संगीतकार तथा गायिका निलमको नयाँ गित सार्वजनिक
November 11, 2018 मा प्रकाशित

साझा नेटवर्क, काठमाण्डौ ।
संगीतकार तथा गायिका निलम रोजु राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि मात्र ‘मलाई हजुरले लाएको टोपी मनपर्यो’ गीतको भिडियो ल्याएकी निलमले यसपटक ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको गीत ल्याएकी छन् ।
गीतकार समेत रहेकी निलमको ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा संगीत पनि उनैको रहेको छ ।

निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । संगीतकार निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशंसा गरेको छ । ‘घुमिफिरी रुम्झाटार’ भनेजस्तै गीतको आशय माया–प्रेममै केन्द्रीत छ ।

‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठकलगायतका कलाकारले अभिनय गरेका छन् ।

युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मी शैली अपनाइएको छ । जसलाई दर्शक तथा श्रोताले रुचाउने अपेक्षा संगीतकार तथा गायिका निलमले गरेकी छन् ।