कतारमा तमु समाजले ल्होसार पर्व मनाउने
November 6, 2018 मा प्रकाशित

साझा नेटवर्क, कतार ।
तमु समाज कतारले “तमुहरुको एकता आजको आवश्यकता ” भन्ने मुल नाराको साथ २०६० मा स्थापित भएको संस्थाले आफ्नो मौलिक राष्ट्रिय पर्व फो ल्होसार तथा स्योकै कार्यक्रम २०१८ ” मनाउने भएको छ।
तमुहरुको पात्रो अनुसार नयाँ वर्ष पुष १५ लाई मान्ने गरिन्छ । रोजगारीको सिलसिलमा कतारमा रहेका तमुहरुको साझा संस्था तमु समाजले हरेक वर्ष कार्यक्रमको आयोजना गरी तमु समुदायहरुले आपसी सद्धाव र एकताको सन्देश,सहित बडो उल्लास र उमंगका साथ  आफ्नो मौलिक पर्व मनाउदै आइरहेका छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि तमुहरुको धर्म, सस्कार रितिरिवाज, संस्कृतिको जगेर्ना गर्नेे हेतुले आगमी ०४ जनवरी २०१९ का दिन शुक्रवार मनाउन लागिएको बताए । कार्यक्रमको स्थान भने खुलाइएको छैन । पछि जानकारी गराउने बारे संस्थाका प्रचार प्रसार समिति संयोजक खुसीमान गुरुङले सम्वादको क्रममा साझा नेटवर्कलाई  बताएका छन ।

कार्यक्रममा सहभागी हुन । कतारमा स्थापित बैचारिक, साममजिक, जातिय संघ संस्थाका प्रमुखहरु बुद्धिजिवि व्यवसाहिक समाजसेवि पत्रकारहरुमा पत्रचार गरिने संयोग बस पत्र नआएको खण्डमा यसै सुचनालाई आधारमानी यहाँहरुको गरिमामय उपस्थितिको अनुरोध समेत गरका छन । साथै कार्यक्रमको शोभा बढाइ दिनु हुनको लागी यो सुचना प्रकाशित गरिएको जानकारी गराउदैै मौलिक पर्वलाई भव्यताको साथ शु-सम्पन्न गराउन कतारमा रहनुहुने सम्पुर्ण तमु गैर तमु नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितिको लागी संस्थाका अध्यक्ष भाइकाजी गुरुङले अव्हान गरेका छन ।
खि ल्हो वर्ष २०१८ को तमु राजा दिनेश गुरुङ हुनुहुन्थ्यो । पात्रो अनुसार १२ बर्षको एक वर्ग हुन्छ हरेक वर्ष मुसा, गाइ,बाग, विरालो,गरुड,सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर र मृग फेरीन्छन यस पटक कुकुर वर्गलाई बिदाई गरी मृग वर्गलाई आगमन गरीएको अवसरमा फो ल्होसारै आशिमला मनाउन लागिएको हो ।