रुरु संस्कृत तथा साघारण माबिको सतवार्षिकी कार्यक्रम सुरु
February 13, 2018 मा प्रकाशित

अनिल खत्री, गुल्मी फागुन १ ।
गुल्मीको रिडी स्थित रुरु संस्कृत तथा साधारण माबिको सतवार्षिकी अबसरमा आयोजित कार्यक्रम सुरु भएका छन् । रुरु गाउँपालिकाको वडा नम्बर १ मा अबस्थित रिडी स्थित रुरु संस्कृत तथा साधारण माबिले १ सय वर्ष पुरा गरेको अबसरमा सतवार्षिकी कार्यक्रम मंगलवार देखि फागुन ५ गते सम्म बबिधि कार्यक्रमहरु गरेर मनाउन लागेको छ ।
सतवार्षिकी अबसरमा आयोजित मंगलवार भएको सुभारम्ब कार्यक्रमको गुल्मी क्षेत्र नं. १ प्रदेश सभा क्षेत्र नं. २ का संसद कमलराज श्रेष्ठले गरेका छन् । सतवार्षिकी कार्यक्रमको सुभाम्व गर्दै संसद श्रेष्ठले शिक्षाले मुलमा ठुलो परिर्वतन ल्याउन भुमिका रहेको बताए । शिक्षाले समाजमा चेतना जगाउँदै ठुलो भुमिका खेलेको छ श्रेष्ठले भने ‘समाज परिर्वतनसँगै देस परिर्वतन देसको बिकासमा यसको महत्वपूर्ण भूमिका छ ।’ यस क्षेत्रकै पुरानो माबि रुरु संस्कृत तथा साधारण माबिले धेरै मानिसलाई शिक्षित बनाएर महत्वपूर्ण भुमिका खेलेको बताए । उनले यस बिद्यालयले १ वर्ष पुरा गरेको अबसरमा शुभकामना दिँदै आगामी दिनहरुमा पनि शैक्षिक क्षेत्रमा महत्वपूर्ण खेल्नेछ भन्दै शुभकामना दिएका थिए । उनले यो बिद्यालय धेरै पुरानो र धेरै इतिहास बोकेको बिद्यालय रहेकाले सतवार्षिकी मनाउने अबसरमा पाएको निकै खुसि ब्यक्त गरे । श्रेष्ठ आफु पनि यसै बिद्यालयको बिद्यार्थी भएकाले बिद्यालयको शैक्षिक बृद्धि बिकासमा आगामी दिनहरुमा सहयोग गर्ने समेत बताए । सतवार्षिकीे सुभाम्व कार्यक्रममा जिल्ला समन्यव समिति गुल्मीका उपप्रमुख तुलसा श्रेष्ठ,रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम,वडा अध्यक्ष रामलाल बिश्वकर्मा, रुरु फे्रण्ड क्लवका पूर्व अध्यक्ष हिमाल श्रेष्ठ, बिद्यालया व्यावस्थापन समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवाली लगायतले यस क्षेत्रकै पुरानो बिद्यालयले निकै प्रशंसनिय भुमिका खेलेको बताएका थिए ।

कार्यक्रमको अबसरमा बिबिध साँस्कृति कार्यक्रमहरु, अन्तरमाबि स्तररिय बकृत्वकला,चन्दा दाता सम्मान गरिएको थियो । सतवार्षिकीे अन्र्तगत दोस्रो दिन अर्थात बुधवार माबि स्तरीय भलिवल प्रतियोगित हुँदै छ । बिद्यालयको फागुन ४ गते सतवार्षिकी कार्यक्रमको उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । बिद्यालयमा संस्कृत विषयसँगै अन्य विषय पढाई हुँदै आएको छ । सोहि दिन राष्ट्रपति भण्डारी बिद्यालयको कार्यक्रम बाहेक रुरु स्थित कालिगण्डकी नदि र रिषीकेश मन्दीर दर्शन गर्ने कार्यक्रम रहेको रुरु फ्रेण्ड क्लवका पूर्व अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए ।

त्यस्तै फागुन ४ गते नै राष्ट्रपति बिद्यादेवी भण्डारीले मुसिकोट नगपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदी स्थित श्री त्रिभुवन माबिको स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार