केपी ओलीको राष्ट्रवादका कारण एमालेमा आए
February 22, 2017 मा प्रकाशित

टोपलाल अर्याल, गुल्मी फागुन १०।
‘म एमालेमा प्रवेश गरेको केपी ओलीको राष्ट्रवादका कारण हो, उपल्लो तम्घासमा राजेश बरालले भने, चुनौति कै बिच आएँ । निधारमा रातो टिका लगाएका उनले एमाले पार्टी कार्यालयको फोरममा निकै उत्साहित भाषण ठोके । आफु रहेको पार्टीको संकिर्ण बिचार धाराको कारण एमालेको राष्ट्रवादी झण्डा भित्र गोलबद्ध हुने उत्साह जागेकाले प्रवेश गरेको बताए ।
सरकारले स्थानीय तहको चुनाव घोषणा गरेकै भोली पल्ट एमालेले एउटा सफता हात पारेको छ । गोल्डेन स्टार युवा क्लवका अध्यक्ष राजेश वराल, उपाध्यक्ष ज्ञानेन्द्र वराल, सचिव विशाल वराल सहित ६० जना युवाहरु एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीले बताए । बर्षौदेखि नेपाली कांग्रेसको वलियो गण मानिने रेसुङ्गा नगरपालिका युवाहरुको एउटा जमातनै एमालेमा प्रवेश गरेको छ ।
उनी मात्र होइन अर्खलेका अगुवा कृष्ण प्रयासी सहितका व्यक्तिहरु पनि पुन एमालेमा प्रवेश गरे । अगुवा तथा युवाहरुलाई नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्टले एमालेमा प्रवेश गराए । त्यस्तै कांग्रेस निकट बिद्यार्थी संगठन नेविसंघमा आवद्ध सुस्मिता पन्थी पनि अनेरास्वावियुमा प्रवेश गरिन । एमालेका जिल्ला सचिवालय सदस्य गणेश श्रीपालीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्वर १० उपल्लो तम्घासबाट प्राय सवै घरधुरी एमालेमा प्रवेश गरेका छन् । साथै केहि तयारीमा रहेको पनि उनले बताए ।

त्यस्तै रेसुङ्गा नगरपालिका अन्तरगत अर्खलेको भुवनपानीबाट नेकपा माओवादीका गाउँ नेता कृष्ण प्रयासीले पार्टी भित्रको केहि असहज परिस्थतीले एमालेसंग रोकिएको निकता पुन सुचारु भएको बताए । स्ववियु चुनावले माहोल तातिरहेको र देशमा चुनावको घोषणा भैसकेको अवस्थामा यसले उनीहरु रहेको पार्टीमा धक्का लाग्ने छ । साथै यो पार्टी प्रवेश एमालेका लागी स्वागतयोग्य भएपनि चुनौतिको बिषय पनि भएको कतिपय बताउँछन् ।

प्रवेश गर्नेहरुलाई स्वागत तथा नगर कमिटीको भेलालाई संबोधन गर्दै नेता बिष्टले चुनौतिको सामना गर्ने सवैलाई पार्टीको तर्फबाट धन्यबाद दिए । देश पहिले कि सरकार भन्ने बेला आउँदा एमाले जहिले पनि देश पहिले भन्ने पक्षमा रहनुको परिणाम राजेश सहितको युवाहरुको पार्टी प्रवेशको लहरबाट प्रष्ट हुने बताए ।

देश रोएको बेला वा समस्यामा परेका बेला एमाले र एमालेमा आस्था राख्ने देशप्रेमी युवाहरुको साथ र सहयोग चाहिने भएकाले एमालेले उनीहरुको संरक्षण गरिरहने बताए । कार्यक्रममा एमाले नेता कमल श्रेष्ट, मधुकृष्ण पन्त, सोमनाथ सापकोटा, पार्टी एवं जनबर्गिय संगठनका जिल्ला स्तरिय नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार