प्रदेश सरकार निरन्तर विकासको बाटोमा : मन्त्री बराल
October 16, 2018 मा प्रकाशित

हुमाकान्त पोखरेल, गुल्मी असोज ३० ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिदैँ गरेको विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ५ नम्बर प्रदेशका सामाजिक सुरक्षा मन्त्री सुदर्शन बरालले प्रदेश सरकार निरन्तर विकासको बाटोमा अगाडी बढीरहेको बताए । सोहि क्षेत्रका प्रदेश सासंद रहेका मन्त्री बरालले सबै गुल्मेलीहरुको समस्यामा आफू सधै नजिक रहने समेत प्रतिवद्धता ब्यक्त गरे । ‘जिल्लाका विकास निर्माण, जनताका समस्या तथा जिल्लावासिको कुनै पनि समस्याप्रति म निकै गम्भिर र नजिक छु ।’ उनले भने, ‘अबको पाचँ बर्षमा विकासको मूल फेरिने गरी काम गर्छौ ।

त्यसका साथै मन्त्री बरालले रिडी रुद्रवेणी सडकमा भइरहेको प्रगती जानकारी गराउदैँ मजुवा–शान्तीपुृर मोटरबाटोमा थप बजेट पारिने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै मजुवालाई ब्यापारिक केन्द्रको रुपमा समेत विकास गर्न पहल गर्ने जानकारी दिए । मन्त्री बरालले राष्ट्रिय राजनीतिमा भइरहको गतिविधि, सरकारले गरेका काम तथा नेकपाको आगामी कार्यदिशाको बारेमा पनि प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेकपाका जिल्ला नेता युवराज केसी र महिला नेतृ लिला थापाको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम वडाध्यक्ष नन्दराम अर्यालको अध्यक्षता तथा लक्ष्मण अर्यालको संचालनमा सम्पन्न भएको हो ।

 

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार