स्याङ्जा सहयाेग समाज कतारले मैत्रीपुर्ण भलिबल खेल आयोजना गर्दै
June 6, 2018 मा प्रकाशित

कुमार अविरल पन्थी, कतार जेठ २३ ।
स्याङ्जा सहयाेग समाज कतारद्वारा ईस्लाम धर्मवलम्बिहरुकाे पबित्र पर्व ईद उलफित्रकाे अवसरमा भलिबल खेलको आयोजना गर्ने भएको छ । समाजले शुभकामना आदानप्रदान सहित “स्वास्थ्य सहकार्य र मितव्ययिताका लागि खेलकुद” भन्ने मुल नाराका साथ मैत्रीपुर्ण भलिबल खेल प्रतियाेगिता आयाेजना गरेकाे हो ।

आगामी १५ जुन २०१८का दिन आयोजना गरेको उक्त खेलका लागि कतार स्थित सम्पुर्ण सँघ-सँस्था, खेलाडि लगायत खेलप्रेमि दर्शक महानुभावहरुमा आ-आफ्नाे टिमलाई जुन १४ तारिख सम्म दर्ता गराउन समाजले अनुरोध गरेको छ ।

टिम दर्ता शुल्क कतारी रियाल ४५१ रहेको र फोन मार्फत पनि टिम दर्ता गर्न सकिने आयोजकले साझा नेटवर्कलाई जानकारी दिएका छन।

समाजले खेलमा विजय हुने टिमलाई उचित पुरस्कारको व्यवस्था गरेको छ । खेलमा प्रथम हुने टिमलाई नेरु १,११,१११ (एक लाख एघारहजार एकसय एघार) द्वितीय हुने टिमलाई नेरु ७१,१११(एकहत्तर हजार एकसय एघार) तृतीय हुने टिमलाई नेरु ४१,१११ (एकचालीस हजार एकसय एघार) सिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

उक्त भलिबल खेल कतारको सनैया स्थित स्ट्रिट नम्बर ५२ को बाया साइडमा रहेको भलिबल मैदानमा स्थानीय समय अनुसार दिनको ४ बजेबाट सुरु हुनेछ ।

थप जानकारीका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने भएको छ ।

धनञ्जय लम्साल-३३७१७२१४, घनश्याम जैसि-३०३९७६२१, हुत बहादुर क्षेत्रि-३३१९४४८८, कमल-३३४९०१०१, समीर गुरुङ-३३०८१०२७, बिमल केसि-३३९३३९०४, कल्याण पाैडेल- ६६८२०६९१, सचिन-३०९६१२४३, कुमार गुरुङ-३३८१९२१३, साेम श्रेष्ठ-६६२०९१६३, धिरज शाहि-३३६३८१६८, मिलन-६६१६७६३८, माेहन सुवेदी-३०९३७५४६।


प्रकाशित मिति : २३ जेठ २०७५ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार