मुलुकमा संघियता खारेज नभए नेपाल रहदैनःराजमो अध्यक्ष के.सी.
October 25, 2018 मा प्रकाशित

गोपाल प्रसाद भट्टराई
अर्घाखाँची,कार्तिक ८ गते।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले मुलुकको संघियता खारेज नभए नेपाल नरहने उद्घोष गर्नुभएको छ ।

कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघियता आएको दाबी गर्दै अध्यक्ष के.सी.ले मुलुकमा संघियता टिके नेपाल रहन नसक्ने जिकिर गर्नुभएको हो ।कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले हिजो अर्घाको रानीगैरामा आयोजना गरेको बिशाल सांस्कृतिक सभालाई सम्बोधन गर्दै उहांले यस्तो जिकिर गर्नुभएको हो ।

कर बृद्धि,महगीं र भ्रष्टचारको बिरोध,गणतन्त्र,राष्ट्रियता,धर्म निरपेक्षताको रक्षा र संघियताको खारेजी भन्ने मुल नाराका साथ ऐतिहांसिक स्थल अर्घाको रानीगैरामा आयोजित बिशाल जनसभालाई उद्घाटन गर्दै अध्यक्ष के.सी.ले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघियताबाटै सम्भव रहेको र यसको ज्वलन्त उदाहरण पाँच नं प्रदेशलाई तराईबाट छुट्टाउने खेल भएको बताउनुभएको छ ।

सम्बोधनको अधिकांश समय संघियता खारेजीको बिषयमै खर्चिनुभएका अध्यक्ष के.सी.ले एउटा सरकार संचालनको निम्ती बिदेशीसंग हार गुहार गर्नुपर्ने देशमा सात आठओटा सरकार संचालन गर्न नेपाली जनताले थेग्न नसक्ने,जनप्रतिनिधि नामका कर्मचारी पाल्न बृद्धि गरिएको कर तिर्न नसक्ने जस्ता उदाहरण दिंदै कुनै पनि पक्षबाट नेपालमा संघियता आवस्यक नभएको र टिक्न पनि नसक्ने बताउनुभएको छ । संघियता खारेज नभए नेपाल सिक्कीम बन्ने चेतावनी दिंदै अध्यक्ष के.सी.ले संघियताको खारेज गरि समृद्ध मुलुक निर्माणको निम्ती सबै जनता एक जुट हुनुपर्नेमा जोड दिनुभएको छ ।अहिलेको सरकार कम्युनिष्टको नभएको दाबी गर्दै उहांले नझुक्किन जनतालाई आग्रह गर्नुभएको छ ।

तत्कालिन एमाले र माओवादी मिलेर बनेको नेकपा नाम मात्रको पार्टी हो,यो कम्युनिष्ट पार्टी होइन”अध्यक्ष के.सी.ले भन्नुभयो,“वर्तमान सरकारको कार्यशैली परिवर्तन नभए देशमा अझै अराजकता बढ्दै जानेछ ।”मुलुकमा समृद्धिको सुरुवात भयो भन्ने सत्ताधारीको भनाई कुरामा मात्रै सिमित भएको भन्दै अध्यक्ष के.सी.ले नेपालको शिक्षा बैज्ञानिक हुन नसकेका कारण र सरकारले योजना बनाउन नसक्दा युवा जती विदेशिन बाध्य भएको बताउनुभएको छ ।“नेपाली शिक्षा ब्यबहारमा आउंदैन,५ कक्षा पास गरेपछि विद्यार्थीले हलो जोत्न छाड्छन्,१० कक्षा पास गरेपछि गाउं छाड्न,१२ पास गरेपछि देशै छाडेर विदेश जान्छन”अध्यक्ष केसी.ले भन्नुभयो,“जसले गर्दा आज गाउंमा रहेका बृद्धाबृदाको बिजोग भएको छ ।

उहांले थप्नुभयो,“समृद्धि त सरकारलाई मात्रै आयो जनतालाई नआउने भयो ।”उहांले सबै खाले गलत कदमलाई निस्तेज पार्ने गरि काम गर्न सरकारलाई सुझाव समेत दिनुभएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.को अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम सुनारको संचालनमा सम्पन्न सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरव राज रेग्मी,राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बिसी, नेता सागर के.सी.,अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कुलराज खनाल,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवर लगायतका बक्ताहरुले सम्बोधन गर्दै नेपाली जनता कसैको दास र गुलामी नभएको भन्दै मुलुकको बाग्डोर समाल्नेहरूले विदेशीको चाकडी गरेकोमा आफूहरु चिन्तित भएको बताउनु भएको छ ।

आर्थिक उन्नतिका पूर्वाधारहरूको विकासमा व्यक्ति र पार्टी गत स्वार्थ भन्दा माथी उठेर काम गर्न सरोकारवालालाई उहांहरुको सुझाव रहेको छ ।अर्घाखाँची सहित छिमेकी जिल्ला प्युठान,गुल्मी,कपिलवस्तु,रुपन्देही,पाल्पा लगायतका स्थानबाट हजारौं दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्ला कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार