गुल्मीको दर्लिङ र घमिरमा झण्डै ६ सयको निशुल्क आँखा परिक्षण
October 4, 2018 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी असोज १८ ।
मालिका गाउँपालिकाको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा निशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं २ दर्लिङ र वडा नं ७ को घमिरमा शिविर संचालन भएका थिए । बुधबार दर्लिङ स्वास्थ्यचौकीमा भएको शिविरमा दुई सय ३० जनाको आँखा जाँज गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए । जसमा ३९ जनामा मोतियाबिन्दु समस्या देखिएको छ । २५ जना ७० बर्ष माथिका जेष्ठ नागरिकलाई चश्मा वितरण गरिएको थियो । अरु सवैलाई औषधी वितरण गरिएको भुसालले बताए । दर्लिङमा संचालन भएको शिविरको गाउँपालिका अध्यक्ष रित बहादुर थापाले गरेका थिए । कार्यक्रममा वडाध्यक्ष युद्धविर घर्ति, कार्यपालिका तथा वडा सदस्य तथा स्थानीय सरोकारवालाको सहभागीता रहेको थियो । त्यस्तै बिहिबार घमिर स्वास्थ्यचौकीमा शिविर सम्पन्न भएको छ । शिविरको गाउँपालिका उपाध्यक्ष देवा अर्यालले उद्घाटन गरिन् । शिविरमा तीन सय ६६ को आखाँ परिक्षण गरिएको छ । जसमा ५५ जनाको मोतियाबिन्दुको समस्या देखिएको घमिर स्वास्थ्यचौकी इन्चार्ज देवेन्द्र गिरीले बताए । ४० जना जेष्ट नागरिकलाई चश्मा वितरण गरिएको उनले बताए । शिविरको उद्घाटन तथा समापन कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष रित बहादुर थापा, उपाध्यक्ष अर्याल, प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेल, वडाध्यक्ष बेद प्रसाद पन्थी, कार्यपालिका सदस्य शेरकला कार्की र शेर बहादुर नेपाली लगायतले आँखा उपचारको लागि हजारौ रुपैयाँ खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता स्थानीय सरकारले हटाएको बताए ।

उनीहरुले गाउँघरमै निशुल्क आँखा तथा स्वास्थ्य परिक्षण गराउन पाउनुनै गाउँगाउँमा सिंह दरवारको उदाहरण भएको बताएका थिए । गाउँपालिकाले दशै तिहारको बिचमा कार्तिक महिनामै गाउँपालिकाले अहिलेसम्म संचालन गरेका आँखा उपचार शिविर र भर्खरै सम्पन्न शिविरमा भेटिएका मोतियाबिन्दुका समस्या भएका विरामीको अप्रेशन गर्ने जनाएको छ ।

त्यस्ता बिरामीको यातयात खर्च समेत गाउँपालिकाले ब्यहोर्ने गरि निशुल्क मोतियाबिन्दुको अप्रेशन शिविर संचालन गरिने गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । दुई दिनसम्म संचालन भएको शिविरको सहजीकरण गाउँपालिकाको स्वास्थ्य संयोजक बसन्त भुसालले गरेका थिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार