कविता : “ओईलिन लागेको फुल”
June 12, 2018 मा प्रकाशित

जब – जब
माओवादी र काङ्ग्रेसको कुरा हुन्छ
तब तब मलाई त्यो गाउँको झल्को आउँछ !
मलाई त यस्तो लाग्छ
सायद नेपाल को अन्त
कुनै पनि ठाउमा कुनै पनि
पाटीहरु छैन जस्तो !
त्यहि गाउँमा मात्र सिर्जे छन”
चरीले पनि त्यहि गाउको बिडम्बना गाउछन !

हाम्रा पुर्खै देखि मिलेर पुजि आएका”
कुल देवता पनि आज
छुट्टियर माओवादी र काङ्ग्रेस भए छन !
हिड्ने बाटो अलग भए छन
खेल्ने पाटो अलग भए छन
पुर्खै देखि सबैले पिउदै आएको
पानीको धारो अलग भए छन
हिजै माओवादीका छोरी काङ्ग्रेसका छोराले
काङ्ग्रेसका छोरी माओवादीका छोराले
बिहे गरेछन र आज त्यो चेलिको
माईत जाने बाटो हराए छन !!
नाता साईनो हराय छन
सबै मिलि शितल खाने
बिसौनी चौतारी हराए छन
अरु त अरु होर कहिले काहीँ बाटोमा
भेट हुदा बोल्ने सन्चो बिसन्चो वचन हराए छन!!

पहिला पहिला जाती छुट्टाए छन
अहिले अहिले पाटी छुट्टाए छन
ऐइचो पैईचोमा चल्ने छिमेकिको पाथी छुट्याय छन
पाटी अलग भयो भन्दै
छोरा छोरीको मिल्ने साथी छुट्याय छन ”
ठाउँ ठाउमा पानीको धारा भयो
गाउ गाउँमा बिजुली बत्ती गयो
अरुका गाउँ राती झलमला देखियो
तर त्यो गाउँ आज पनि अल्ल- मल्ल भेटियो !

दश पुष्टा देखीको रिस आज निकाल्छन
साना मान्छे बोल्नै दिन्नन खुर्लुक निगल्छन
ठुला मान्छे पनि गाउँमा मात्र भुक्छन
अल्लि माथी पुगेपछि सार्लाक सुर्लुक पिगल्छन
त्यही पनि छेउ हानेर माझ थर्काउने हामी भन्दै
भुईमा हात हानेर गाउलेमै कुर्लिन्छन !!
हिजो अस्ति सुनेको
स्कुल पनि ढल्न लाग्यो रे
शिक्षेकहरुको मन पनि गल्न थाल्यो रे
त्यहि पनि सानो बैठक राखे छन
कुरो गर्नु कुरैको दुख हजुर
बैठकमै आगो बोल्न थाल्यो रे
आगो सल्कियो गाउमा
जनताको मन पोल्न थाल्यो रे….!!

सानो तिनो काम त चलेकै होला
सिरक कसैले ओढे पनि खोल अरुले बोकेकै होला
माओवादीले थोरै काम हात पार्यो रे
बाह्र हातको नाक तानेर सेखी फार्यो रे
गरीबका छोरा छोरी काम माग्न जादा
त काङ्ग्रेसको मान्छे भन्दै झ्याक्कु झार्यो रे !
बाउको रिस छोरामा पोख्ने
आमाको रिस छोरीमा पोख्ने
अरु ले हेर्दा हेर्दै हातको फल चरप्प टोक्ने
उस्कै बाउको सम्पती खर्च गर्या झै
ठुला ठुला वाद मार्यो रे …..!!

माछो भन्दा भित्र हात
सर्प भन्दा बाहिर हात
न त माछो न त सर्प भ्यागुताको सङगत ”
जित्नेले जित्यो भोट
उस्कै थियो ठूलो ओठ
टाउका खर बसेको सहदैन
जिम्मेवारी कसरी थाम्ने
तर पनि ढाका टोपी र जिउमा सुहाएकै छ कोट !!

बुढा देखि बालक सम्म
काङ्ग्रेसका बाजे नाति”
हजुर आमा देखि नातिनी सम्म
माओवादी हान्ने ढुङगा बोक्छन गोजि माथी !!
माओवादी पनि के कम
पट्कायर बानी परेका ग्रीनेट र बम
ढिकमा मिटिङग हुन्छ बिहान देखि साझ सम्म
कुरोको केही टुङगो लाग्ने होइन हुने मात्र हो जम्मा

गाउँको पुलिस चौकी हैरान भयो रे
आजकाल त निबेदन पनि हेर्दैन रे
एक दिनको लडाई भए पो हुन्छ
जिब्रोले स्वाद कहिले फेर्दैन रे
गाउँ देखि जिल्ला सम्मको लक्सर
कुरो के भनी बुझ्दा
माओबादी काङ्ग्रेसको कुस्ती बक्सर ..!

जुन पाटिको नेता भए पनि
आज सबै नेपालीको नेता हो
बुढा पाकाले युवालाई राम्रो सल्हा देउ
नभन्नु छिमेकी सङग लड्न हिड केटा हो!
हामिले मान्छे हेर्ने होइन
हामिले पाटी सङग मत्लब राख्ने होइन
तिमी हामिलाई बिकास भए भएन ?
जिम्मेवारी लिएर गाउँ बनाउदैन
समाज मिलाउदैन
गाउको लागि अगाडि सर्दैन भने
ईजेत उस्कै जान्छ
फुटेको घैटो जस्तो उहीँ हुन्छ
अरु किन मात्तिने ?

काम गर्नेलाइ काम देउ
अगाडि बढ्नेलाई अगाडि जान देउ
तिमी आपसमा लड्छौ र फाइदा अरुले लुट्छ
सबै पुजारी बने पछि सामाग्री कसरी जुट्छ ?
पाटिका कुरा लिएर
पुर्खेयौली रिस झिकेर
एउटाको खुट्टो अर्काले खिचेर
ढलेको स्कुल कसरी उठ्छ ?
रातो पहोर कसरी फुट्छ ?


हिरा बहादुर रोका
फेसबूक : अनमोल आर.सि (आँशु)
रोल्पा
हाल : दाङ


प्रकाशित मिति : २९ जेठ २०७५ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार