गुल्मीमा नेकपा कार्यदलद्वारा संगठन निर्माण अभियान शुरु
October 7, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी असोज २१ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीकोे कार्यदलले जिल्लामा संगठन निर्माणको अभियानको थालनी गरेको छ । ५ नं प्रदेश कमिटीको निर्देशन अनुसार गुल्मीमा पनि चार सदस्यीय कार्यदल गठन भएको छ ।
मधुकृष्ण पन्त, बिर बहादुर कार्की, बालसिंह काउछा र बुद्धि जिसी सहभागी कार्यदलले आइतबार पत्रकार सम्मेलन गरेर अभियान र बैठकका निर्णय सार्वजनिक गरेको छ । कार्यदलका सदस्य मधुकृष्ण पन्तको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटीको निर्देशन अनुसार आगामी २० दिनभित्र जिल्लाका स्थानीय तहहरुमा पार्टी कमिटीहरु टुङ्गाउने, जनवर्गिय सगंठनहरुको कमिटी विस्तार तथा गठन गर्ने र पार्टीका सम्पति स्मारकहरुलाई अभिलेखिकरण गर्ने लगायतका कामको सम्पन्न गर्र्ने कार्यदलका सदस्य बुद्धि जीसीले जानकारी दिए ।

सोहि अनुसार ५ नं प्रदेश कमिटीको निर्देशन कार्यान्वयन गर्न गाउँ, नगर, वडा र टोल सम्मका पार्टी संगठनहरुमा पत्राचार भैसकेको जिसीले बताए । ‘अव नयाँ आशा र उत्साहका साथ काम अगाढी बढ्छ,’उनले भने,‘ केन्द्र, प्रदेश र जिल्लानै चलाएमान बन्नेगरी निर्देशन आएको छ ।’ उनले जिल्ला कमिटीको टुङ्गो लाग्न केही समय लागेपनि स्थानीय तहका कमिटीहरु र जनवर्गिय सगंठनहरुको टुङ्गो छिट्टै लाग्ने बताए। साथै कार्यदलको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै कार्यदलका अर्का सदस्य बालसिंह काउछाले नेकपाको निष्कृयताको कारण पार्टी कार्यकर्तामा आएको निराशा र प्रतिपक्ष आएको इश्र्या अव समाप्त भएको बताए ।

काउछाले अव गाउँगाउँमा संगठन निर्माणसंगै सरकारका सकारात्मक कामको प्रचार जनतामा पु¥याएर नयाँ आशा जगाउनुनै आफुहरु र पार्टीको पहिलो काम भएको बताए । बैठकले आगामी २० दिनभित्र जिल्लाका स्थानीय तहहरुमा पार्टी कमिटीहरु टुङ्गाउने, जनवर्गिय सगंठनहरुको कमिटी विस्तार तथा गठन गर्ने र पार्टीका सम्पती, स्मारकहरुलाई अभिलेखिकरण गर्ने, नेपालीहरुको महानपर्व विजया दशमी, दिपावली र छठ पर्वहरुका सवै कमिटी र संगठनले चियापान कार्यक्रमको आयोजना तथा शुभकामना आदानप्रदान गर्ने र अर्को व्यावस्था नहुने बेलासम्म स्थानीय तह र वडा भेला गरी दुवै पार्टिलाई सहज हुनेगरी दुई जना संयोजक रहेको संयन्त्र गठन गर्ने निर्णय गरेको कार्यदल सदस्य काउछाले बताए ।

पार्टीको बिधान अनुसार जिल्ला कमिटी एक सय ४५, नगर कमिटी ८१, गाउँ कमिटी ७५ र वडा कमिटी २९ सदस्यीय बन्ने नेकपा गुल्मीले जनाएको छ ।


प्रकाशित मिति २१ असोज २०७५ ।