गुल्मी सेवा समाज कतारले सातौं साधारणसभा आयोजना गर्दै
August 4, 2018 मा प्रकाशित

कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सकृय रहेको गुल्मी सेवा समाज कतारले सातौं साधारणसभाको आयोजना गर्ने भएको छ । सस्थाको २४ औ नियमित बैठक सम्पन्न भए लगतै साधारणसभा आयोजना गर्ने भएको हो ।

सस्थाको २४औ नियमित बैठक सम्पन्न भए सँगै छैठौं साधारणसभा भएको २ वर्ष पुरा भएको छ । सोहि अवसरमा सस्थाले आगामी अगष्त २४ तारिकका दिन सातौं साधारणसभा आयोजना गर्ने भएको हो ।

कतारमा रहनु भएका गुल्मेलीहरुले गुल्मी सेवा समाज कतारको साधारणसभा सम्पन्न हुनू पुर्व आफ्ना सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । साथै कुनैपनि समयमा नया सदस्यता लिन एवम पुराना सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गर्न सकिने समेत जानकारी दिइएको छ ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई गुल्मी सेवा समाज कतारसँग आवद्ध भइ सामाजिक कार्यमा सहयोग गर्नुहुन समेत आग्रह गरेको छ ।


थप जानकारीका लागि  यहाँ क्लिक गर्नुहोस ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार