दाङ्ग देउखुरी सेवा समाज कतारले क्यान्सर पिडित घर्तिलाई आर्थिक सहयोग
November 6, 2018 मा प्रकाशित

साझा नेटवर्क, कतार ।
दाङ्ग देउखुरी सेवा समाज कतारले क्यान्सर पिडित नारायणी घर्ति मगरलाई आर्थिक सहयोग गरेको छ ।दाङ्ग घोराही उपमहानगरपालिका वडा नंं.७ पर्सा शिव टोल निवासी कक्षा ८ मा अध्यनरत भुपेन्द्र प्रकाश मगरकी छोरी वर्ष १५ की नारायणी घर्ति गत बर्ष २०७४ देखि बायाँ हातमा क्यान्सर रोग लागेकोले उपचाररतको क्रममा हाल भरतपुर चितवन बि पि कोइराला क्यान्सर मेमोरियल अस्पतालमा उपचाररत छिन ।
उनको उपचार भैरहेको र उपचारको लागी ठुलो रकम खर्चिलो हुने भएकोले र घरको आर्थिक स्थिति कम्जोर रहेकोले एक पटक अप्रेसन भएको र हातलाई चलाउन राम्रोसँग नहुने भएकोले डाक्टरको सल्लाह अनुसार दोब्बरा अप्रेसन गर्नु पर्ने हुदा पिडितको बुबाले देश बिदेशमा रहनु भएका समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगको लागी अनुरोध गरेका थिए ।
संस्थाका अध्यक्ष बशन्त राज पुरीको पहलमा दाङ्ग देउखुरी सेवा समाजले रकम संकलन गरि बिदामा नेपालमा रहेका संस्थाका द्वितीय उपाध्यक्ष छविलाल बुढाथोकी दाङ्ग स्थित दर्ता भएको दाङ्ग देउखुरी सेवा समाज घोराहीका अध्यक्ष नुमाकान्त सुवेदी, उपाध्यक्ष बलदेब बिस्वकर्मा कोषाध्यक्ष लिलामणी लामिछाने मार्फत कार्तिक १९ का दिन घोरोही स्थित पत्रकार सम्मेलन गरि रु २५,००० पच्चीस हजार रुपैयाँ नगत निजको परिवारलाई हस्तान्तरण गरिएको हो ।

पिडितको परिवारले खुसी व्यक्त गदै सहयोगी मनहरुलाई पहल गरि दिनुहुने अध्यक्ष लगाएत दाङ्ग देउखुरी सेवा समाजमा आवद्व रहनुहुभएका सम्पुर्णमा बिशेष धन्यबाद प्रकट गरे । सोही दिन भारतको नयाँ दिल्लीमा स्थित सम्पन्न मार्सल आर्ट विस्व च्याम्पियनसिल प्रतियोगितामा सानो बाबु कुष्ण नेपालीले नेपालबाट प्रतिनिधित्व गरी विभिन्न देशका प्रतिश प्रधिहरु सँग सामना गदै जित हासिल गरी अन्तर्राष्ट्रिय गोल्ड मेडल प्राप्त गर्न सफल भएकोमा दाङ्ग पुग्नसाथ जिल्लामा भब्य साथ नागरीक अभिनन्दन गरिएको थियो ।

घोराही उपमहानगरपालिका का मेयर नरुलाल चौधरीको उपस्थितमा अभिनन्दन कार्यक्रममा दाङ्ग देउखुरी सेवा समाजका अध्यक्ष नुमाकान्त सुवेदी र कतारका उपाध्यक्ष छबिलाल बुढाथोकी र अन्य पदाधिकारीहरुले प्रोत्साहन सोरुप नगत रु ५०००/– नगत हस्तान्तरण गरिएको थियो।
यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मन प्रति दाङ्ग देउखुरी सेवा समाज कतार परिवार हृदय देखि हार्दिक कृतज्ञात प्रकट सहित आगामीदिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार