ऋणको भारी बोकेर आफ्नै लयमा फर्कदै दजाकोट
November 5, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी कार्तिक १४ ।
आगोले ध्वस्त गुल्मी वडागाउँको दजाकोट । १८ वैशाख ०७३ मा जंगलको आगो एक्कासी बस्ती पसेपछि ५७ घर र झण्डै पाँच दर्जन पशु चौपाय खरानी भए । भने १७ घरमा आंशिक क्षति पुग्यो । ज्यान मात्रै बजाएका दजाकोटबासी धेरै समया स्तव्ध थिए । गाउँ नै उराठ गाउँ रह्यो । तर अहिले अवस्था फेरिएको छ । क्रृणको भारी बोकरै भएपनि दजाकोट पुरानै लयमा फर्कदै गएको छ । आगोले काली कुमारी गाहाको ज्यान बाहेक अरु बचेन । सिंङ्गो घर, १५ बाख्रा, एक हल गरु, दुई भैसीसहित सवै सम्पति आँखा अगाडीनै ध्वस्त भए । अहिले पनि उनकोे मनमा त्यो बिक्षिप्त चित्रण नभएको होइन । तर क्रृण धन गरेर परिस्थिति फेरिएको छ । गाहासंग पुन भुकम्प रहित घर, १३ बाख्रा, एक हल गरु र एउटा भैसी छ । ‘घर बनाउँदा सात÷आठ लाख लाग्यो, क्रृणधन गरेर गाई भैसी र अरु सम्पति पनि जोडे,’उनले भनिन,‘छिमेकी हेरेर चित्त बुभ्दै गयो ।’ उनको अब एउटै पिरलो छ, क्रृण कसरी तिर्ने ।

सोहि स्थानका जुक्त बहादुर छन्तेलले पनि अहिले ठुलै खर्च गरेर घर बनाएका छन् । गाई भैसी र सम्पति जोडेका छन् । आगोले उनको पनि ज्यान मात्रै बचेको हो । ‘ठुलो परिवार भएकाले ठुलै घर बनाए, खर्चले केहि थेग्दैन,’ १५÷२० लाख नाग्यो,’छन्तेलले भने,‘चार÷ पाँच लाख बाहेक सवै क्रृण हो ।’ सावित्रा गाहाको पहिले कच्ची घर हो । आगोले सवै सक्यो । सावित्रासंग अहिले एटेज बाथरुम सहितको तीन कोठे भुकम्प रहित पक्की घर छ ।

तीन किमिका घर

गाउँमा पहिले होचा, कच्ची र खरे घर धेरै थिए । त्यस्ता घर धेरै किसिमले असुरक्षित पनि भए । गाउँमा धेरै घर खर र कच्ची भएर पनि आगोले धेरै क्षति ग¥यो । अहिले गाउँमा तीन किसिमका भुकम्प रहित पक्की घर मात्रै छन् । भुकम्प प्रतिरोधी र अग्ला भएकाले भित्र बाहिर गर्दा ठोक्दिैन् ।

लिप्न नपर्ने भएकाले माटो नचाहिने र पारदर्शी हावादर भएकाले सफा रहेको स्थानीय गान बहादुर गाहाले बताए । जिल्ला प्राविधिक कार्यालय गुल्मीले एक तल्ले दुई कोठे, तीन कोठे र चार कोठे घर बनाउन स्विकृती प्रदान गरेको छ ।

अधिकांश घर निर्माण

आगोले ध्वस्त भएको दजाकोट गाउँका अधिकांश घरहरु निर्माण भएका छन् । ५७ पूर्ण र १७ आंशिक मध्ये पूर्ण क्षेति भएका चार वटा घरहरु निर्माणाधिन अवस्था रहेका छन् । वडागाउँ अग्नी पीडित राहत संकलन तथा वितरण समितिले दजाकोटका घरहरुको पुनर्निमाणका लागि ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजन गरेर काम थालेको थियो ।

जसमध्ये अत्यन्तै कमजोर आर्थिक स्थिति भएकालाई ‘क’, मध्येमस्तर भएकालाई ‘ख’ र उच्च आर्थिक स्तर भएकालाई ‘ग’ श्रेणीमा राखेर काम गरिएको स्थानीय तथा मुसिकोट नगरपालिकाको सामाजिक विकास समिति संयोजक हरि छन्तेलले बताए ।

‘क’ श्रेणीमा पर्नेले राहातस्वरुप तीन लाख ३५ हजार, ‘ख’ श्रेणीमा पर्नेले दुई लाख ७० हजार र ‘ग’ श्रेणीमा पर्नेले दुई लाख २० हजार पाएको छन्तेलले बताए ।

तीन किस्तामा रकम वितरण

तत्कालिन जिल्ला प्राविधिक कार्यालयले भुक्तानीको लागि अग्नी पीडितहरुको वर्गिकरण गरेको थियो । पहिलो पटक डिपिसि गरेपछि ४० प्रतिशत, दोस्रो पटक झ्याल, ढोका राखेर आरसिसि गरेपछि ३० प्रतिशत र घर छाएपछि ३० प्रतिशत गरी सबै भुक्तान पाउने बडागाउँ अग्निपिडित राहात संकलन तथा वितरण समितिका संयोजक तथा मुसिकोट नगरपालिका वडा नं ४ का सचिव घनश्याम खनालले बताए ।

नगरपालिकाले पूर्ण क्षति भएका प्रति परिवारलाई दिने एक÷एक लाख रुपैयाँ पनि दशै अगाडीनै वितरण गर्न निकासाको प्रक्रियामा लागिएको खनालले बताए ।

संघसंस्थाबाटै झण्डै दुई करोड संकलन

गुल्मीका बिपत्मा परेको समुदाय र परिवारलाई सहयोग गर्ने असल संस्कार विकास भएको छ । जसका कारण आगोलागीले सिंङ्गो गाउँ ध्वस्त भएपछि स्वदेश तथा विदेशमा बस्ने नेपालीहरु, विभिन्न संघ संस्था, आमा समहूहद्धारा करिव दुई करोड संकलन भएको थियो ।

संकलन गरिएको राहात रकम बडागाउँ अग्निपिडित राहात संकलन तथा वितरण समितिको खातामा राखिएको थियो । आगोलागी भएलगत्तै जिल्ला प्रशासनले पाँच÷पाँच हजार, तत्कालिन जिल्ला विकास समितिले चर्पी निर्माणको लागि पाँच÷पाँच हजार र पशु सेवा कार्यलयले गोठ निर्माणको लागि १०÷१० हजार रुपैँया उपलब्ध गराएको थियो ।

मुसिकोट नगरपालिकाभित्र पर्ने वडा नम्बर ४ बडागाउँको पुननिर्माणका लागि प्रत्येक पीडितले एक÷एक लाखका दरले प्राप्त गर्ने नगरप्रमुख सोमानाथ सापकोटाले बताए ।

गृहमन्त्रीले जन्म थलो फर्केर नहेरेको गुनासो

दजाकोट गृहमन्त्री राम बहादुर थापा जन्मेको गाउँ हो । उनीह जन्मेको घर समेत अझै छ । त्यो गाउँ नै आगोले खरानी बनायो । दजाकोटको खबर राष्ट्रिय समाचार बन्योे । स्वदेश तथा बिदेशबाट सहयोग र सद्भाव दजाकोटमा पुग्यो । तर पटक–पटक मन्त्री भएका थापालाई कुनै पत्तो भएन । एक पटक फोन गरेर समवेदना समेत प्रकट गरेनन् । आगोलागी भएको झण्डै साढे दुई बर्ष भयो ।

५६ बर्षपछि केहि दिन अघि उनी दजाकोट आए । पुरानो घर पुगे, आगोलागीले भग्नावशेष घरहरुको अवलोकन पनि गरे । तर गाउँको विकास र समृद्धिको कुनै कुरा नगरेको स्थानीय गान बहादुर गाहाले गुनासो गरे । अन्त्यममा गाउँलेले नै खानेपानीको योजनाको माग गरे ।

त्यो स्थानमा खानेपानी संकटले गाउँले काकाकुल जस्तै भएका छन् । भग्लाम–दजाकोट लिफ्टििङ्ग खानेपानी योजना निर्माणाधिन अवस्थामा छ । तर रकम अभावमा योजना सम्पन्न हुने छाँटकाट छैन् । त्यो बिषयमा गृहमन्त्रीको ध्यानाकर्षण भएको स्थानीय युवा बिमल छन्तेलले बताए ।