यस्तो छ विश्व बजारमा साढे दुइ करोड पर्ने नङपालिस
July 18, 2016 मा प्रकाशित

nel polis सुन्दा पनि अचम्म लाग्न सक्छ तर यो सत्यता हो । संसारमा नङको सुन्दरताका लागि महिलाहरुले लगाउने नङपालिस साढे दुइ करोड भन्दा बढि मूल्य पर्ने बनेका छन । दुनियाको सबैभन्दा महंगो नङपालिसको मूल्य साढे दुइ लाख डलर पर्छ ।

एजेचर ब्राण्डको यो नङपालिसको मूल्य यति बढि हुनुको कारण यसमा २६७ कालो हिराका पत्थर रहेका छन । फेसनका शौखिन महिलाहरुलेे हरेक दिन पहिरनसँग मिल्दो नङपालिस लगाउँने हुँदा नङपालिसका लागि पैसा खर्च गर्नु सामान्य हो ।

सायद मनपर्ने नङपालिसका लागि जतिपनि मूल्य चुकाउन पछि नपर्ने धनाढ्य महिलाहरु यो दुनियामा भएकै कारण यसको मुल्य यती धेरै भएको हो । यो नङपालिसका अहिलेसम्म २५ जनामात्र ग्राहक फेला परेका र अन्य ५७६ जना व्यक्तिले यो नङपालिस किन्नका लागि आफ्नो नाम दर्ता गराएका जनाइएको छ ।