गलत मोबाइल नम्बर डायल गर्दा बसेको माया
November 6, 2018 मा प्रकाशित

-सज्जन ढकाल ।
भनिन्छ विश्वमा प्रविधीले ठूलो फड्को मारिरहेको छ । यहि निसाना र सन्दर्भको वरिपरि हामीहरु घुमिरहेका छौ । कोहि भन्छ्न जमाना फेरियो कोहि भन्छन समय बदलियो कोहि भन्छन समयको बिकास क्रम हो । जे भएतापनि यो विश्व जगतमा भएका सबै चमत्कारहरु विज्ञान र प्रबिधिको देन हो । यसमा कुनै दुइमत तथा विश्लेषण गरी रहनुको कुनै तुक छैन ।समय तथा जमना अनुसार हामी सबै यसैको अनुयायी हुनु कुनै नौलो कुरा होइन यो आवस्यकता पनि हो । जस्को प्रयोगबाट सजिलै संसार अनुगमन तथा सचित्रताको अनुकरण र परिदृष्य सजहताका साथ दृष्यावरण गर्न सकिन्छ । ताकी अहिलेको नयाँ पुस्ता यसैको प्रत्यक्षदर्शी र साची पनि हो । सुचना प्रबिधिको उच्चतम प्रयोग गर्ने नयाँ हस्ती र उपभोक्ता पनि हो ।

अहिले विश्वमा सुचना प्रबिधिको बिकासक्रम उच्च गतिमा लम्कदै छ । नेपाल जस्तो भुपरिबेष्ठित राष्ट्रमा पनि यस्को नयाँ मोडल र परिवर्तन सङ्गै देखिने तरङ्गको सप्तरङ्गी रङ्गमा यसैको इन्द्रेणी बिकासक्रमको नयाँ नमुना पनि हो । किनकी दुर्गम देखि सुगमसँग यसैको पौच पुगेको छ । हिमाल, पहाड देखि तराइ सम्म सबै जनसमुदायका हातमा आधुनिक स्मार्ट मोबाइल फोन छन ।

मेरो जिन्दगिको अविस्मरणिय क्षण २०७० साल पौष महिना तिरको हो । म गाउँमै थिए । त्यतिबेला म बुटवल क्याम्पस बि.एड तेर्स्रो वर्षमा अध्ययनरत र जाडो बिदामा पहाड घर गुल्मी गएको थिए । परिक्षाको तयारी गर्नु पर्ने थियो । किनकी पहिलो र द्रोस्रो वर्ष म प्रथम श्रेणीमा उतिर्ण गरिसकेको थिए । त्यसैले म अझ पढाइलाई मजबुत र बलियो गराउदै कडा तयारीमा जुट्दै थिए।

रातको समय खाना खाएर कोठामा मस्त पढ्दै थिए । समय रातको करिव ९:४० बजेको थियो । म दश बजे सुत्ने तर्खरमा थिए र गाउमा बस्ने पन्ध्र दिनसम्म मेरो पढाइको सेड्युल पनि प्रत्येक दिन यसै अनुरुप बेलुकाको सात बजेदेखि रातको दश बजेसम्मको थियो ।

अकस्मात मलाई मेरो अति मिल्ने साथी तथा मेरो मीत ज्यु मोटरसाइकल दुर्घटनामा परी लुम्बिनी अन्चल हस्पिटल बुटवलमा भर्ना गरिएको फोन संगै दुखद खबर आयो । म झस्किए अताललिए गम्भीर पिडामा रोमल्लिए गहिरो पिरमा मलिन अनुहारमा उस्को आफन्त सङ्ग स्वास्थ्य अवस्था बुझ्नको लागि फोन हान्ने कोसिस गर्दै थिए ।

उसको घरको ल्याण्ड लाइन टेलिफोन नम्बर मस्तिष्कमा सुरक्षित थियो । फोन कयौ पटक हाने रिसिभ हुन सकेन किनकी सबै परिवार हस्पिटल जानू भएको रहेछ । साथिको मोबाइलमा कल गरे स्विच अफ रहेछ । म गहिरो पीडा र दु:खदताको सङ्कटमा अल्मलिदै पुन: बुवाको मोबाइल नम्बरमा फोन हान्ने कोसिस गरे सम्पर्क हुन सकेन ।

वुवा पनि फोन घरमै छोडेर हस्पिटल मै हुनुहुदो रहेछ । त्यतिबेला मेरो मोबाइल पानीमा खसेर अन्य सबै साथी भाइका मोबाइल नम्बरहरु फरमेट भएको थियो । केवल मितज्यु घरको लेण्डलाइन टेलीफोन नम्बर र बुवाको मोबाइल नम्बर मस्तिष्कमा सुरक्षित थियो।

मलाइ मीत ज्युको स्वास्थ्य अवस्थाले ज्यादै चिन्तामा डुबायो । छटपटी बनायो आँखाबाट आसुका थोपा पनि मनग्य मात्रमा खस्दै परेली भिज्दै आसुको भेल बगिसकेको थियो । जिन्दगिको गोरेटो र हाम्रो मित्रताको तरेलि अन्तिम अवस्थामा पुग्योकी भनेर मनमा सङ्का र आसङ्का कौतुलताहरु खेल्दै थिए । मुटु भक्कानिरहेको थियो, मस्तिष्क स्थिर अवस्थामा थिएन । घरी-घरी मानसिक सन्तुलन गुमाएको व्यक्ति जस्तो पुनरावृत्ति दिन्थ्यो ।

तैपनी म मनलाइ समाल्दै फोन गर्ने कोसिस गर्दै थिए । किनकी मेरो डायरिमा सुरक्षित गरिएका फोन नम्बर हेर्दै गर्दा मीत ज्युको दिदिको नम्बर सुरक्षित गरेको रहेछु । त्यही नम्बरमा फोन गरेर स्वास्थ्य अवस्था बुझ्नको लागि कोसिस गर्दै थिए । त्यो नम्बर म डायरिमा सुरक्षित गर्ने क्रममा गल्ती नम्बर लेखेको रहेछु ।

बल्ल थाह भयो फोन गरेर नमस्कार दिदी आरामै हुनुहुन्छ भन्दा मीठो स्वरमा नमस्कार आरामै भन्ने आवाज त आयो तर सबैकुरा गर्दै जादा नम्बर गल्ती रहेछ । त्यही पनि लेडिजको आवाज थियो मलिन स्वरमा डन्ट माइण्ड भनी सम्पर्क बिच्छेद गरे ।

घडी हेर्दा करिब करिव रातको १२:३० बजिसकेको रहेछ । त्यो मध्यरातमा म आफ्नो दाजुलाई कल गरि सोध्ने प्रयास गरे मितको बारेमा केही थाहा पाहुनु भएको छ कि नाइ ? भनी सोधे दाजु संयोगवस हस्पिटल जादा भेट्नु भएको रहेछ । दाजुले सबै ठिकै छ म आज अन्य कामले हस्पिटल गएको थिए तर अकस्मात भेट भयो दायाँ हात भाचिएको रहेछ ।

उपचारपछि पर्सि घर रिफर गर्छ रे चिन्ता मान्नु पर्दैन भनेपछी ढुक्कको लामो श्वास फेर्दै आँसु पुछ्दै पीडा भुल्ने कोसिस गर्दै सुत्नको लागि बिस्तरामा पल्टिए जाडो महिना भएकाले केही समयमै निन्द्रामा परेछु । भोलि पल्ट करिब बिहानको ७ बजे मेरो निन्द्रा खुल्यो तत्पश्चात मोबाइल हेर्दै थिए ।

त्यहाँ दश मिस्कल देखे म त्यो कल प्रती त्यति वास्ता गरिन चासोको विषय पनि रहेन । किनकी हिजोको त्यहि गलत नम्बर थियो । त्यही नम्बर मेरो डायरिमा सुरक्षित रहेको रहेछ । तैपनि अन्जान बस दिदिको नाममा यस्मा मेरो कुनै गलत नियत थिएन । थियो त केवल परिवारिक सम्बन्ध संगै रगतको नाता र नजिकको भावना ।

मलाइ करिव दिनको १२ बजे तिर उही नम्बरबाट फेरि फोन आयो म सहजै फोन रिसिभ गरे । केही समय कुरा गरे तत्पश्चात म पहाडको ठाउँ घर, घरमा पानीको धारा नहुने नुहाउनको लागि नजिकैको खोला तर्फ गए । र केही घण्टापछि घर फर्किए, मीत ज्युको सबै अवस्था घरमा सम्पर्क गरी जानकारी लिए सबै ठिकै रहेछ । फोनमा कुराकानी पनि गरियो दुर्घटनाको कारण तिब्र गतिमा बाइक हाक्नु रहेछ ।

म भोलि पल्ट बुटवल फर्किए । बारम्बार मलाई एकोहोरो त्यही नम्बरबाट फोन आउन थाल्यो । केही क्षण त झिजो पनि लाग्ने गर्थ्यो । तर म पनि क्याम्पस पढ्ने १९ वर्षको तन्नेरी ठिटो त्यसै माथी महिलाको फोन म पनि के कम जिस्की जिस्की गफ गर्न थाले । गफ गर्दै जाने क्रममा उहाँको घर कास्की जिल्ला पोखरा बजारको सृजना चोक र नाम परिवर्तन (ललिता) रहेछ ।

सबै विस्तृतमा बुझ्ने प्रयास गरे । फोनमा सम्बन्ध निरन्तर हुँदै सम्बन्ध प्रगाढ हुँदै गयो । लगभग हाम्रो फोन सम्पर्क ६ महिना जति चल्यो । मैले फोन गर्न नपर्ने म बिद्यार्थि पैसा पनि मनग्य मात्रमा नहुने किनकी क्याम्पसको सबै खर्च दाजुले भुक्तानी गरिदिने पाकेट मनि दिएको दुईचार सय रुपियाँले के नै हुन्थ्यो र ?

तर मेरो मोबाइलमा पैसा छैन कसरी गफ गर्ने हो भन्दा ललिताले नै पैसा राखिदिने गर्नु हुन्थ्यो । मैले फोन गर्नै नपर्ने उताबाट निरन्तर आइरहने केवल बोली दिए पुग्ने त्यहि पनि अस्लिल शब्द दिन र रातको समयमा घन्टौं सम्म । यो सबै कथा र परिस्थिति बुझ्दै जादा सन्तुष्टिको अभाव संगै बिवाहित महिलाका श्रीमान प्रदेसिनु र लामो समय ५-७ वर्ष घरमा नआउनु रहेछ ।

यसैको सिकार हुनु भएको ललिताको श्रीमान लण्डन गएको ५ वर्ष भएको रहेछ । उहाँको उमेर लगभग २९ वर्ष र जवानी पोख्ने ठाउँको अभावमा म बारम्बार फोनको सिकार भए । सायद फोनमा हुने प्राय सबै कुराहरु घुमाउरो पारामा भन्नू पर्दा बैँस, उत्तेजना र यौनिक चक्रको चरम अभावमा गुज्रिएको सङ्केत हुन्थ्यो ।

हुन पनि हो प्रकृतिको नियम र चक्र अनुसार सृष्टि थामिएको छ । मानव जिन्दगी तथा अन्य जलिय थलिय सबै प्राणिहरुको सुनौलो आनन्दमय सन्सार नै यौन सन्तुष्टिसँग जोडिनुको साथै खुसी जिन्दगीको एक अंश यसैले निर्धारण गरेको छ ।

बारम्बार निरन्तरको सम्बन्ध र फोन सम्पर्कले सायद जिन्दगिमा हुने सबै प्रकारका अनुभवहरु भैसकेका थिए । त्यही पनि अप्रत्यक्ष रुपमा बोली र फोनको भरमा पटक-पटक मलाइ पोखरा आउनु भेटघाट गरौंला भनी आग्रह गर्न थाल्नु भयो । प्रत्येक आग्रहमा म प्रश्न गर्ने गर्थें ।

किनकी हजुर बिवाहित महिला म अबिवाहित जिन्दगीमा निश्चित गन्तव्य खोज्नको लागि उच्च शिक्षा पढ्दै गरेको विद्यार्थी उमेरको हिसावले बिसौ बसन्त पार गर्दै गरेको केटाकेटी चरित्रको मान्छे, न उमेर मिल्छ, न जवानी, न घरवार । यस्तो सम्बन्धको कुरा नगर्नु भन्दा उहाँ भाव विव्हल हुनु हुन्थ्यो । त्यो म कसरी शब्दमा प्रकट गरौं आफै बुज्ने प्रयास र कोसिस गर्नु होला । उहाँले प्रकट गर्ने शब्द थियो उमेर नमिले पनि जोस, रङ्ग, आनन्द र सन्तुष्टि एकै हो ।

म पोखरा आउदिन म संग पैसा छैन भन्दा कति पैसा चाहियो म पठाइदिन्छु भन्नू हुन्थ्यो । अन्त्यमा पठाएको बीस हजार पैसा आइ.एम.इ बाट झिके र पोखरा नजाने निर्णय गरे तर बारम्बार आउने फोनले हैरान गरायो । कतै मेरो मनमा सङ्काको ब्रज्रपात उत्पन्न हुन थाल्यो ।

म बुटवल नै भेट हुने भनेर आग्रह गरे । मेरो आग्रह स्विकार्दै आउनु भयो । हाम्रो पहिलो भेट बुटवल बसपार्कमा भयो । हुनत यस्तै बहानामा महिलाले पुरुषको सम्पत्ति लुटपाट गरेका उदाहरण पनि धेरै छन । तर यो निस्चलमाया र उमङ्गको अभावमा गुज्रिएको पारदर्शिता थियो ।

बेलुकाको ६ बजेतिर बुटवलमा प्रत्यक्ष भेट उहाँको सुन्दरता र जेरो फिगरको जिउडालले मलाई झस्काउदै तरङ्गित गरायो किनकी फोनमा सुनिने मिठो आवाजको सयौं गुणा उहाको सारिरिक सुन्दरता थियो । केही मिनट बस टर्मिनलमा कुरा गरी नजिकैको गेष्ठ हाउसमा बस्ने निर्णय गर्यौ । गेष्ठ हाउस छिरिसकेपछि गेष्ठ काउन्टरमा ३ दिनलाई कोठा बुकिङ गरी कोठामा प्रवेश गरियो ।

केही घन्टा पछि खाना खायौं । रातको समय कोठामा दुईजना मात्र मलाई कस्तो-कस्तो लागिरहेको थियो । घरमा लामो समयसम्म करेसाबारिमा तरकारी लगाउनको लागि कोदाली खनेको थिए । शरीर थकित थियो । त्यसैले बिस्तारामा पल्टेको केही मिनेटमा निन्द्रामा परे । उहाँ पनि लामो दुरिको सवारि यात्राका कारण म भन्दा केही ढिलो ढोकाको चुक्कुल लगाई निदाउनु भएछ ।

रातको १२ बजे तिर मलाई उहाले उठाउनु भयो । म लगाएकै कपडा संगै सुतेको थिए । तर उहाँ चाहिँ राती अर्धनग्न अवस्थामा हुनुहुन्थ्यो । त्यो अवस्था देखेपछि म पनि युवक त्यसैमाथी तत्काल उत्तेजना आउनु स्वभाविक थियो । तत्पश्चात सारिरिक सम्बन्धका सबै प्रक्रिया सहजताका साथ भए । त्यो उहाँको प्रत्यक्ष चरित्र र व्यवहारको अनुकरण गर्दा सारिरिक सम्बन्ध चाहना र चरम सन्तुष्टीको अभाव देखिन्थ्यो ।

तीनदिन कसरी बिते पत्तै भएन । हाम्रो पहिलो भेट पश्चात् झन सम्बन्ध प्रगाढ बन्दै गयो । सम्पर्क झन तिब्र बन्यो दिनमा सयौं पटक फोनमा वार्तालाप भैरहन्थ्यो । द्रोस्रो पटक आफैं पोखरा गए, घर चार तलाको रहेछ महिनामा लाखौं घर भाडा आउने रहेछ । एक रात बसि म बुटवल फर्किए । हाम्रो सम्बन्ध यसरि नै अगाडि बढिरहेको छ ।

बिवाहित महिलासँग मैले गरेको लसपस गलत वा सहि हो । त्यो न्यायलयलाई अवगत होला । अर्को पक्ष विवाहित महिला एक विद्यार्थिसँग गलत फोन नम्बरको भरमा बराम्बार सम्पर्कमा आउन खोज्नु, सम्बन्ध प्रगाढ बनाउदै लैजानु र सारिरिक सम्बन्ध राख्नु रहस्यको विषय हुन सक्छ ।

यसको वास्तविकता यथार्थमा श्रीमान विदेशिनु लामो समयसम्म घरमा आउन नसक्नु चरम संभोग भोगको अभावमा थिला थिला हुँदै पिडामा अल्झिएको रोदन हो । यो प्राकृतिक चरणसँगै अपरम्पार शृष्टको लिला पनि हो ।

यसरी सम्बन्ध राख्नु सम्पर्कमा नजिकिनु मेरो गल्ती हुन सक्छ । तर उनको समस्या माथी म समाधानको पात्र र विषय पनि हो, किनकि यसैको अभावमा धेरै व्यक्ती मानसिक सन्तुलन गुमाएका उदाहरण पनि हाम्रै समाजमा बिद्यमान छन । विश्व र युरोपको धरातलिय स्वरुपमा शारिरिक सम्बन्ध केही नौलो विषय होइन तर हाम्रो जस्तो रुढिवादी परम्परा भएको देशमा चाहिँ गम्भीर विषय हो ।

त्यसैले युरोपसँग तुलना गर्नु त्यति सान्दर्भिक लाग्दैन तैपनि जानकारी मात्र गराउदा राम्रै हुने ठानेको छु । भनिन्छ जोवानी, उमेर, उत्तेजना किनेर पाइदैन तैपनि समय र परिस्थिति सँगै व्यक्तिमा निर्भर गरेको हुन्छ । मेरो जोस जवानी र रङ्ग सायद पचास वसन्त काटी सकेको उनको श्रीमानबाट मिल्दैनथ्यो होला ।

मिले पनि त्यति चरम खुसी र आनन्द नहुदो हो । त्यसैले बीस वसन्त पार गरेको एक जवानी युवा रोज्नुको मुख्य कारण होला । तर फोनको भरमा त्यो केवल पिडामा अल्झिएको चीत्कार मात्रै हो । तर भाग्यवस ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो ।

मेरो जोवानिको मूल्य गरेको भए लाखौंको हुन्थ्यो होला किनकी आजभोली बजारमा व्यवसायिक पुरुस यौनकर्मिहरु पनि रहेका छन । भन्दैमा हाम्रो छिमेकी राष्ट्र भारतको नयाँ दिल्ली (गान्धी बाबा रोड) जिबि रोडमा जस्तो वैधानिक रुपमा संचालित यौन व्यवसायको बजार देख्दा केही नौलो लाग्दैन ।

किनकी त्यहाँ दिनमा हजारौं लाखौंको व्यवसाय शारिरिक सम्बन्ध सँगै मुल्यमा परिणत भएको हुन्छ । जहाँ यौन चाहना भएका पुरुषहरु रु ३०० को मुल्यमा छानी-छानी नेपाली देखि भारतिय युवतीसँग शारिरिक सम्बन्धमा डुबुल्की मारिरहेका हुन्छन ।

श्रीमान विदेशमा मात्र हुने होइन संगै हुनेहरु पनि चरम संभोग भोगको अभावमा पिल्सिएका छन । भरिपुर्ण सन्तुष्टि अभावसँगै गुज्रिएका पुरुषहरुका श्रीमति पनि बाहिर खोज्दै हिडेका उदाहरण हाम्रै समाजमा बिद्यमान छन । किनकि आजभोली बजारमा उपलब्ध हुने सेक्स टोयको बजार पनि यस्तै रोगका कारण बजारमा पपुलर बनेको हो ।

शारिरिक सम्बन्ध सँगै रातमा श्रीमतिलाई चरम आनन्दको साथमा कोल्टो फर्कन बाध्य गराउनु स्वस्थ स्वास्थ्य सँगै सफल जोडिको उदाहरण हो । त्यसैले गलत फोन डायल गर्दा बसेको मायाको बजारमा मूल्य गर्ने हो भने म सहजै दोषी ठहरिन्छु ।

मेरो दोष र गल्ती पनि होइन आपसी समझदाररीमा गरिएको र जोडिएको एक सम्बन्ध मात्र हो । त्यसैले म आगामी दिनमा सम्बन्ध बिच्छेद गर्दै मेरो नयाँ बाटोमा लाग्ने अठोट सँगै निर्णय गरेको छु ।

मैले मेरो काल्पनिक कथावस्तु प्रेसित गरेको मात्र हो । तर वर्तमान अवस्था र वैदेशिक रोजगारिमा जाने लामो समयसम्म घरमा नआउने प्रदेशीएका श्रीमतिहरुको वास्तविक यथार्थता हो । यो कथावस्तु कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार