मञ्जु र सन्तुको “मोहनी हाँसोमा” तिजगित गुल्मीमा छायाँङकन
June 24, 2016 मा प्रकाशित

अनिल खत्री, गुल्मी आषाढ १० ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व आउँन केहि महिना बाँकी रहदा कलाकारहरुलाई भने तिज पर्वले लागेको छ । सबैजसो कलाकारहरु यतिबेला तिजका गितहरु रेकर्ड तथा म्युजिक भिडियो निर्माणमा व्यस्त बनेका छन् । कलाकाहरुले तिज गित रेकर्ड तथा म्युजिक भिडियो निर्माण छायाँङकनमा व्यस्त रहदा उनिहरुलाई तिज पर्वले छोएको हो ।
tij4
कलाकारहरुले म्युजिक भिडियो निर्माण छायाँङकन स्थलमा तिज पर्वमा जस्तै महिला दिदि वहिनीहरु रातो साडीमा सजिए तिजका भाकामा नाचेको देख्दा छायाँङकन स्थल वरिपरिको वातारण नै तिज मय बन्ने गरेका छन् । तिज पर्वलाई मध्य नजर राख्दै गुल्मीमा पनि केहि वर्ष यता तिजका गितहरु छायाँकन हुन थालेका छन् । गत वर्षको तिजमा पनि जिल्लाको सदरमुकाममा केहि तिजका गितहरु छायाँङकन भएका थिए भने यस वर्षको तिज पर्वको लागी पनि गुल्मीमा तिज गितका म्युजिक भिडियोहरुको छायाँङकन शुरु भएका छन् ।
tij3
जिल्लाको सदरमुकामका बिभिन्न मन्दीरहरु तथा पार्कहरुमा तिजका गितहरु छायाँङकन हुने गरेका छन् । शुक्रवार पनि गुल्मीमा लोकप्रिय गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको २०७३ सालको नयाँ तिज गित “मोहनी हासोमा” छायाँङकन भएको छ । जिल्लाको सदरमुकाम तम्घासको मनमोहक दृश्य सगै तिज गितको छायाँङकन गरिएको छ । गायिका मञ्जु पौडेल र गायक सन्तु थापाको सुमधुर स्वरले सजिएको उक्त गितमा गितकार शिब हमालको शब्द र खेम सेन्चुरीको लय रहेको छ । बि.एम. एस म्युजिक प्रालिले बजारमा ल्याउने उक्त गितको म्युजिक भिडियोको निर्देशन लोकप्रिय निर्देशक,मोडल शंकर बिसीले गर्नुभएको छ ।
tij1
गितमा गुल्मेली महिला दिदि बहिनी संगै मोडलहरु शंकर बिसी, बिजय थापा र मोडल रस्मी तामाङ्गलाई देख्न सकिन्छ । गितको म्युजिक भिडियोको छायाँङकन राजेश घिमिरेले गर्नुभएको छ । तिज पर्वलाई झल्काउँदै मायाँ प्रेममा आधारितमा रहि तयार गरिएको उक्त गितका गायिका मञ्जु पौडेलले बताउनु भयो । तिज पर्वमा महिला दिदि बहिनीहरु मिली एक आपसमा सुख दुख साट्दै गाउँने प्रचलनलाई निरन्तरता दिन यो गितले पनि थप झजल्काउँले गायिका पौडेलले बताउनु भयो ।


वर्ष र दिनको तिज आयो संसारै रगियो ।
यो रातो साडी फरर पारी आउ नाचम संगी हो ।
ज्यान पर्यो पासोमा, मोहनी हाँसोमा ।।


गत वर्ष पनि गुल्मीमा छायाँङकन गरिएको गित धेरै दर्शक श्रोताले मनपराएकोले उहाँहरुको माग अनुरुप फेरि पनि गुल्मीमै छायाँङकन गरिएको गायक सन्तु थापाले बताउनु भयो । गत वर्षको तिज गित जस्तै यस वर्षको गितलाई पनि धेरै दर्शक श्रोताले मनपराउँने गायक थापाको भनाई छ ।
tij
केहि वर्ष निरन्तर गुल्मीमा तिजका गितहरु छायाँङकन गर्न पाउँदा आफु निकै खुसी रहेको निर्देशक तथा मोडल शंकर बिसीको भनाई छ । गुल्मीको सदरमुकाम तम्घास सुन्दरता सगै नयाँ तिजका गितहरु छायाँङकन हुनु गुल्मीलाई चिनाउँने थप नयाँ माध्यम पनि रहेको मोड बिसी बताउनु भयो । गुल्मी धार्मिक तथा पर्यटकिय रुपले सम्पन्न र सुन्दरता सगै केहि वर्ष यता निरन्तर गितहरु छायाँङकन गर्न पाउँदा आफु हर्षित रहेको क्यामरा मेन राजेश घिमिरेले बतउनु भयो ।

गुल्मीको सदरमुकाम तम्घास सुन्दरता सगै निकै राम्रो तिज गित गुल्मीमा छायाँङकन भएकोले गित र म्युजिक भिडियो धेरै दर्शक श्रोताले मनपराउँने घिमिरेले बताउनु भयो । गुल्मीमा यो गित सगै अरु थप दुई वटा तिजका गित पनि छायाँङकन भएका छन् । सोहि छायाँङकन तथा मोडलहरुको टोलीले अन्य नयाँ कलाकारहरुका दुइवटा तिजका गितहरु पनि छायाँङकन हुने भएका हुन ।