प्रवास र प्रवासी जीवनको भोगाई
November 10, 2018 मा प्रकाशित

-दर्शन सुनार।
आखिर जीवन भनेको यस्तै रहेछ । हामी प्रवासिको दशै तिहार जस्ता महान पर्वहरुमा पनि दुई थोपा आँसु लुकाएर लाखौ रहरहरु थाती राखेर एक्लै रुनु वाध्यता एकातिर र आफ्नै मन दुखले छेद-बिच्छेद हुदा पनि एक पल हासेर परिवारलाई खुसी दिने रहर अर्को तिर किनकी हामी नेपालिहरुको प्रवासको यो जीवन साचो हो ।

जब-जब रात हुन्छ फेरि बिहानी पनि अवस्थ हुन्छ सधै-सधै पुर्णिामा त कहाँ हुन्छ र औसिमा त चन्द्र्मा अध्यारो मुख गरि सन्सारलाई नै अँध्यारो बनाइदिन्छ भने हामी प्रवासिको जिबनमा पनि सुख र दुख भनेकै दिन र रात अथवा औसि र पुर्णिामा जस्तै हुन केही दिन अघि दशैलाइ दुख-सुखका साथ बिदाइका हात हल्लाउँदै बिदाइ गरियो भर्खरै तिहारको रौनक चल्दैछ ।

नेपालमा तर प्रवासमा हामी नेपाली हरेक खुसीलाइ थाती राख्दै परिवारको खुसीका लागि खुसी खोज्दै भौतारिरहेका छौ । परिवारको लागि एक खुसि खोज्नको निम्ति हाम्रो आँसु,रोदन,मिलन,बिछोड,सयोग,बियोग सङै सम्झौता गर्दै कहिले खुसी कहिले निरास यहि सानो मुटुमा थुपारी हामी अगाडी बढिरहन्छौ ।

तपाईं हामिलाइ थाहा छ यो धर्तिमा हामी केही दिनको पाहुना हौ फेरि पनि मरणको प्रवाह नगरी जीवन सङ सम्झौता गर्दै अगाडी बढने कोसिस गर्छौ । हामिले जिबनमा धेरै कुराहरु चाहान्छौ कल्पना गर्छौ । तर सबै कहाँ पुग्छ र सोचेको यो परदेशमा यदि आटेको, सोचेको सबै कुरा पुग्थ्यो भने जिबनमा खुसीको के अर्थ हुन्थ्यो र?

हामी प्रवासिले जीवनमा सोचेको भन्दा नसोचेको धेरै कुरा खेपन्नु पर्छ । सोचेको कुरालाइ पार गर्न सजिलो हुन्छ मात्र केही हद्सम्म तर न सोचेको कुरालाइ पार गर्न गाह्रो हुन्छ किनकी न सोचेको कुरा अचानक आइपर्ने कुरा हो कुनै कुरा सजिलै सङ पार गर्न सकिन्छ ।

त्यसले हामिलाइ खुसी पनि दिन्छ कुनै कुराले सारै दुखी नै दुखि पनि बनाउछ हामिले फेरि पनि हिम्मत हार्दैनौ परदेशमा भएपनी अगाडी बढी रहन्छौ । आफ्नो निधार र हत्केलामा लेखिएको भाग्य भोग्दै-भोग्दै जीवन पनि कस्तो अचम्मको हुदो रहेछ । प्रवासिको जीवन कसरी गुज्रिने हो ।

हामी प्रवासिलाइ पनि केही थाहा छैन के सोच्छौ के भै दिन्छ तर पनि जीवन सङ सम्झौता गर्दै धेरै अधुरा सपना आशाहरु बोकि यो मरुभूमिको खाडिमा जाडोमा अति नै जाडो गर्मीमा अति नै गर्मी ५५% डिग्री गर्मी सङ जिबनको गोरेटोमा कहिले हास्दै त कहिले रुदै जीवन सङ लडिरहन्छौ र लडछौ पनि हामी नेपाली आखिर कहिले सम्म । क्रमशः

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार