लोकदोहोरी प्रतिष्ठान कतारको साँस्कृतिक कार्यक्रम सम्पन्न
October 7, 2018 मा प्रकाशित

अर्जुन पौडेल, दोहा ।
“राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रिय भवन निर्माण सहयोगार्थ” प्रतिष्ठान कतारको आयोजनामा विजया दशमी तथा शुभ-दिपावलीको शुभकामना आदान-प्रदान सहितको विविध साँस्कृति कार्यक्रम सनैया स्थित डल्ला ड्राइभिङ् एकेडेमीको हलमा शुक्रबार सम्पन्न भएको छ ।“हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन “ भन्ने मूल नाराका साथ स्थापित संस्थाले आफ्नै भवन निर्माण गर्ने उदेश्यले आयोजित कार्यक्रम सस्थाका अध्यक्ष कृष्ण बरालको सभापतित्व तथा नेपाल बाट आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनिको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

ब्यानर उद्घाटन दिप प्रज्वनल र राष्ट्रियगित संगै सुरु भएको कार्यक्रममा संयोजक शक्ति क्षेत्रीको स्वागत मन्तब्य, प्रतिष्ठान कतार शाखाका कलाकारहरुको स्वागत गीतबाट उपस्थित सम्पूर्णलाई स्वागत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनीले शाखा कतारले गरेको कार्यप्रति प्रसंसा गर्दै महत्त्वपूर्ण योजनामा आफुहरु लागेको भन्दै सबैलाई सहयोगको लागि आह्वान समेत गरे ।

पङ्गेनीले नबनिर्मित भवनमा नेपालको पुर्ब देखि पश्चिम र हिमाल देखि तराई सम्मका लोक संस्कृतिको संरक्षण हुने बताउदै विभिन्न भुभाग, भाषाभासी र भूगोलमा छरिएर रहेको मैलिक लोक संस्कृतिका बाजा देखि कलाकार सम्मको अभिलेखालय तथा संग्रहालय समेत रहने बताए ।

आफ्नै कार्यकालमा भवन निर्माण गरि सक्ने लक्ष्य रहेको भन्दै अध्यक्ष पङ्गेनीले बिदेशमा रहेका नेपालीले मातृभुमिमा आइपर्ने हरेक दुख सुखमा निरन्तर साथ दिदै आएको बताउदै प्रतिस्ठानको भवन निर्माणमा पनि सहयोग प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा एनआरएनए आइसिसी मध्यपुर्व संयोजक आर के शर्मा, एनआरएनए आइसिसी सदस्य बिमल सुबेदी, प्रवासी नेपाली मन्चका अध्यक्ष चानक पोख्रेल,नेपाली जनसम्पर्क समितीका महामन्त्री मोहमद अजिज अलि, नेपाली जनप्रगतिशील मन्च कतार पाँचौ महाधिवेशन आयोजक समितिका उप-संयोजक राजु डुम्रे,एनआरएनए एनसिसि कतारका महासचिव बुधवल गुरुङ, नेपाल पत्रकार महासङ्घ कतार शाखाका अध्यक्ष करिम बक्स मिया, सम्पुर्ण सामाजिक संघसंस्थाको तर्फबाट पर्वत युवा सेवा समाजका अध्यक्ष चिन्तामणी पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाका प्रमुख सल्लाहकार दुर्गा पङ्गेनी, सल्लाहकार ईश्वर पोख्रेल, अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, लगाएतले शुभकमना मन्तव्य राखेका थिए भने नारायण समाजसेवीले मन्तव्यका साथै आफ्नो कला र्‍याप गित समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख आकर्षण साथै चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनिले “कान्छी ओए कान्छी, रातो पछौरी रातो पछौरी अनि तातो पछौरी मलाई चिसो हावाले हानेको खोई त माया गर्न जानेको ,ससुरालीमा ख्याल ख्यालैमा दिल बस्यो कान्छी सालिमा” जस्ता नयाँ तथा पुराना चर्चित गीत गाउदा प्राय दर्शक हरु स्टेजमा नाचिरहेका देखिन्थे ।

त्यस्तै लोक दोहोरी गायिका तुलसी क्षेत्रीले पोखराको मिनि बस, दाइ दाइ नभन मलाई जस्ता करिव आधा दर्जन लोकप्रिय गीतहरु गाउदा दर्सकहरु स्टेजका साथै हलमा समेत नाचेको देखिथ्यो भने पङ्गेनि र गायिका तुलसी क्षेत्रीको दोहोरी घमसानले झन कार्यक्रममा रौनक बढाएको थियो ।

कार्यक्रममा नेपालबाट आएकी मोड्ल रोजि बस्नेत संगै पुष्पा लिम्बु, सपना थापा, रित कुमार श्रेष्ठ, लेखनाथ रिमाल, दिपेन्द्र सुनार लगाएतका कलाकारको प्रस्तुति रहेको थियो । साथै प्रदेशिएकाहरुको बास्त्विकता बोकेर पछिल्लो समय चर्चित बनेको गित `बोल माया´ मा आधारित गीति नाटकमा स्थानिय कलाकारहरुको प्रस्तुतिले दर्शक दिर्घामा सन्नटा छाएको थियो ।

सभापती कृष्ण बरालले कार्यक्रममा उपस्थिति सम्पुर्णमा र सहयोगमा गर्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सबैको साथ सहयोग लिएर अगाडि बढ्ने बताउदै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रममा कलाकारलाई पारिश्रमिक दिदै खादा र प्रमाणबाट सम्मान गरिएको थियो भने सहयोगी संघ सस्थालाई पनि खादा सहित प्रमाणपत्रबाट सम्मान गरेको थियो । औपचारिक कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कतार शाखा सचीव रित कुमार श्रेष्ठले गरेका थिए ।

सागीतिक कार्यक्रमलाई प्रतिष्ठानका सचिवालय सदस्य तथा कुशल कार्यक्रम संचालक तिलु शर्मा पौडेलले सहजीकरण गरेका थिए ।