महेन्द्र आदर्श उमाविमा सिसि क्यामेरा जडान
March 10, 2017 मा प्रकाशित

अनिश शर्मा गैरे, गुल्मी फाल्गुण २६।
महेन्द्र आदर्श उमाबि वामीटक्सार गुल्मीमा सिसि क्यामेरा जडान गरिएको छ । बिद्यालयका प्राचार्य भिमलाल सापकोटाको केही महिना अघि भएको अष्ट्रेलिया भ्रमणका क्रममा वामी ५ अर्छुङ्ग निवासी एक ब्यक्तित्वले सिसि क्यामरा जडान गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

वामी ५ अर्छुङ्ग निवासी स्व. झोजन सिँह खत्रीका छोरा लालसिँह खत्रीले सिसि क्यामरा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएअनुसार जडान कार्यक्रम बुधबारबाट शुरु भएको बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले जानकारी दिनुभयो । उहाँले आफ्नो स्वर्गीय वुवाको स्मृतिमा सिसी क्यामराको लागि २ लाख ५० हजार रुपैया दिने बताउनुभएको र सोही अनुसार रकम आइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

सोही अनुरुप बिद्यालयमा ३ वटा आउटडोर र १७ ओटा इन्डोर क्यामराहरु जडान गरिएको छ । बिद्यालयको अफिस कक्षा कोठामा सो क्यामराहरु जोडिएको हो । बिद्यालयमा सञ्चालीत अँग्रजी माध्यममा १ इन्डोर र ८ आउटडोर क्यामरा जोडिएको छ भने अन्य बाँकी सबै बिद्यालयको नेपाली माध्यम तर्फको भवनमा जोडिएको बिद्यालयका अँग्रेजी माध्यम प्रमुख रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ ।

२० ओटा क्यामराको सम्पुर्ण मुल्य २ लाख ६५ हजार भएको समेत उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयको लागि सिसी क्यामरा खरीद गर्दा बुटवल सुख्खानगरमा रहेको लक्ष्मी इलेक्ट्रोनिक्सले एक थान क्यामरा निशुल्क रुपमा सहयोग गरेको छ । बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गराउनको लागि एक आबश्यकता महसुस गर्दे सोही अनुसार क्यामरा जडान गरिएको बिद्यालयका निमित्त प्राचार्य बुद्धि प्रसाद शर्माले बताउनुभयो ।

बिद्यालयमा रहेको सम्पुर्ण सामग्रीहरुको सुरक्षाको लागि पनि सो कार्य महत्वपुर्ण हुने भएको हुँदा आफ्नो भ्रमणमा यस्तो पहल गरेको प्राचार्य सापकोटाको भनाइ रहेको छ ।अफिसबाट कक्षा कोठामा के कस्ता गतिबिधिहरु भइरहेका छन भनी जानकारी लिन र समग्र शैक्षिक बस्तुस्थितीको रेकर्डको लागि पनि यो कार्य महत्वपुर्ण हुने प्राचार्य सापकोटाको बिश्वास रहेको छ ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार