पत्रकारको हत्या

हामि कृष्णनगगरको बोर्डबाट करिब १०० मिटर टाढा भारतको भूमिमा पुगेका थियाँै । पहिलोपल्ट अर्काको देशमा पाइला टेक्दा मलाई कताकता डर लागिरहेको थियो । तर कसैलाई भनिन । त्यहाँबाट भारतका विभिन्न स्थानको लागि बस छुट्दो रहेछ । त्यहाँबाट बस चढ्ने नेपालीहरु करिब ९९ प्रतिशत दसैँ मनाएर फर्केका थिए । फेरी भारतमै काम गर्न भनेर । मैले हामि जाने बसमा भारती नगारिक पनि जान्छन् होला भन्ने सोचे, तर त्यस्तो थिएन् । सबै नेपाली । त्यहाँ धेरैजना ओहोरदोहार गरिरहेका थिए । त्यसमध्ये मेरो घरभन्दा माथिका एकजना नारायण दाईले भारतकै भूमिमा उभिएर भन्नुभयो, ‘यो भूमि पहिले नेपालको थियो । एकपटक म भारत जादैँ गर्दा यहाँ जग्गाको विवाद थियो ।

त्यत्तिबेला एउटा नेपाली पत्रकारले नेपालको पक्षमा बोले । त्यत्तिनै बेला भारतिय प्रहरीले गालि हानी उनको हत्या ग¥र्यो । नेपालको सिमा मिचियो । नेपालका कोहि पनि नेता बोल्न सकेनन् । अन्तिममा बल्ला सिमा देखाउनको लागि गेट बनाइयो ।’ कुरा कतिसम्म सत्य हो, त्यो उनैले जानुन्, मैले सुनेको मात्र । तर सत्य कुरा चाँहि कृष्णनगरको बोर्डमा ‘नेपाल–भारत मैत्रि प्रवेश द्धार’ निर्माण गरिएको छ ।

कमिनमा नेपाली नेता

बाध्यताले रोजगारिको लागि भारतमा जाने अधिकाशं नेपालीहरुले भन्दै थिए, ‘नेपालका नेता धेरै भ्रष्टाचारी भए, देश बेचे । आफू मोटाए । जनतालाई धुलोमा सुताए ।’ पाल्पा, बुटबल, गुल्मी, स्याङ्ख्या लगायतका क्षेत्रका मानिसले भारतको बाटो तताउदै थिए । तिमध्ये एकजना प्युठानका रहेछन् । १५ बर्षदेखि भारतमै होटलमा काम गर्ने । उनले भने, ‘नेपालका नेता कमिसनमा रमाउछन् । निर्वाचनमा पनि हामिलाई धेरै झुटो आश्वासन दिए । तर केहि गरेनन् । नदि बेचे । बन बेचे, काठ र अन्य धेरै स्रोत बेचे । पहिले लेवर काम नै गरेपनि नेपाली हुँ भनेपछि सम्मान गर्थे । तर अहिले हाकिम नै भएपनि वास्ता गर्दैनन् ।

भारतले नेपाली लुट्यो

कार्तिक ११ गते १२ बजेतिर हामि इन्डिया करनालस्थित गाउँकै एक ब्यक्तिकहाँ गयौँ । हुन त उनको सरकारी नोकरी हो । तर अवस्था उस्तै छ । नेपालमा जति सहज थिएन् । सायद परदेश भएर होला । एकछिनपछि गाउँकै एकजना दाईकहाँ गयौँ । दाई पनि ५९ बर्षका । आफ्नो गरिखाने जिवन उनले भारतमै विताएका छन् । त्यहाँ गाउँले दाईबाहेक दुईजना अन्य युवा पनि थिए, गाउँकै । म भन्दा १÷२ बर्ष जेठा सायद । ति दुई युवाले फरक–फरक होटलमा काम गर्छन् ।

५९ बर्षिया छिमेकी दाईले चाँहि बेल्ट कम्पनीमा । तिमध्ये दुईजना त बाबुछोरा हुन् । त्यहाँ पनि परदेशिकै कुरा चले । अनि नेपाली बसको कुरा चल्यो । ५९ बर्षिया दाईले भने, ‘भारतले नेपालमा तेल पठाउछ । नेपाली कामको खोजिमा आउछन् । सिमानासम्म लिन गाडि पुग्छ । यहाँ आउछन् । कमाउछन् । यहि पैसा यहि खर्च गरेर घर सामान लैजान्छन् । सिमानासम्म त छोड्न गाडि पनि जान्छ । क्या लुटेको छ भारतले, हामि नेपालीहरुलाई ।’ मैले सोचे, ‘भारतले नेपालीलाई यति धेरै माया गरेको छ । हामि कत्ति धेरै मायाजालमा परेका रहेछौ ?’

नेपाली नेताको ढुङ्गाको मन

उनै दाईका छोरा र म नुवाईधुवाई तिर लाग्यौँ । आजकलका धेरैजसो युवाहरु सुखका मात्रै कुरा गर्छन् । उनीहरु वास्तविकता लुकाउछन् । तर उनले त्यसो गरेनन् । फेरी सुरु गरे, ‘यस्तै हो परदेशिको जिन्दगी ।’ मैले जतिबेला परदेशिको जिन्दगी भन्ने शब्द सुन्छु, तब धिक्कार्छु राज्यलाई । नेपाली युवाहरुले अर्काको देशम कडा परिश्रम गर्नुपर्दा पनि उनीहरुले केहि गुनासो भने गरेनन् । तर नेपाली हाकिमहरुलाई अलिकति पनि लाज नलाग्ने ? ढुङ्गाकै मन भएर होला ।

मैले उनै युवालाई सोधे, ‘तलब कति छ ?’
‘नौ हजार ।’
‘घर कहिले जाने ?’
‘तिहार पछि ।’

नजिकै आएको तिहारपछि बल्ल जाने रे । उनले भन्दै गए, ‘दसैँमा छुट्टि मिलेन । फेरी तिहारमा बोनस मिल्छ । अनि हिसाबकिताब चुक्ता गरेर जाने हो । घर गएर आउँदा नोकरी दिन्छ नै भन्नु के ग्यारेन्टी ? अर्काको देशको के भर छ र ? फेरी आउँदा त होटल नचल्न पनि सक्छ । अथवा पैसा पनि नदिन सक्छ । दुई बर्ष भयो तिहारको टिका नलगाएको । अहिले पनि लगाइएन, क्यार्नु यस्तै हो ।’ यसको मतलब भारतमा श्रम शोषण हुन्छ र थुप्रै नेपाली युवा यसको सिकार भएका छन् । उनी पनि पैसाकै लागि तिहारको टिका लगाउन पाएनन् । यो उनको रहर नभई बाध्यता हो । नेपालका नेताले चुनावताका पूर्ण रोजगारीको ग्यारेन्टी गर्न थालेको बर्षै भयो । शासन ब्यवस्था फेरीयो । नेता, कर्मचारी र उनैका छोराछोरी तथा आफन्तका दिन फेरिए । तर सर्वसाधारण नेपालीको अवस्था फेरीएको छैन् । संसारमा सबैभन्दा बढी छक्याउने र ढाट्ने कला भएका नेता त नेपालमै जन्मिएका छन् ।

झुण्डिएर रङ लगाउनुपर्ने डरलाग्दो काम

बुबा र म करनालबाट नयाँ दिल्ली हुँदै अंकलकोमा राजस्थान जाँदै थियौँ । म पहिलोपटक गएको हुनाले उत्सुक थिए । बसको झ्यालमा बसे र बाहिरबाट भारतले गरिरहेको विकास खुब नियालेर हेरिरहेको थिए । र सोचिरहेको थिए, नेपालमा यस्तो विकास कहिले हुने होला ? हामी ३५ किलोमिटर बसमा यात्रा गरेका थियौ, त्यँहा एउटा घुम्ति थियो, त्यसैको करिब १०० मिटर पर एउटा सिसैसिसाको जस्तो देखिने घर थियो । त्यो घरको उचाइ नै ७० मिटर भन्दा माथि थियो होला, मेरो अनुमानमा । त्यहि घरको सिसामा एकजनाले सायद रङ नै होला, लगाउन थालेका रहेछन । मैले खुब नियालेर हेरे । त्यस्तै गरेको त आजसम्म फिल्ममा पनि देखेको छैन ।

म झस्किए, डराए । बिजुलिको काम गर्दा बरू खम्बामा आफूलाई बानेर गरिन्छ तर त्यहाँ त माथिबाट डोरिले मान्छेलाई बानेर तल झुन्डिएर काम गरेको । यताउता पिङ खेलेजस्तो । तर त्यो पिङ नभएर जीवन निर्वाहका लागि गरेको काम थियो । सारै डरलाग्दो काम । हातमा बाल्टि पनि थियो । ती मान्छे कुन देशका हुन मलाई था भएन, मैले भने नेपाली हुन भन्ने अनुमान गरे । किनकि मैले सुनेको थिए, ‘विदेशमा त साततले घरमा सिमेन्ट र रङ लगाउनुपर्छ रे ।’ सोचे, नेपालीहरू कति दुखमा छन् । त्यहि सम्झिएर नेपाली भएको अनुमान गरे । र मनमनै भने ‘ए नेपाल सरकार र नेपाली नेताहरू तिमिहरूले सजिलो काम दिन त सकेनौ सकेनौ, त्यसरि झुन्डिएर ज्यानको बाजि लगाएर काम पनि स्वदेशमा दिन पनि सकेनौ । त्यस्तो जोखिम काम गर्न पनि नेपालीले घर नै छोड्नुपरेको छ ।’

साहुले धोका दिएपछि…..

एकदिन साझँपख गाउँकै छिमेकी बुबाले काम गर्ने ठाउँमा गए । उहाँको उमेर नै ६० बर्ष । उहाँले नेपालमा छदा पनि भन्नुहुन्थ्यो, ‘उहाँ (भारतमा) पनि सजिलो छैन । बाध्यताले जाने हो । हो रैछ । देखेपछि बल्ल थाहा पाएँ । उहाँले एक क्यान्टिनमा काम गर्नुहुँदो रहेछ । अलि अप्ठ्यारो काम । त्यसको केहि समयपछि अर्का गाउँकै दाईसँग भेट भयो । साहुले बोलाएपछि तिहार पनि नमनाई हतार–हतार भातरको बाटो तताएका । तर त्यहाँ पुग्दा साहुले अर्कैलाई राखेपछि उनले पनि काम पाएका थिएनन् । नेपालीहरुको विदेशमा यो अवस्था देख्दा साह्ै दुखि भए । तर रुन सकिँन । राष्ट्रप्रेमले भरिएको मेरो मनलाई कतै ब्यक्त गर्न सकिँन ।

अंकलको प्रगतिमा खुसि

नयाँदिल्लीबाट हामि धारूहेडा भन्ने ठाउँमा पुग्यौ र ओर्लियौँ । अंकललाई फोन गर्याै । सोचे अंकलले अर्कै बसमा आउन भन्नुहुन्छ । फेरि बस नभेट्याएर अलमल हुने भयो । तर त्यसो भएन । उहाँले त एउटा कार पो पठाउनु भएको रहेछ । एसी सहितको कारमा बुबा अगाडि र म पछि बस्यौँ । बुबाले के सोच्नुभो था छैन, तर मैले भने हाम्रो परिवार पनि सम्पन्न भइसकेछ भन्ने सोचे । अंकलले काम गर्ने कम्पनीमा हो भन्ने थाहा भएपनि कुन र के कम्पनी हो था छैन तर कारमा चढ्दा लाग्यो अंकलले राम्रै कम्पनीमा काम गर्नुहुन्छ । अंकलको प्रगति देखेर खुब खुसि लाग्यो । भक्कानिएर आयो । खुसिका आशु आउला आउला भयो । तर आशुँ आएन । राजस्थान पुगेपछि भने धेरै रमाइलो भयो ।

करबारे नेपालमा गलत हल्ला

त्यसैदिन अंकलकहाँ खाना आएर बाहिर निस्किएको थिए । एकजना तनहुँको नेपालीसँग भेट भयो । उनी अखिल नेपाल भारति संगठनमा पनि आवद्ध रहेछन् । केहिबेर उनी र म एकछिन कुरा गर्याै । नेपाल कम विकसित हुनुका कारण, विकसित गर्नुपर्ने कारण र उपाय, कर लगायतका धेरै विषयमा कुरा गर्याै । यसैक्रममा उनले भने, ‘सबै नेपाली बाध्यताले विदेशिएका छन् । तर नेपालमा भने दोहोरो, तेहोरो कर लगाइएको छ । नेपालीलाई अनावश्यक कर थुपारेर मन्त्री र कर्मचारीले गाडी चढुनुबाहेक केहि गर्न सकेनन् ।

’ उनले भनेजस्तै नेपालमा करको दुरुपयोग भएको सत्य नै हो तर कर त्यत्ति धेरै भएको चाँहि हैन् । करको विषयमा पनि देश भित्र र बाहिर गलत हल्ला गरिएको रहेछ । करनालबाट दिल्लिसम्म आउने एउटा लोकल बसले मात्रै चारपटक बाटोमा कर ति¥र्यो । एक सय सयका दरले चारपटकसम्म । कर प्रणाली वैज्ञानिक छ । धेरै कर लिएर नै भारत विकसित हुन सफल भएको हो । तर नेपालमा करको सदुपयोग छैन । अर्कोतिर धेरै कर लगाइयो भनेर अनावश्यक हल्ला फिजाइएको छ । कर नतिरेसम्म विकास हुँदैन । हामी खुसि भएर कर तिर्न सक्नुपर्छ । बरू हामिले जानिराख्ने एउटा कुराचाँहि करको कसरी सदुपयोग हुन्छ भन्नू हो, हामी नागरिक त्यसमा चनाखो बन्नुपर्छ ।

देशभित्र रोजगारी कहिले ?

अहिले नेपालमा अत्याधिक मात्रामा बेरोजगारि छ । भारतमा मात्रै नभई अन्य देशमा पनि नेपालीहरु समस्यामा परेका समाचार बेलाबेलामा आउने गरेका छन् । त्रिभुवन बिमानिस्थलबाट त आजकल अलि बढी नै बाकसमा शवहरु आउन थालेका छन् । यो अवस्था नेपालमा दुरदृष्टि भएका नेताहरुको अभावले गर्दा भएको हो । स्थायी शासन ब्यवथाको अभावले गर्दा भएको हो । राजनीतिक स्थायित्वको अभावले गर्दा भएको हो । र नेताहरुमा विकासभन्दा पनि भोटको राजनीतिले गर्दा भएको हो ।

अहिले नेपालमा पाचँबर्षे स्थायी सरकार छ । यसपालि यो सरकारलाई देश बनाउने अवसर र चुनौती दुवै छ । त्यसैले देशिभित्रै रोजगारिको सिर्जना गरी विदेशिएका नेपालीहरुको अनुहारमा खुसि कहिले ल्याउने सरकार ?

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार