गुल्मीमा अत्याधुनिक पुस्ताकालय भवनका शिलान्यास
November 5, 2018 मा प्रकाशित

अनिल खत्री, गुल्मी कात्तिक १८ ।
गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्ताकालयको अत्याधुनिक भबन निर्माण हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा बन्न लागेको पुस्ताकालय भवनको आइतवार नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले शिलान्यास गरेका छन् । किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा सुबिधा सम्पन्न पुस्ताकालय भवनको शिलान्यास भएकोगरिएको हो । भवनको शिलान्यास गर्दै मनत्री बिष्टले सुखि नेपाली समृद्ध नेपाल बनाउने कल्पना स्वरुप सरकार लागि परेको बताए । उनले धेरै बिकसित देशहरु त्यहि देशका जनताहरुको मेहनतबाट प्रगती भएको बताए । गरिबी, अभाव र बेरोजगारिमा बाची रहेका छौ मन्त्री बिष्टले भने,‘हामीले छोटो अबधीमा हाम्रो देशलाई सुखि जनताको समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ ।

आफुहरु अहिलेसम्म सरकारको जग निर्माणकै प्रक्रियामा रहेकाले बताए । अबको बाँकी काम जनपक्षिय विकास भएको बताए । उनले नयाँ संविधान र संघियताको कार्यान्वयनसंगै तीन तहको निर्वाचन, त्यसको व्यावस्थापन तथा कानुन निर्माण लगायतका काम मार्फत यो समयमा भएकाले अबको निकास समृद्धि र विकास भएको बताए ।

पुस्ताकालय भवन निर्माण कार्य सम्पन्न गर्न झण्डै ४ करोड बढि लागतमा निर्माण गर्ने गरि डिजाइन गरिएको इन्जिनिय अमन मास्केले बताए । उनले भवनलाई अत्याधुनिक बनाउने गरि डिजाइन तयार गरिएको बताए ।

भवन निर्माण सम्पन्न गर्न सम्पूर्ण लागत नेपाल सरकारबाट प्राप्त हुनेछ । मन्त्री बिष्टले भनव निर्माण कार्य सम्पन्न गर्न रकमको कुनै पनि अभाव हुन नदिने गरि निर्माण कार्य द«ुत गतिमा अगाडी बढने बताए ।