शाइन रेसुङ्गाको ३३ औं शाखा चन्द्रौटामा
March 24, 2018 मा प्रकाशित

अनिल खत्री ,  गुल्मी चैत १० ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडको ३३ औं शाखा कार्यालय कपिलबस्तु जिल्लाको चन्द्रौटामा बिस्तार गरेको छ । शाखाको एक कार्यक्रमका बिच शिवराज नगरपालिकाको उपमेयर श्री शिव कुमारी थारुले उद्घाटन गरेको हुन् ।
प्रदेश नंं. ५ का प्रत्येक जनताको घरमा सहज, विश्वसनीय र गुणस्तरिय बैकिंङ्ग सेवा पुर्याउने उदेश्यले शाखा बिस्तार गरिएको बैकका कार्यकारी प्रकाश पौडेलले जानकारी दिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समुद्घाटन कार्यक्रममा ५ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो ।

राष्ट्रिय माध्यमिक बिद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी ५ जना विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको साइन रेसुङ्गा बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए । चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको यस बैंकले १२ अर्व ५२ करोड निक्षेप परिचालन गरि ११ अर्व २२ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ३३ र २ वटा एक्सटेन्सन कार्यालय रहेको यस बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दे जाने प्र्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बैंकले हाल रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तुको चन्दौटा मा रहेका शाखा कार्यालयहरु मार्फत ३६५ दिन नै बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ भने भबिष्यमा अन्य शाखा कार्यालयहरुवाट समेत उक्त सेवा आवश्यकताका आधारमा उपलब्ध गराउने जनाएको छ ।

शाखा बिस्तार कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ,बैकका प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेल, यशोधन पाण्डे लगायत बैकका बिभिन्न व्यक्ति तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार