नेपाली जनसम्पर्क समिति कतारद्वारा प्रेस विज्ञप्ति जारी
June 28, 2018 मा प्रकाशित

मिति : १४/०३/२०७५


प्रेस विज्ञप्ति


वर्तमान नेपाल सरकारले लोकतान्त्रिक मर्यादा भन्दा बाहिर गएर कानुन लाइ आफु खुसि व्याख्या गर्दै कानुन मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित पार्ने गरि गर्दै आयको काम प्रति नेपालि जनसम्पर्क समिति कतारको गम्भीर ध्यान आक्रिस्ट भएको छ ।

नेपाल सरकारले लोकतान्तिक मूल्य मान्यताको खिल्ली उडाएको मात्र छैन सामान्य प्रशासन मन्त्रीले एन आर एन प्रति गरेको गलत टिप्पणीले सरकारको गैर आवासीय नेपालि प्रतिको दृष्टिकोण के हो प्रश्न चिन्ह खडा गरेको छ ।

नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर नेपाल सरकार संघियतामा अधिकारको विकेन्द्रीकरण गर्न भन्दा नि केन्द्रीकरण गरेर संघिय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाएको मात्र छैन लोकतान्तिक संविधानको मर्म माथि प्रहार गर्दै अधिनायक बाद तर्फ उन्मुख हुदै गएको आभाष सर्वसाधारण लाइ पर्न गएको छ ।

रास्ट्रपतिको सवारी तथा प्रधान मन्त्रीको सवारीमा एयरपोर्ट देखि सडक सम्म सार्वजनिक यातायातका साधनहरु र सर्वसाधारण लाइ दिएको सास्ती देख्दा लाग्दछ वर्तमान सरकारका प्रधानमन्त्री “नया राजाको अवतार “ को रुपमा अगाडी बढेको महसुस नेपालि जनसम्पर्क समितिले गरेको छ ।

हालै भएको एसईईको परीक्षाफल जस्तो संवेदनशील बिषयमा राष्ट्रिय परिक्षा बोर्डमा भएको लापरबाही, महंगी नियन्त्रणमा सरकारले देखाइरहेको उदासिनता, प्रेसमाथिको हस्ताक्षेप, सर्बोच्च अदालतको अपमान जस्ता कार्यहरु वर्तमान सरकारले गरेका कमजोरीहरु हुन् ।

पंचायतको ति कालो दिनलाई बिर्साउने गरेर नेपालि कांग्रेस सुर्खेतको कार्यालयमा प्रहरी प्रशासन पसी नेबिसंघका नेताहरुलाई हातपाई गर्नु हत्या अभियोगमा जेल जिवान बिताई रहेका लाइ आफ्नो पाटीको कार्यकर्ता भएकै आधारमा आममाफी दिनु सरकारको अहमताको प्रतिक हो ।

सरकारको यी र यास्ता कृयाकलापको घोर निन्दा गर्दै वर्तमान सरकारको यिनै रवैया र भ्रष्टचार बिरुद्ध, शैक्षिक अराजकता बिरुद्ध नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले गरेको आन्दोलन प्रति नेपालि जनसम्पर्क समिति कतार एक्यबद्धता गर्दै यी आन्दोलनमा नेपालमा रहेका जनसम्पर्क समितिका साथीहरुलाई भाग लिनको लागि हार्दिक अपिल गर्दछ । जयनेपाल


सहमहामन्त्री
केदार भुसाल
नेपाली जनसम्पर्क समिति, कतार।


प्रकाशित मिति : १४ असार २०७५ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार