नयाँशक्ति पार्टी नेपाल प्रदेश ५ को प्रशिक्षण गुल्मीबाट सुरु
October 5, 2018 मा प्रकाशित

अनिल खत्री, गुल्मी असोज १९ ।
नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर ५ ले गुल्मीबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा कार्यकर्ता भेला गरि प्र प्रशीक्षण कार्यक्रम सुभारम्भ गरेको हो ।

गुल्मीबाट सुरु गरिएको प्रशिक्षण कार्यक्रम प्रदेश नम्बर ५ का सबै जिल्ला सदरमुकाममा कार्यकर्ता भेला गरि प्रशिक्षण कार्यक्रमहरु गरिने नयाँ शक्ति पार्टी नेपाल पार्टी गुल्मीका जिल्ला इन्चार्ज पंकज राइले बताए ।

प्रर्शिक्षण कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारी सदस्य कमल खानल, छन्द पेमी, मनिकर कार्की, यज्ञ पोखरेल, बोम दर्लामीले जिल्ला भरबाट भेला भएका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यकर्ताहरुलाई दिइएको प्रशिक्षणमा बिचार दर्शन, समसामहिक राजनितिक र संघिएता, समाबेशिता जस्ता बिषयहरुम राखेका थिए ।

कार्यक्रममा नयाँ शक्तिको संगठनिक सिदान्त समृद्धि र सुशानको मार्ग चित्रको बारेमा प्रशिक्षण केन्द्रित भएको नयाँ शक्ति पार्टी नेपाल गुल्मीका सचिवालय संयोज जनक पन्थले बताए ।

नयाँ शक्ति पार्टी नेपाल गुल्मी इन्चिार्ज पंकज राईको अध्यक्षा रहेको कार्यक्रमको सञ्चालन जिल्ला सह संयोज घनश्याम पाण्डेयले गरेका थिए ।