आव २०७४/७५ मा वासको वित्तिय प्रगति ९६ प्रतिशत
August 14, 2018 मा प्रकाशित

हुमाकान्त पोखरेल , गुल्मी साउन २९ ।
पश्चिम नेपाल खानेपानी तथा ग्रामिण सरसफाई परियोजना (वास) दोस्रो चरण गुल्मीले आर्थिक बर्ष २०७४/७५ मा ९६ प्रतिशत वित्तिय प्रगती गरेको छ ।

गत बर्षमा परियोजना जिल्लाका चारवटा स्थानिय तहमा लागु भएको थियो । जिल्लाको मुसिकोट नगरपालिका, धुर्कोट, इश्मा र कालिगण्डगी गाउँपालिकामा परियोजना लागु भएको छ । सम्बन्धित स्थानिय तह, नेपाल सरकार र फिनल्याण्ड सरकारको आर्थिक सहयोगमा परियोजना लागु भएका हुन् । सबै स्थानिय तहका परियोजनाको कुल बजेट चार करोड ८७ लाख ७६ हजार आठ सय ३५ हो ।

जसमध्ये चार करोड ६८ लाख २५ हजार सात सय ६१ रुपैँया ६ पैसा खर्च भएको जिल्ला वास संयोजक विनोद प्रकाश लुवालले जानकारी दिए । चारवटै स्थानिय तहमध्ये सबैभन्दा धेरै धुर्कोट गाउँपालिकामा वित्तिय प्रगति भएको छ । वास धुर्कोट गाउँपालिकाको कुल बजेट एक करोड ९० लाख छ सय ४४ मध्ये शत प्रतिशत नै खर्च गर्न सफल भएको परियोजना संयोजक छविलाल विश्वकर्माले जानकारी दिए । त्यस्तै मुसिकोट नगरपालिकाले ९५ प्रतिशत खर्च गरेको छ ।

नगरपालिकाको कुल बजेट दुई करोड ४५ लाख ४५ हजार सात सय १४ मध्ये ९५ प्रशित खर्च गरेको छ । नगरपालिकाको वास इकाईले कुल बजेटमध्ये दुई करोड ३३ लाख १८ लाख चार सय ३० रुपैँया वित्तिय प्रगति गरेको वास सहजकर्ता राजन घिमिरेले बताए । जिल्लाको इश्मा गाउँपालिका वास इकाईको कुल बजेट ७७ लाख ६४ हजार सात सय ५० मध्ये ९२ प्रतिशत खर्च भएको छ । भने कालिगण्डगी गाउँपालिकाको कुल बजेट ५५ लाख ६५ हजार सात सय २७ मध्ये ९१ प्रतिशत वित्तिय प्रगती भएको वास जिल्ला समितिको तथ्याङ्गमा उल्लेख गरिएको छ ।

पश्चिम नेपाल खानेपानी तथा ग्रामिण सरसफाई परियोजना दोस्रो चरण गुल्मीले खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा आर्थिक बर्ष २०७४/७५ मा सबैभन्दा धेरै धुर्कोट गाउँपालिकाले योगदान गरेको छ । उसले कुल बजेटको २८ प्रतिशत योगदान गरेको गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए ।

त्यस्तै मुसिकोट नगरपालिकाले १२ प्रतिशत, इश्मा गाउँपालिकाले १० प्रतिशत र कालिगण्डगी गाउँपालिकाले १४ प्रतिशत योगदान गरेका छन् ।


प्रकाशित मिति : २९ साउन २०७५ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार