पैसा : आखिर तिमि कस्तो साथी हौ ?
July 31, 2018 मा प्रकाशित

प्रीय, साथी पैसा !

मिठो सम्झना एवं जुनि भरिको अटल माया केबल तिम्रो लागी । तिमि सन्चै छौ होला मपनी यता सन्चै छु । बस तिम्रो याद र सम्झनामा तड्पिरेको छु किनकी माया भन्ने चिजै यस्तै रहेछ। तिमि त कस्तो निष्ठुरी एक पटक पनि सम्झना गरेनौ है ।तिमिले अन्तिम पटक पठाएको पत्र पाय तर तिमी त्यसपछी कता गायब भयो थाहानै छैन जेहोस तिमी जहाँ जस्तो अबस्थामा रहेपनी सुखी अनि खुसी रहनु तिम्रो खुसिको लागि म भगवान सङग प्राथना गर्दछु ।

साथी हुनत यो मानव जातिले सबैले तिमिलाइ धेरैले चाहान्छन होला तेसैले तिमी म लगायत हाम्रो बस्तीलाइनै बिस्तारै भुल्दै छौ । तिमी टाढिएको यतिका बर्ष हुँदा पनि एकपटक पनि सम्झेनौ हैन तिमिलाइ थाहा छ

पोहोर सालको तुसारोमा हाम्रो गाउको खैरे पनि चप्पल लाउन नपायरै मर्यो सोल्टेको परिवार पनि चिसोले बुढाबुढी मरि सके अनि त्यो भरिया कान्छा तिम्रै लागि भारी बोक्दा बोक्दै मरे ।  त्यो माथिल्लो थोकका अन्ना काका पनि बिरामी भएर बितिसके अनि तिम्रो मिल्ने साथी धैरे र तिम्रो प्रेमिका चुन्टी तिमी नआउने खबरले आत्माहत्या गरिसके । जे होस सबैले मर्ने बेला तिमिलाइ धेरै धेरै सम्झेका छन।

साथी तिम्रो बियोगमा धेरैले ज्यान गुमाइ सके सक्छौं भने घर फर्क मर्दा खेरी ती सबैले आफ्ना सन्तानलाई तिम्रो जिम्मा लगायका छन साथी यो जुनिमा जस्तो भयपनी अर्को जुनि तिम्रै हुने सङ्कल्प लियर अन्तिम सास फेरे साथी तिमी कति यो मानव लाई फरक छुट्याउछौ र घमण्ड गर्ने बनाउछौ ।

हरेकलाइ किन समान नजरले हेर्दैनौ सुन्छु आज भोलि त सामन्ती पारा देखाउछौ रे । हुदा हुदा दुखियाहरुलाई लत्यायर मुखियाहरुलाई अंगालेका छौ रे है ठीकै छ ।कुनै दिन सम्झनेछौ आफ्नो पनको महत्व अनि पछुताउनेछौ।

प्रीय मित्र हुनत हाम्रै कमजोरी हो तिमी बस्ने ब्यबस्था मिलाउन सकेनौ तिमी त ठुल्ठुला गगन चुम्बी महलमा बस्ने रहेछौ हाम्रो झुपडीमा कहाँ अटाउन्थ्यो र जेहोस ठीकै छ तिमिलाइ राम्रो होस आजभोली त सरकारले शिक्षा पनि दुई थरिको बनाइ दियो ।

तिम्रो साथ हुनेहरूको लागि र नहुनेहरुको लागि हाम्रो गाउमा त्यहि हुनेहरुको स्कुलमा तिम्रो प्राप्तिमा सहजीकरण हुने आसले आफ्ना लाला-बाला भर्ना गरे तर गिट्ती बग्दा बग्दै मरे कोहि कालापार गयर भने कोहि खाडी तिरबाट बाकस्मा फर्केर आज ति भुराभुरीहरु टुहुरा भए ती हुनेहरुले तिम्रो सहारा नपाउदा लत्यायर स्कुलबाट निकाल्दिए आज उनीहरु सडकमा छन।

मैले तिमिलाइ कति खोजेन तर तिमी कहाँ भेट्न्थ्यो र आखिर धोखेबाज न पर्यो धेरैलाइ सोधे भगवानकोमा पनि गए । तर उनिहरुनै तिम्रो प्रप्तीको लागि ढुङ्गालाई हतियार बनयर कोहि नाङ्गो बसेका छन । कोहि नसालियर जेपनी गर्ने भयर बसेका छन तिमी कति निर्दही रहेछौ भगवानलाई त यस्तो हालत मा पुर्यायो आखिर हामित मानव नै पर्यो तिमिले त कसैलाइ राजा बनयो कसैलाइ रैती धिक्कार छ ।

साथि जे भयपनी तिमी जस्तो भयपनी तिमी बिना अलग भयर पनि बाच्न पनि गाह्रो छ तेसैले म लगायत सम्पुर्ण मित्र हरु तिम्रो प्राप्ती लागि अझै पनो कृयासिल भयको अबगत गराउदै म तिम्रो प्यारको गुनगानको रफतारमा चलेको कलमलाई यहि रोक्ने अनुमती चाहान्छु भन्ने मन त धेरै थियो तर समय अभाबका कारण यो पत्र बट बिदा हुन चाहान्छु हवस्त भेट्मा बिस्तार गरौला ।


उही तिम्रो प्यारो साथी
डि.बि. क्षेत्री
बादल पारीको बस्तीबाट


प्रकाशित मिति : १५ साउन २०७५ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार