सकियो धुर्कोट धार्मिक महोत्सव १ करोड वढी आर्थिक संकलन
March 24, 2018 मा प्रकाशित

अनिल खत्री , गुल्मी चैत १० ।
गुल्मीको धुर्कोटमा चलेको धार्मिक महोत्सव सम्पन्न भएको छ । ‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ चैत ४ गतेबाट धार्मिक महोत्वस संचालन गरिएको थियो ।
धुर्कोट गाउँपालिका वार्ड नम्बर ६ धुर्कोट रजस्थलमा रहेको खड्गछत्र मन्दिरमा मन्दिर ब्यवस्थापन समिति र धुर्कोट गाउँपालिकाको प्रवर्धनमा धार्मिक महोत्वस सुरु भएको हो । धार्मिक महोत्सवमा शनिवार अन्तिम दिन सम्म करिब १ करोड १५ लाख आर्थिक संकलन भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
धार्मिक महोत्वसमा युवा तथा बाचन सम्राट पण्डित भिमकान्त पन्थीको मुखारबिन्दबाट प्रवचन भइरहेको थियो । ऐतिहासिक धुर्कोट कोटको संरक्षण तथा मन्दिर निर्माण सहयोगार्थ श्रीमत भागवत् सप्ताह धुर्कोट धार्मिक महोत्वस २०७४ संचालन गरिएको गाउँपालिकाका उपप्रमुख शिबबहादुर खत्रीले बताए । धार्मिक महोत्सवमा धुर्कोट पुग्ने स्थानिय तथा छिमेकी बिभिन्न स्थानबाट पुग्ने श्रद्धालु भत्तजनाले दान गरेका थिए । धार्मिक महोत्सवबाट उठेको रकमबाट धुर्कोट स्थित रहेको कोटको ऐतिहासिक महत्वलाई थप प्रचार प्रसार गर्नुका साथै नयाँ मन्दिर निर्माण गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा धुर्कोट गाउँकार्यपालिका र स्थानिय बिच भएको निर्णयअनुसार प्रत्येक घरधुरीबाट न्यूनतम दुई सय उठाउने सहमति गरेका थिए । जसअनुसार सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको थियो । गाउँपालिकामा भएका पाचँ हजार दुई सय घरधुरीमध्ये अधिकाशंले न्यूनतम शुल्क पनि दिएको आर्थिक समितिले जनाएको छ ।

स्थानियले तोकेभन्दा बढी पनि धार्मिक मेलालाई आर्थिक सहयोग गरेको धार्मिक मेला आर्थिक समिति संयोजक दिपक भण्डारीले जानकारी दिए ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार