जनताको मत दुरुपयोग गर्ने जनप्रतिनिधिलाई ठाडो कारबाही गर्छौ : मन्त्री बिष्ट
November 5, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी कार्तिक १७ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जनताको मतलाई दुरुपयोग गर्ने जनप्रतिनिधिलाई पार्टीले ठाडो कारबाही गर्ने बताए । गुल्मी क्षेत्र न २ का स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई कडा निर्देशन गर्दै उनले कामको सिलसिलामा जनतालाई दुख दिने वा सेवा गर्दा आर्थिक हिनामिना गरेको प्रमाण आउना साथ त्यस्तालाई जनताकोबिचबाट पार्टीले कारबाही गर्ने बताए ।

उनले कहिलेकाही फसिने तथा कहिलेकाहीँ मन पनि लोभिने भएकाले जनताको मत र आशिर्वादलाई शिरमा राखेर काम गर्नुपर्ने बताए । नियमित आफ्नो निर्वाचन क्षेत्र आउने कार्यक्रम अन्तरगत मालिका गाउँपालिकाका मरभुङ सिमलटारी, घमिर,अर्खबाङ र अर्जैमा मन्त्री बिष्टले प्रशिक्षण दिदै जनप्रतिनिधि आफू मैन बनेर जनतालाई उज्यालो दिने काम गर्नुपर्नेमा जोड दिए।

´गाउका सडक खाल्डो पर्दा, एक हप्ता बत्ती नआउदा र जनताले एक गाग्रो पानी नपाउदा जनप्रतिनिधिको मन दुख्नु पर्छ,`बिष्टले भने,´भोट दिने जनताको मन रोए त्यसको मुल्यांकन पाँच बर्ष पछि हुनेछ ।

उनले सेतो कागज जस्तो जिम्मेवारी बोकेका जनप्रतिनिधि कार्यकालपछी पनि सेतो कागजनै बनेर फर्कने गरि काम गर्न आग्रह गरे । `चुनाबका बेला जनताको पुगेर गरेका सानातिना बाचा एकएक पूरा गर्नुस,उनले भने `साथमा प्रदेश र केन्द्रिय सरकार छ ।

गुल्मी क्षेत्र न २ का सासद समेत रहेका बिष्टले अब गाउँका साना गौडा र दुई सय मिटर पाइप माग्न केन्द्र र प्रदेश जानू पर्ने अबस्था नरहेकाले स्थानीय तहले त्यो माग पूरा गर्नुपर्ने बताए ।