गुल्मीको अर्खबाङ्गमा ४६ जनाको आँखाको अप्रेशन, गाउँमै सेवा पाएकोमा नागरिक खुसी
November 1, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी कार्तिक १५ ।
गुल्मीको मालिका गाउँपालिका ४ अर्खबाङ्गमा ४६ जनाले आँखाको अप्रेशन गराएका छन् । मालिका गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र गुल्मीको प्राविधिक सहयोगमा निशुल्क मोतिया बिन्दुको अप्रेशन शिविर संचालन गरिएको थियोे । १३, १४ र १५ कार्तिकसम्म संचालन भएको शिविरमा २२ जना महिला र २४ पुरुषले आँखाको अप्रेशन गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । शिविरको पहिलो दिन आँखाको परिक्षण समेत गरिएको थियो । जसमा गाउँपालिकाका विभिन्न स्थानका दुई सय २५ जनाले आँखाको चेक जाँच गराएर औषधी लगेको संयोजक भुसालले बताए । बुधबार ३२ र बिहिबार १४ जनाको आँखाको अप्रेशन गरिएको थियो । मोतियाबिन्दुको समस्या भएका बिरामीहरुको नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पतालकी डाक्टर अन्जिता हिराचन सहित ११ जनाको टोलीले अप्रेशन गरेको थियो ।

यातयात खर्च समेत गाउँपालिकाकै

धेरैभन्दा धेरै नागरिकलाई शिविरमा ल्याएर आँखा परिक्षण तथा अप्रेशन गराउन मालिका गाउँपालिकाले बिरामीलाई यातयात खर्चको समेत व्यास्था गरेको छ । केहि विपन्न परिवारलाई यातयात खर्चका कारण गाउँपालिकामा समेत आउन मुस्किल पर्ने भएकाले सवै अप्रेशन गर्ने बिरामीलाई यातयात खर्च दिइएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।

गाउँमै निशुल्क र यातयात खर्चको समेत व्यावस्था गरेर आँखाको अप्रेशन गर्न पाएकोमा स्थानीय खुसी भएका छन् । आँखाको अप्रेशन गरेका मालिका गाउँपालिका ४ अर्खबाङ्गका ८२ बर्षिय पदम लाल अर्यालले बुढेशकाल आँखाको ज्योति पाएकोमा हर्ष व्यक्त गरे । आँखा चेक गर्न हजारौ रुपैयाँ खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता टरेको बताए ।

नागरिकको स्वास्थ्य जनजिविकासंग चिन्तित छौ

मालिका गाउँपालिकाका प्रमुख रित बहादुर थापाले आफुहरु नागरिकको स्वास्थ्य अवस्था र जनजिविकासंग अत्यन्तै चिन्तित भएकाले स्वास्थ्य क्षेत्रमा केहि महत्वपूर्ण कामहरु भएको बताए । अहिलेसम्म चार वटा निशुल्क आँखा उपचार शिविर भएका छन् ।

गाउँपालिकाको कार्यालय रहेको वडा नं ४ को अर्खबाङ्गमा दुई पटक र वडा नं २ को दर्लिङ्ग र वडा नं ७ को घमिरमा निशुल्क आँखा उपचार शिविर संचालन गरिएको थापाले जानकारी दिए । वडा नं ४ को अर्खबाङ्गमै महिला रोग सम्बन्धि शिविर, र वडा नं ८ को मरभुङ्ग सिमलटारीमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको समेत गाउँपालिका प्रमुख थापाले बताए ।

गाउँगाउँमा सामुदायिक स्वास्थ्य केन्द्र र बर्थिङ्ग सेन्टर

मालिका गाउँपालिकाका गाउँगाउँमा सामुदायिक स्वास्थ्य केन्द्र र बर्थिङ्ग सेन्टर संचालनमा आएका छन् । गाउँपालिकाले वडा नं २ को दर्लिङ्गको च्यानडाँडा, वडा नं ५ को छापहिलेको छापमा, वडा नं ६ को अर्जे कुमालगाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरि सेवा प्रवाह गरिरहेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

त्यस्तै स्थानीय तहपछि गाउँपालिकाका चार स्थानमा बर्थिङ्ग सेन्टर संचालनमा आएका छन् । मालिका गाउँपालिका वडा नं १ को नेटा, वडा नं २ को दर्लिङ्ग, वडा नं ५ को छापहिले र वडा नं ८ को मरभुङ्गमा बर्थिङ्ग सेन्टर संचालन गरिएको प्रवक्ता गिरीले बताए । अब गाउँपालिकाका सवै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर संचालन भएकाले सुरक्षित प्रसुती सेवामा समस्या नरहेको गिरीले बताए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार